मन्थली १२ असार । भुमि समस्या समाधान आयोग जिल्ला समिति रामेछापमा हाल सम्म ३ हजार २ सय ३४ वटा भुमीहीन दलित तथा भुमिहीन सुकुम्बासीहरुको निवेदन परेको छ ।

रामेछाप जिल्लाका ६४ वटा वडाहरु मध्ये ४७ वडा बाट मात्र यस्ता निवेदन परेको हो ।
सो कुरा विहीवार मन्थलीमा अयोजना गरिएको पत्रकार सम्मेलनका अवसरमा आयोगका विज्ञ सदस्य मिलन कुमार घिसिङले बताउनुभएको हो ।
यसरी आवेदन नपरेका वडाहरुमा मन्थली नगरपालिकाका वडा नं ३,४,५,९,१०,११,१२र १३ दोरम्बा गाँउपालिकाको ३,४,५,७ सुनापति गाँउपालिकाको १,२,५ र खाँडादेवी गाँउपालिकाको वडा नं ५ रहेको छ ।
जिल्लाका ति ६४ वडा मध्ये १७ वटा वडाका नागरिकहरुवाट निवेदन नपरेको ,२२ वटा वडा बाट निस्सा वितरण भैसकेको, ७ वटा वडाले दावी विरोध सूचना प्रकाशन गरेको र १ वटा वडामा जग्गा नापजाँज गरिएको छ पनि बताइएकाे छ ।
सो अवसरमा जिल्लाकाे रामेछाप नगरपालिकामा ५०५ जनालाई, खाँडादेवी गाँउपालिकामा २१२ जनालाई सुनापति गाँउपालिकामा ३३ जनालाई दोरम्बा शैलुङ्ग गाँउपालिकामा १९६ जनालाई लिखु तामाकोशी गाँउपालिकामा १४० जना लाई गोकुल गंगा गाँउपालिकामा ४२९ जनालाई उमाकुण्ड गाँउपालिकामा २७६ गरी कुल १ हजार ७ सय ९१ जनालाई निवेदन दर्ता गराएपछिको निस्सा उपलब्ध गराइएको पनि अध्यक्ष लामाले बताउनु भयो ।
कार्यक्रमका अवसरमा बोल्दै आयोगका अध्यक्ष गौतम कुमार लामाले छैटौं चरण पुरा भएपछि मात्र सातौ चरणमा लालपुर्जा वितरण गरिने भएकोले सबै चरणहरु पार गर्न केही समय लाग्ने बताउनुभयो । उहाले पालिकासँग सम्झौता, लगत संकलन तथा प्रविष्टि, वडाद्वारा पालिकाद्वारा र जिल्ला समितिद्वारा पहिचान र प्रमाणिकरण गरिसकेपछि जग्गा नापजाँच र नक्सा प्रमाणिकरण पश्चात मात्र लालपुर्जा वितरणको काम हुने पनि बताउनुभयाे ।
रामेछाप जिल्ला समितिले यही २०८२ साउन देखि कार्तिक सम्ममा १ हजार ३ सय एकतिस परिवारलाई निस्सा वितरण गर्ने, भुमिहीन दलित र सुकुम्बासी लाई प्रदान गर्ने जग्गाको पहिचाहन यही असोज मसान्तइसम्ममा गर्ने, कार्तिक मसान्त सम्म १ हजार सुकुम्बासी परिवारलाई र २ हजार परिवारलाई छुट लगत संकलन गर्ने लक्ष पनि राखेको छ ।
यो बारेमा तपाईको प्रतिकृया