Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

रामेछाप नगरको सार्वजनिक सुनुवाइ कार्यक्रममा जन प्रतिनिधि र कार्यालय प्रमुख नै अनुपस्थिति 

नेपाल अभियान नेपाल अभियान
१९ पुष २०८०, बिहीबार
in देश, प्रदेश नं ३, समाचार, समाज, स्थानीय सरकार
0
100
SHARES
Share on FacebookShare on Twitter

रामेछाप १९ पुस ।  रामेछाप नगरपालिकाले चालु आर्थिक वर्ष २०८०÷८१ को पहिलो चौमासिक अवद्यिसम्म सञ्चालन गरेको विकास निर्माण र सेवा प्रवाहको अवस्थाको बारेमा सञ्चालन गरेको सार्वजनिक सुनुवाइ कार्यक्रमलाई जनप्रतिनिधि र कार्यालय प्रमुखहरुनै अनुपस्थित भएका छन् ।  बिहीबार नगरले नगर भित्रका रहेका राजनीतिक दल,सरकारी कार्यालय र जिल्ला स्थित आम सञ्चार माध्यमहरू समेतलाई आमन्त्रण गरी सञ्चालन गरेको उक्त कार्यक्रममा केही वडा अध्यक्ष र कार्यपालिकाका सदस्य समेत अनुपस्थित रहेका थिए ।

त्यसैगरि नगरले नगर  भित्र रहेका कार्यालय प्रमुखहरू समेत लाई जबाफदेही वक्ताको रूपमा  सार्वजनिक सुनुवाइ कार्यक्रम सहभागिहुन् आमन्त्रण गरेकोमा कुनै पनि कार्यालय प्रमुख उक्त कार्यक्रममा सहभागी भएनन् । जबकि रामेछाप बजारमा मात्र जिल्ला कारागार शाखा,जिल्ला भू संरक्षण कार्यालय,वन डिभिजन कार्यालय, जिल्ला जन स्वास्थ्य कार्यालय र  ५० शय्याको सरकारी जिल्ला अस्पताल सञ्चालनमा रहेका छन् । तर कार्यक्रममा कुनै पनि कार्यालय सहभागी नहुनुमा को दोषी हो भन्दै नेकपा एमालेका नगर अध्यक्ष रोशन पाख्रीनको खबरदारी थियो ।  उनले भने – जन प्रतिनिधि र राज्यका जिम्मेवार कार्यालय प्रमुखहरुनै सहभागी भएर नागरिकहरूको गुनासा सुनेर जवाफ दिनु पर्नेमा  उनिहरुनै गैर जिम्मेवार  भएर प्रस्तुत भएपछि कसरी सुशासन सम्भव हुन्छ पाख्रिनले प्रति प्रश्न गरे ।  

यस विषयमा अध्यक्ष पाख्रिन सँगै सहभागी नागरिक अगुवाहरूले पनि उनीहरूको अनुपस्थितिको विषयलाई लिएर आपत्ति जनाएका थिए । उनीहरूका बारेमा कुरा उठेपछि नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मित्र प्रसाद घिमिरेले टेलिफोन र पत्राचार गर्दा पनि स्थानीय सरकारले बोलाएको  जबाफदेही वक्ताको रूपमा बोलाएको कार्यक्रममा  सरकारी कार्यालय प्रमुख हरू नआउनु भनेको चरम हेपाहा प्रवृत्ति भएकाले उहाँहरूलाई आफ्नो जिम्मेवारीलाई सही तरिकाले बुझेर अघि बढ्न  आग्रह गर्नु भयो । कार्यक्रममा वडा नं १ ,४ र ५का वडाध्यक्ष र अधिकांश कार्यपालिकाका सदस्यहरू पनि अनुपस्थिति रहेका कारण नागरिकहरूले आयोजक सँग जवाफ माग  गरेका थिए । 

पहिलो चौमासिकको अवधिमा नगरपालिका भित्र भए गरेका विकास निर्माण र प्रशासन र सुशासन सम्बन्धी सबै कामको बारेमा नागरिकहरूलाई जानकारी गराउने र त्यस प्रति उनीहरूका गुनासा र सुझाव भए जबाफदेही वक्ताको रूपमा जवाफ दिने उद्देश्यले पूर्व तयारी सहित सञ्चालन गरिएको उक्त  सार्वजनिक सुनुवाइ कार्यक्रममा नेपाली काँग्रेस,नेकपा माओवादी केन्द्र,राप्रपा,नेकपा एस र राष्ट्रिय स्वतन्त्रपार्टिका प्रतिनिधिहरुले समेत संवृद्ध नगरको परिकल्पनालाई साकार पार्ने नगरको अभियान अन्तर्गत  पहिलो चौमासिकमा खासै देखिने खालका उपलब्धि हुन नसकेको भन्दै नगरको थप विकासका लागि  सकारात्मक धारणा सहितको  सुझाव पनि दिएका थिए ।

 विगतमा भए गरेका सार्वजनिक सुनुवाइ कार्यक्रमहरू सोचे जति प्रभावकारी नभएका आधारमा नगर पालिकाले यस पटक कार्यक्रमलाई प्रभावकारी बनाउने अभियानका साथ रामेछापको मध्य बजार माथिल्लो बजारको सडकमानै बिहीबारको दिन पारेर सार्वजनिक सुनुवाइ कार्यक्रम गरेको जिम्मेवार वक्ताका रूपमा सहभागी वडा नं ७ का वडा अध्यक्ष तथा नगर प्रवक्ता समीर कार्कीले जानकारी गराए । कार्यक्रममा नगर प्रमुख देखि प्रमुख प्रशासकीय अधिकृत,वडा अध्यक्ष,र नगरपालिका भित्रका सबै शाखाका प्रमुखहरूलाई समेत जबाफदेही वक्ताको रूपमा सहभागी गराइएको थियो । तर सरकारको काम र जबाफदेहीताका बारेमा हाका हाकी प्रश्न गर्ने खालका नागरिकहरू भने अत्यन्त न्यून सङ्ख्यामा उपस्थिति रहेका थिए । 

  कार्यक्रमका अवसरमा  जबाफदेही वक्ताका रूपमा उपस्थिति हुनु भएका   रामेछाप नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मित्र प्रसाद घिमिरेले रामेछाप नगरको सुशासनका लागि आफूले कुनै पनि कुराको कमी हुन नदिने भन्दै त्यसका लागि राजनीतिक दल वा नागरिक समाजलाई सहयोगका लागि आग्रह गरे । उनले नगर सँगै सबै वडा भित्रबाट गरिने सेवा प्रवाहका काममा आफ्नो ध्यान पुग्न नसक्ने भन्दै त्यसमा कोही कसै प्राविधिक र अन्य कर्मचारीहरूबाट गल्ती कमजोरी भएको भए आफूलाई प्रमाण सहित गोप्य सूचना दिएर सहयोग गर्न पनि आग्रह गरे । 

सुशासन र पारदर्शिता सँगै सेवा प्रवाहमा भए गरेका कमी कमजोरीलाई नागरिकहरूका माझ सार्वजनिक करण गरी राज्य सँगै नागरिक समेतलाई जिम्मेवार र बनाएर सेवालाई कसरी गुणस्तर बनाउन सकिन्छ भन्ने मूल उद्देश्यका साथ सार्वजनिक सुनुवाइ कार्यक्रमको आयोजना गरिएकोले   जन प्रतिनिधि र कर्मचारीहरूले पनि सचेत र जिम्मेवारी बोधका साथ काम गर्ने पनि  घिमिरेले आग्रह गरे  । प्रमुख घिमिरेले बजेटको पाबन्दीका कारण नगरले चाहेर पनि नागरिकको अपेक्षा अनुसारको काम गर्न भने  नसकेको स्वीकार गरे  । 

 कार्यक्रममा सहभागी राजनीतिक दलका प्रतिनिधि र नागरिकहरूले नगरले नियमित रूपमा सञ्चालन हुँदै आएको सेवा प्रवाहका सम्बन्धमा खासै गुनासाहरू नगरेको भए पनि  ग्रामीण सडकमा देखिएको समस्या र सञ्चालित  योजनाहरू र शिक्षा क्षेत्रको गुणस्तरीयता आदीका बारेमा नगरपालिका सँग  जवाफ माग गरेका थिए । 

त्यसैगरि  अलपत्र परेको खेलमैदान र  जुनार तरकारी लगायतको कृषि प्रवर्द्धन र  बजारीकरणमा देखिएको समस्या ,खानेपानीको समस्या तथा महिला तथा बाल बालिकाको क्षमता तथा आर्थिक विकासमा भए गरेका र हुन नसकेका कामका बारेमा पनि प्रश्न गरेका थिए । 

कार्यक्रमको अध्यक्षता सँगै जबाफदेही वक्ताको तर्फबाट  जवाफ दिनु हुँदै नगर प्रमुख लव श्री न्यौपानेले स्थानीय राजनितक दल र नागरिकहरूबाट आएका कुराहरूले आफूलाई उत्साहित बनाएको बताए । उनले नगर बासीमा देखिएको चासो,उत्साह र जाँगर नगरका लागि प्रेरणादायी भएको भन्दै उठेका कुरालाई नगरले सुझावका रूपमा ग्रहण गर्ने बताए  । 

उनले   नगरको सुशासन र  सम्बन्धित विकास निर्माणका कामहरूमा नागरीहरुले जति बेला र जुनसुकै समयमा पनि सुझाव दिएर वडाले परिकल्पना गरेको संवृद्ध रामेछापको सपनालाई साकार बनाउने अभियानमा सहयोग गर्न पनि सबै पक्षलाई आग्रह गरे   । उनले आफूले व्यक्तिगत र संस्थागत रूपमा पनि सुशासनको बाधक नबन्ने भन्दै आफ्नो दीर्घकालीन राजनीतिक यात्रालाई घुमील हुन नदिने दाबी पनि गरे । 

कार्यक्रमका अवसरमा   नगरबाट भए गरेका सेवा  प्रवाह  तथा विकास आयोजनाहरूको अवस्था योजना र भावी कार्यक्रमका  बारेमा नगरको तर्फबाट नगरपालिकाका योजना तथा अनुगमन अधिकृत होम बहादुर थापाले आफ्नो प्रस्तुति मार्फत  स –विस्तार जानकारी  गराएका थिए  ।सार्वजनिक सुनुवाइ  कार्यक्रमको सहजिकरण हजुरको रेडियो रामेछापले गरेको थियो  ।/

 कार्यक्रमका अवसरमा नेपाली काँग्रेसका नगर सचिव शुसिलहर बख्रेल, नेकपा एमालेका अध्यक्ष रोशन पाख्रिन,नेकपा एकीकृत माओवादीका रामबिष्णु बस्नेत  र रास्वपाका  दुर्गा बहादुर बस्नेत समेतले विभिन्न सुझाव सहित नगरलाई परिणाम सहितको प्रस्तुतिका लागि आग्रह गरेका थिए  ।

समग्रमा रामेछाप नगरपालिकाको चालु आ.व २०८०÷८१ मा चालु तर्फ रु ५० करोड ८१ लाख ५३ हजार ९ सय ४५ र पूँजीगत तर्फ रु २५ करोड ५ लाख ५३ हजार ६ सय ९६ गरी जम्मा रु ७५ करोड ८७ लाख ७ हजार ६ सय ४१ रुपैयाको बार्षिक योजना तथा कार्यक्रम रहेकोमा हालसम्म चालु तर्फ १४ करोड ३ लाख ६७ हजार ८ सय ९९ अर्थात २७.६२ प्रतिशत खर्च भएको देखिन्छ । पूँजीगत तर्फ १ करोड ७१ लाख १ हजार ६ सय ९१ अर्थात ७.१४ प्रतिशत मात्र खर्च भएको चालु र पूँजीगत गरी हालसम्म २०.८६ प्रतिशत वित्तीय प्रगति हासिल भएको प्रगति प्रतिवेदनमा उल्लेख छ ।

Share40Tweet25Share7

Related Posts

रामेछाप काँग्रेस सभापति कान्छाराम निल्म्बनमा
देश

रामेछाप काँग्रेस सभापति कान्छाराम निल्म्बनमा

१९ पुष २०८०, बिहीबार
तालिम सुरु
समाचार

तालिम सुरु

१९ पुष २०८०, बिहीबार
थपलियाको नेतृत्वमा होटल तथा पर्यटन ब्यवसायी संघ
संघ

थपलियाको नेतृत्वमा होटल तथा पर्यटन ब्यवसायी संघ

१९ पुष २०८०, बिहीबार
घरेलु हिसा पिडित शर्मिला लाई इन्सेककाे सहयाेग
समाचार

घरेलु हिसा पिडित शर्मिला लाई इन्सेककाे सहयाेग

१९ पुष २०८०, बिहीबार
रामेछाप उद्योग बाणिज्य संघमा प्रकाश श्रेष्ठ बिजयी
समाचार

रामेछाप उद्योग बाणिज्य संघमा प्रकाश श्रेष्ठ बिजयी

१९ पुष २०८०, बिहीबार
समाचार

६९ आैं सहकारी दिवस विविध कार्यक्रमका साथ मनाईयाे

१९ पुष २०८०, बिहीबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.