मन्थली,९ जेठ । रामेछाप, मन्थली नगरपालिका–१२ गेलुमा ससुराले धारिलो हतियार प्रहार गरी बुहारीको हत्या गरेका छन् ।
मन्थली न पा –१२ सिक्रालमा हजुरबुबा सँग बस्दै आएका ९ बर्षिया छोरा लिन आएकी बुहारीलाई ६१ बर्षिय ससुरा शम्भु बुढाथोकीले नाति लान दिन्न भन्दै धारिलो हतियार प्रहार गरेर हत्या गरेका हुन् ।
शुक्रबार दिउसो घरमा आएकी अन्दाजी वर्ष २८ पवित्रा बुढाथोकीलाई ससुरा शम्भु बुढाथोकीले खुकुरी प्रहार गरेर हत्या गरेका हुन् ।
बुढाथोकीका बुहारी काठमाडौमा बस्दै आएकी थिइन । यता घरमा ससुरासँग बसिरहेको छोरालाई आफुसँग काठमाडौ लैजान भनी उनी घरमा आएकी थिइन । ससुराले उनको छोरा आफुसँग पठाउन नमाने पछि विवादको भएको थियो ।
पवित्राको ९ वर्षको छोरा हजुरबुबासँग बस्दै आएका थिए । पवित्राका श्रीमान् खम्बबहादुर बुढाथोकीले गत २०८१ साउनमा साउनमा आत्महत्या गरेपछि उनी काठमाण्डौ बस्दै आइकी थिइन् । बुहारीको हत्या पछि नजिकै रहेको खिम्ती प्रहरी चौकीमा बुढाथोकीले आत्मसमर्पण गरेको र हत्या को बारेमा थप अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी कौशल न्यौपानेले बताउनुभयो ।












यो बारेमा तपाईको प्रतिकृया