रामेछाप १२ चैत्र । रामेछाप उद्योग वाणिज्य संघले यस अघि आयोजना गरको कृषि पर्यटन तथा औद्योगिक मेला को आम्दानी तथा खर्च सार्वजनिक गरेको छ ।
रामेछाप उद्योग वाणिज्य संघले यहि माघ १५गते देखि २६ गते सम्म अयोजना गरेको मेलामा आम्दानी भन्दा बढि खर्च भएको बताइएकाे हाे ।
संघका कोषाध्यक्षले ३ लाख २० हजार ५ सय आम्दानी भएको र विभिन्न शिर्षकमा १६ लाख ३० हजार ३ सय ३८ खर्च भएको बताउनुभयो ।
सोमवार आयोजना गरिएको पत्रकार भेटघाटका क्रममा संघका अध्यक्ष नविन थापाले लगातार २ वर्ष यस्ता मेला तथा महोत्सव गर्दा धेरै सिकाई भएको ,केही कमी कमजोरी भएको स्वीकार गर्दै आगामी दिनमा यस्ता कमी कमजोरी नगर्ने प्रतिबद्धता गर्नुभयो ।











यो बारेमा तपाईको प्रतिकृया