Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

गर्भवतीमाथि कुटपिट गर्ने माथि कार्वाहिको माग

नेपाल अभियान नेपाल अभियान
२८ चैत्र २०८१, शुक्रबार
in देश, प्रदेश नं ३, समाचार, समाज
0
241
SHARES
Share on FacebookShare on Twitter


रामेछाप । मन्थली नगरपालिका वडा नं –१ सुकाजोर कजवेयमा बसेर आफनो ब्यवसाय सँचालन गर्दे आएकी एक जना गर्भवती महिलामाथि कुटपीट भएको विषयलाई लिएर स्थानियहरु आक्रोषित भएका छन् । बच्चाहरु झगडा गरेको विषयलाई लिएर दुईपक्ष विच भनाभन हुँदा स्थानिय मुना श्रेष्ठमाथि निर्घात रुपमा कुटपीट भएको विषयमा न्यायको माग गर्दै स्थानियहरु आक्रोशित भएका हुन् ।
पीडित पक्षले न्यायको माग गर्दे विहिबार घटनास्थलमानै पत्रकार भेटघाट कार्यक्रमको आयोजना गरि उक्त विषयको बारेमा जानकारी गराएको थियो । पत्रकार सम्मेलनमा पीडित मुना श्रेष्ठकी श्रीमान् प्रेम साहीले दिएको जानकारी अनुसार गत चैत २५ गते मन्थली नगरपालिका–१ सिन्दुरेखोला बस्ने सानुमाया श्रेष्ठ,उनकी दीदी र उनका दुई भाइ छोरा सहित ४ जनाले बच्चा विच झगडा भएको विषयलाई लिएर घरमा आई आफनी गर्भिणि श्रीमतीलाई सडकमा थुतेर निर्बाध ढंगले कुटपिट गरेका थिए । उक्र विषयलाई प्रहरिले गम्भिर रुपमा नलिएको भन्दै न्यायका लागि गाउँले हरु समेतको सहयोगमा आफुहरुले पत्रकार सम्मेलन गर्न बाध्य भएको जानकारी पनि साहीले दिनुभयो ।
भनाभनका क्रममा श्रीमतीमाथि ४ जनाले निर्मम आक्रमण गरेपछि छिमेकी,बाटो हिड्ने बटुवा र आफु समेत लागेर छुटयाउने प्रयास गर्दा पनि असँभब भएपछि आफुले स्थानिय प्रहरीलाई खबर गरेको पनि पीडित मुनाका श्रीमान् प्रेम साहिले बताउनु भयो । कुटपीटका क्रममा पीडक सानुमाया श्रेष्ठले मेरो दाजु डिएसपी छन्,मलाई कसैले पनि केहि गर्न सक्दैन, तिमिहरूलाई मारे पनि म भोलिपल्ट पुलीसबाट निस्कन सक्ने मान्छे हुँ भनेकी थिईन् ।
कुटपीट गर्ने माथि छुट्याउन पुगेका महिलाहरुलाई पन सानुमायाँले विभिन्न अपशब्द बोलेर गालि गलौज गर्दे जाई लागेको पनि स्थानियहरुको आरोप रहेको छ । उक्त विषयलाई लिएर स्थानियहरुले घटनामा सँलगन पीडकलाई कानुनी कावाहिमा ल्यायर न्याय दिनका लागि प्रशासन सँग पनि माग गरेका छन् ।
ठुलो सँख्यामा सहभागि भएका गाउँलेहरुले गर्भवती महिलामाथि पुरै परिवार लागेर ज्यानै मार्ने गरी कुटपिट गरिदा पनि न्याय दिने निकायले उल्टै पीडितलाई विभिन्न कोणबाट धम्कीहरू दिएको गुनासो गरेका छन् ।
पीडितका श्रीमान् प्रेमले घटनापछि बिरामी श्रीमतीलाई मन्थली अस्पतालमा भर्ना गरेर न्यायका लागि जिल्ला प्रहरी कार्यालय रामेछापमा पटक÷पटक जाँदा समेट प्रहरीले जाहेरी लिन नमानेको उहाँले गुनासो गर्नुभयो ।पीडित न्याय माग्न जाँदा उल्टै प्रहरीबाट गाली गलौच तथा धम्कीहरू आएको उहाँले गुनासो गर्नुभयो ।
गर्भवती बिरामीको अवस्था बिग्रँदै गएपछि बुधबारनै मन्थली अस्पतालबाट थप उपचारका लागि विरामीलाई काठमाडौँ लगि निजको धुलिखेल अस्पतालमानै उपचार भईरहेको जानकारी पनि पिडीतका श्रीमान प्रेमले दिनु भयो । आफुहरुले धेरै प्रयासका बाबजुद मन्थली अस्पतालबाट डिस्चार्ज गरेर काठमाडौँ लैजाँदै गर्दा बिरामीलाई गारो भएपछि आफुहरुले बाध्य भएर धुलिखेल अस्पतालमा भर्ना गरिएको जानकारी पनि उहाँले दिनुभयो ।
न्यायको लागि प्रहरीमा जाँदा प्रहरीले उल्टै विभिन्न खालको धम्की दिएर तर्साउन खोज्नु निर्लज्जताको पराकाष्ठ भएको र त्यसबाट सर्व साधारणका लागि न्याय मरेछ भन्ने भान आफुहरुलाई भएको छिमेकी होतराज ढकालले बताउनुभयो । प्रहरी प्रशासनले घटनाको सत्य तथ्य छानबिन गरी पीडितलाई न्याय दिन पनि उहाँले माग गर्नुभयो ।

छिमेकी मिना श्रेष्ठले पीडक सानुमाया श्रेष्ठले मेरो दाइ डिएसपी हुनुहुन्छ भन्दै म जे नि गर्न पाउँछु भन्दै चार पाँच जना लागेर गर्भवती महिलामाथि निर्बाध कुटपिट गरेको बताउनुभयो ।
यो घटनाबाट देशमा सर्वसाधारणका लागि न्याय मरिसकेको रहेछ भन्ने अनुभुति आफूहरूलाई भएको गुनासो पत्रकार सम्मेलका सहभागि गाउँले अगुवा नबराज माझीले गर्नुभयो ।उहाँले छिमेकीहरू माथि भएको पिडाको विषयलाई लिएर घटनामा संलग्नलाई कारबाहीको माग गरेर जाहेरी दर्ता गर्न जाँदा प्रहरी प्रमुखले नै विरोधमा आउनेहरूको पुराना फाइल खोल्छु भन्दै उल्टै धम्की दिएको उहाँले बताउनुभयो ।
पीडक सानुमाया श्रेष्ठले यसअघि पनि पटक पटक यस्ता आतङ्क मच्चाउने र कुटपिट गर्ने गरेको भन्दै उहाँ पटक पटक झगडामा सरिक हुँदै आएको ब्यक्ती भएको जस्ता आरोप सहित पीडित पक्षले प्रहरीमा जाहेर दिएको थियो ।
तर जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रदिप कुमार सिँहले भने पीडित पक्षबाट अघिल्लो दिन सम्म सबै प्रकृया पुरा भई नसकेको र कागजि र कानूनि प्रकृया पुरा हुना साथ बिहीबारनै कार्यालयमा जाहेरी दर्ता भएको जानकारी दिनु भयो । उहाँले यसमा प्रहरीलाई अर्नगल आरोप लगाउनु मिथ्या विषय भएकोले प्रहरीले गलत गरेको भए प्रमाण सहित आउन सम्बन्धि पक्षलाई आग्रह गर्नु भयो । हैन भने प्रहरी माथि मिथ्या आरोप लगाउने छुट कसैलाई पनि नभएको प्रमुख सिँहले भन्नु भयो ।

Share96Tweet60Share17

Related Posts

अबको निर्वाचन पछि प्रदेश सरकार उज्यालो पार्टिको नेतृत्वमा बन्छ –  घिसिङ
प्रदेश नं ३

अबको निर्वाचन पछि प्रदेश सरकार उज्यालो पार्टिको नेतृत्वमा बन्छ – घिसिङ

२८ चैत्र २०८१, शुक्रबार
विआईजीकाे रक्तदान
प्रदेश नं ३

विआईजीकाे रक्तदान

२८ चैत्र २०८१, शुक्रबार
सामजिक यथार्थमा आधारित नाटक – मिस मेनुका, (एक अनुभूति)
विचार

सामजिक यथार्थमा आधारित नाटक – मिस मेनुका, (एक अनुभूति)

२८ चैत्र २०८१, शुक्रबार
पालिकाका असल अभ्यास शिक्षा विकास तथा समन्वय इकाइको क्यालेन्डरमा
शिक्षा

पालिकाका असल अभ्यास शिक्षा विकास तथा समन्वय इकाइको क्यालेन्डरमा

२८ चैत्र २०८१, शुक्रबार
रामेछापका विपेश खत्री प्रदेश कोषाध्यक्षमा मनोनित
देश

रामेछापका विपेश खत्री प्रदेश कोषाध्यक्षमा मनोनित

२८ चैत्र २०८१, शुक्रबार
जिल्ला प्रहरी कार्यालय रामेछाप मार्फत ३ करोड भन्दा बढी राजस्व संकलन
समाचार

जिल्ला प्रहरी कार्यालय रामेछाप मार्फत ३ करोड भन्दा बढी राजस्व संकलन

२८ चैत्र २०८१, शुक्रबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero