
मन्थली,१८ चैत । नेपाल पत्रकार महासंघ रामेछाप शाखाले प्रमुख जिल्ला अधिकारी मार्फत नेपाल सरकारलाई ज्ञापन पत्र बुझाएको छ ।
महासंघले सोमबार रामेछापका प्रमुख जिल्ला अधिकारी राजु प्रसाद पौडेल मार्फत प्रधानमन्त्रीको कार्यालय र गृह मन्त्रालयलाई ध्यानाकर्षण पत्र बुझाएको हो ।
यही शुक्रबार राजाबादीहरुले काठमाडौमा गरेको प्रदर्शनमा पत्रकारको हत्या र सञ्चारमाध्यममा भएको आक्रमणलाई निन्दनिय भन्दै शाखाले घटनाको छानबिन गरी दोषिलाई कडा कारबाहीका लागि माग गरेको छ ।
रामेछाप शाखाका अध्यक्ष दिपककुमार घिमिरेको नेतृत्वमा प्रशासन कार्यालयमा पुगेको महासंघको टोलीले विभिन्न ६ बुँदे माग राख्दै प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्री र गृह मन्त्रीलाई ध्यानाकर्षण पत्र बुझाएको थियो ।
महासंघले प्रमुख जिल्ला अधिकारी पौडेललाई बुझाएको ध्यानाकर्षण पत्रमा शुक्रबारको प्रर्दशनमा समाचार सङ्कलन गरिरहेका क्यामरा पर्सन पत्रकार सुरेश रजकलाई घरभित्र थुनि आगो लगाएर हत्या गरिएको, अन्नपूर्ण पोष्ट दैनिकको कार्यालय भवनको भुइँतल्लामा आगो लगाउने प्रयास गरिएको साथै ढुंगामुढा गरी क्षति पु¥याइएको र कान्तिपुर टेलिभिजनको भवनमा ढुंगामुढा गरी क्षति पु¥याइएको उल्लेख गरिएको छ ।
त्यसैगरी हिमालय टेलिभिजनको सवारी साधनमा तोडफोड गरी पत्रकारको ज्यान लिने प्रयास गरेको, सवारी साधनमा क्षति पु¥याइएको, पत्रकार दिनेश गौतममाथि आक्रमण गरी खुट्टा भाँचिएको र फोटो पत्रकार निराज तामाङको क्यामेरा लुटिएको लगायतका घटनामा संलग्न भएकाहरुलाई छानविनका आधारमा कारबाही गर्नुपर्ने माग ध्यानकर्षण पत्रमा उल्लेख गरिएको छ ।
ध्यानाकर्षण पत्रमा हत्याबारे गहिरो अनुसन्धान गरी हत्यामा संलग्न सबैलाई फौजदारी अभियोगमा कारबाही गर्न तथा उहाँको परिवारलाई क्षतिपूर्ति दिन, सञ्चारमाध्यम र सञ्चारकर्मीमाथि आक्रमण गर्ने सबैलाई कानुनी कठघरामा ल्याउन,क्षति पु¥याइएका सञ्चार गृह र सञ्चारकर्मीलाई यथोचित क्षतिपूर्तिका साथै घाइते पत्रकारको उपचारको प्रबन्ध मिलाउन पनि माग गरिएको छ । प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता हननका घटनाहरूमा संलग्नहरूलाई तत्काल कानुनी कारबाही गर्न, सञ्चारमाध्यम र सञ्चारकर्मीको सुरक्षाको उचित प्रबन्ध मिलाई स्वतन्त्रपूर्वक लेख्ने वातावरण निर्माण गर्न पत्रकारहरूले सरकारसँग माग गरेका छन् ।
पत्रकार महासंघले एक साताभित्रै माग सम्बोधन हुने विश्वशनीय आधार निर्माण गर्न माग गर्दै अन्यथा सरकारबिरुद्ध देशव्यापी आन्दोलनमा उत्रने चेतावनी समेत दिएको छ । ध्यानाकर्षण पत्र बुझदै प्रमुख जिल्ला अधिकारी पौडेलले घटनालाई आफुले पनि गम्भिर रुपमा लिएको भन्दै उक्त पत्रलाई आजै सम्बन्धित निकायमा पु¥याईने आश्वासन दिनुभयो ।












यो बारेमा तपाईको प्रतिकृया