
मन्थली,२० भदौ । राष्ट्रिय स्वतन्त्र पार्टिका उपसभापति एबं संघिय सांसद स्वर्णिम वाग्लेले बर्तमान सरकारले समाजिक सञ्जाल वन्द गर्न लगाएर ठुलो गल्ति गरेको बताउनु भएको छ ।
सो कुरा उहले रामेछापको मन्थलीमा आयोजित पत्रकार भेटघाटका अबसरमा बताउनुभएको हो रामेछापको गोकुलगंगा गाउपालिकामा हुन लागेको पालिका स्तरीय अधिवेशनलाई सम्बोधन गर्न रामेछाप आइपुग्नु भएका वाग्लेले कानुन वनाएर ति सामाजिक सञ्जालहरुको अनुगमन नियमन गर्नु पर्ने ठाँउमा सरकारको बढि विरोध भयो भनेर सरकारले गरेको यो गैरकानुनि काम लाई आफ्नो पार्टिले विरोध गरिरहने बताउनुभयो ।
कानुनी ढंगवाट गर्नुुपर्ने धेरेै काम हरु हुँदा हुँदै मध्यरातमा गरेको यो समाजिक सञ्जाल बन्द गरिनु लजास्पद बिषय भएको पनि बताउनुभयो ।
उहाले मुलुककमा दुइ ठुला पार्टिहरुको गठबन्धनमा वनेको सरकारले सरकार बनाउने वेलामा गरेको संविधान संसोधन, अर्थतन्त्त सुधार जस्ता प्रतिबद्धता केही पुरा गर्न नसेकेकोले यो सरकार असफल भइसकेको आरोप पनि लगाउनुु भयो ।
सो अवसमा प्याब्सन रामेछापका अध्यक्ष केशब तिमिल्सिना ले नीजिविद्यालयहरु आन्दोलनमा रहेको जानकारी गराउदै संसदमा पेश हुन लागेको निजि विद्यालय संग सम्बन्धित विधेयक पास हुन नदिन अनुरोध गर्नुभयो ।
यो बारेमा तपाईको प्रतिकृया