Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

अब हरेक शुक्रबार मन्थली– काठमाडौँ जहाज नियमित चल्ने

नेपाल अभियान नेपाल अभियान
१४ कार्तिक २०८२, बिहीबार
in देश, प्रदेश नं ३, समाचार, समाज
0
48
SHARES
Share on FacebookShare on Twitter


मन्थली १३ कार्तिक । बर्षादका कारण दशै अगाडि आएको वाढिले विपी राजमार्गमा अवरोध पुगेपछि मन्थली – काठमाडौं उडान भर्दै आएका तीन जहाज कम्पनिले अब भने हरेक शुक्रबार उडान गर्ने भएका छन् ।

यही कार्तिक १४ गते शुक्रबार बाट सीता एअरले र अन्य २ कम्पनिले पनि हप्तामा एक पटक नियमित रुपमा सेवा सँचालन गर्नका लागि सहमती जनाएका छन् ।

चाडवार्ड सकिए र विपी राजमार्ग सँचालनमा आए सँगै यात्रीहरुको चाप घट्दै गएको भन्दै ति हवाई कम्पनि हरुले आफनो उडानमा कटौटी गर्न लागेपछी स्थानीय शान्तिदिप युवा कल्बका पदाधिकारी हरुको विषेश पहलमा ति कम्पनीहरुले पालो मिलाएर हरेक हप्ताको शुक्रबार उडानलाई निरन्तरता दिँने प्रतिवद्दता जनाएका हुन् । क्लबले नियमित उडान भर्नका लागि अाबश्यक पहल गरिदिन नागरिक उड्डेयन प्राधिकरण रामेछापका सूचना अधिकारी प्रज्वल गुरागाँई लाई ध्यानाकर्षण पत्र बुझाएको थियो ।


मन्थली एयरपोर्ट बाट सोलुकाे लुक्ला विमानस्थलमा पर्यटक वोकेर उडान भर्दै आएका सीता , तारा र समिट एयरले मन्थलीबाट काठमाडौका लागि उडान कटौति गर्न लागेको थियाे ।

उडान अनियमित भएपछी क्लबका पदाधिकारी र स्थानीय अगुवाहरुको समेत आग्रहमा कार्तिक १४ गतेवाटै लागुहुने गरि सेवालाई नियमितता गर्ने तीनै कम्पनिहरुका प्रमुखहरुले लिखित सहमति जनाएको शान्तिदीप युबा क्लबका कल्वका अध्यक्ष शुरेस उदासले जानकारी दिनुभयाे ।

उहाँले भन्नुभयाे –हामी यसका लागि हवाई कम्पनी र स्थानीय प्रशासन सँग समेत नियमित लिखित र मौखिक संम्बादमा थियौ,जसलाई आत्मासात गर्दै तीनवटै कम्पनिले लिखित रुपमा उडान भर्नका लागि सहमति गरेका छन् ।

यस अघि पनि साे संस्थाले गरेको पहलका आधारमा दशै तिहारलाई लक्षित गरि सीता , तारा र समिट एयरले हप्तामा तीन दिन उडान भर्दै आएका थिए ।

उक्त सहमति पछि शान्तिदीप युवा क्लबले उडानमा सम्लग्न तीन वटै कम्पनि हरुलाई धन्यवाद दिएको छ ।

क्लबका अध्यक्ष शुरेस उदास द्धारा जारी धन्यवाद पत्रमा भनिएको छ – हालैको असहज मौसम र देशभरको परिवहन अबरोधका कारण रोकिएको काठमाडौं–रामेछाप हवाई उडान सेवा पुनः सञ्चालन गर्न महत्वपूर्ण सहयोग पु¥याउनु भएका नेपाल नागरिक उड्डेयन प्राधिकरण, सीता , तारा र समिट एयर परिवारप्रति हार्दिक आभार व्यक्त गर्दछौं।

त्यसैगरी पत्रमा रामेछाप मन्थलीको तर्फबाट निरन्तर हवाई उडानको व्यवस्था मिलाउन पहल गरि सहयोग गर्नु हुने जिल्ला प्रशासन कार्यालय, नेपाल नागरिक उड्डेयन प्राधिकरण र सम्पूर्ण सरोकारवालाप्रति पनि धन्यवाद ब्यक्त गरिएकाे छ ।

Share19Tweet12Share3

Related Posts

सिमित स्रोत र साधनले भ्याएसम्म विकास निर्माणका काम गछौं– कानून मन्त्री गौतम
समाचार

सिमित स्रोत र साधनले भ्याएसम्म विकास निर्माणका काम गछौं– कानून मन्त्री गौतम

१४ कार्तिक २०८२, बिहीबार
मन्थली नगरमा अनलाइन प्रणालीको राजस्व संकलन नहुँदा सेवाग्राहीलाई सास्ती
समाचार

मन्थली नगरमा अनलाइन प्रणालीको राजस्व संकलन नहुँदा सेवाग्राहीलाई सास्ती

१४ कार्तिक २०८२, बिहीबार
पुष्पलाल स्मृति पत्रकारीता पुरस्कार पौडेललाई
समाचार

पुष्पलाल स्मृति पत्रकारीता पुरस्कार पौडेललाई

१४ कार्तिक २०८२, बिहीबार
बृक्षरोण र जरा अभियान समापन कार्यक्रम गरी वि.पी. स्मृति दिवस मनाइयो
समाचार

बृक्षरोण र जरा अभियान समापन कार्यक्रम गरी वि.पी. स्मृति दिवस मनाइयो

१४ कार्तिक २०८२, बिहीबार
रामेछाप न.पा.काे खर्च ६८.७ प्रतिशत मात्र
विविध

रामेछाप न.पा.काे खर्च ६८.७ प्रतिशत मात्र

१४ कार्तिक २०८२, बिहीबार
राष्ट्रिय लाेक तथा दाेहाेरी गीत प्रतिष्ठान रामेछापमा कल्पना सुनुवार
समाचार

राष्ट्रिय लाेक तथा दाेहाेरी गीत प्रतिष्ठान रामेछापमा कल्पना सुनुवार

१४ कार्तिक २०८२, बिहीबार

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero