Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

रामेछाप नगरद्वारा  पत्रकार सम्मेलन मार्फत   नगर सभाको  निर्णय सार्वजनिक

नेपाल अभियान नेपाल अभियान
२० पुष २०८०, शुक्रबार
in प्रदेश नं ३, समाचार, स्थानीय सरकार
0
72
SHARES
Share on FacebookShare on Twitter

रामेछाप २० पुस । बुधवार आफनोे १४ औँ हिउँदे नगर सभा सम्पन्न गरेको रामेछाप नगरपालिकाले बिहीबार सभाले गरेको निर्णय सार्वजनिक गरेको छ । नगरले   आफ्नो सभा हलमा पत्रकार सम्मेलनमा आयोजना गरी सभाले गरेको निर्णयका बारेमा सार्वजनिक गरेको हो ।

 नगर प्रमुख लव श्री न्यौपाने र उप प्रमुख बाल कुमारी कार्कीको विशेष उपस्थितिमा आयोजित पत्रकार सम्मेलनमा   रामेछाप नगरपालिकाका प्रबत्ता समीर कार्कीले  नगर सभामा भएका निर्णयहरू सार्वजनिक गर्नुभएको हो  ।

सभाले  विगतमा रकम विनियोजन भई अधुरो अवस्थामा रहेका सङ्घीय  र प्रदेश सरकार तर्फका क्रमागत योजनाहरूलाई पनि  आगामी  योजनामा  समावेश गर्न क्रमशः सङ्घीय र प्रदेश सरकार सँग माग गर्ने निर्णय भएको पनि प्रवक्ता  कार्कीले जानकारी दिनु भएको थियो  ।

पत्रकार सम्मेलनमा वितरण गरिएको प्रेस विज्ञप्तिमा उल्लेखित विवरण अनुसार नगरले  चालु र पुँजीगत गरी हालसम्म २०.८६ प्रतिशत वित्तीय प्रगति हासिल गर्न सफल भएको छ ।   सभाले नगरपालिकाले उक्त अवधि सम्म  पुँजीगत तर्फ १ करोड ७१ लाख १ हजार ६ सय ९१ रुपैयाँ गरी कुल बजेटको ७.१४ प्रतिशत मात्र खर्च भएको उल्लेख गरेको छ । यसै गरी नगरपालिकाले  चालु र पुँजीगत गरी हालसम्म २०.८६ प्रतिशत मात्र वित्तीय प्रगति हासिल गरेको रामेछाप नगरका प्रवक्ता समीर कार्काले जानकारी दिनु भयो ।  

त्यसैगरि नगरपालिकाबाट  चालु आ.व २०८०÷८१ मा चालु तर्फ रु ५० करोड ८१ लाख ५३ हजार ९ सय ४५ र पुँजीगत तर्फ रु २५ करोड ५ लाख ५३ हजार ६ सय ९६ गरी जम्मा रु ७५ करोड ८७ लाख ७ हजार ६ सय ४१ रुपैयाँको वार्षिक योजना तथा कार्यक्रम रहेकोमा हालसम्म चालु तर्फ १४ करोड ३ लाख ६७ हजार ८ सय ९९ अर्थात् २७.६२ प्रतिशत मात्र खर्च भएको कुरा पनि पत्रकार सम्मेलनका क्रममा प्रवक्ता कार्कीले जानकारी दिनु भयो ।  

त्यसैगरि नगर सभाले  विनियोजन ऐन २०८० लाई संशोधन गर्ने सम्बन्धमा बनेको विधेयक २०८० को मस्यौदा माथि सभामा छलफल भई सर्व सम्मत रूपमा पारित गरेको छ । चालु आ.व.०८०÷ ८१ को हाल सम्म नगर कार्यपालिकाको बैठकमा भएका निर्णयहरू सभामा छलफल भई सभाले अनुमोदन गरेको पनि पत्रकार सम्मेलनमा जानकारी गराइएको थियो  ।

Share29Tweet18Share5

Related Posts

ढुङ्गेल र हायू सम्मानित
समाचार

ढुङ्गेल र हायू सम्मानित

२० पुष २०८०, शुक्रबार
नेपाल प्रेस युनियनमा कुमार
राजनीति

नेपाल प्रेस युनियनमा कुमार

२० पुष २०८०, शुक्रबार
सेती पाखाको स्थानीयले पठाए राहत सामग्री
समाचार

सेती पाखाको स्थानीयले पठाए राहत सामग्री

२० पुष २०८०, शुक्रबार
मन्थलीमा लाखे नाँचसुरू
समाचार

मन्थलीमा लाखे नाँचसुरू

२० पुष २०८०, शुक्रबार
रसुवाको बाढीमा परी रामेछापका बेपत्ता हुनेको संख्या ३२ मध्ये १ जना सम्पर्कमा ३१ जनाको अबस्था अझै अज्ञात
समाचार

रसुवाको बाढीमा परी रामेछापका बेपत्ता हुनेको संख्या ३२ मध्ये १ जना सम्पर्कमा ३१ जनाको अबस्था अझै अज्ञात

२० पुष २०८०, शुक्रबार
रसुवाको बाढीमा परी रामेछापका बेपत्ता २६ मध्ये १ जनाको उद्धार २५ अझै सम्पर्क विहीन
समाचार

रसुवाको बाढीमा परी रामेछापका बेपत्ता २६ मध्ये १ जनाको उद्धार २५ अझै सम्पर्क विहीन

२० पुष २०८०, शुक्रबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero