
काठमाण्डौ, ६ मङ्सिर । असल शासन फाउन्डेशन (गोगो)को शनिवार काठमाण्डौमा सम्पन्न १७ औ बार्षिक साधारण सभाले प्रणव भट्टराईको अध्यक्षतामा ९ सदस्यीय नयाँ कार्य समिति निविरोध निर्वाचित गरेको छ ।
नयाँ नेतृत्वको उपाध्यक्ष, महासचिब, सचिब र कोषाध्यक्षमा क्रमशः रेखा श्रेष्ठ, विष्णु पोख्रेल, उमंङ्ग मैनाली र सुरेन्द्र पौडेल रहनु भएको छ भने अन्य सदस्यहरुमा क्रमशः जानुका मैनाली, शारदा केशी, किरण चालिसे र पोष्ट बहादुर के शी रहनु भएको छ ।
साधारण सभाले कोषाध्यक्ष द्वारा प्रस्तुत गत आर्थिक बर्षको ५० लाख बरावरको आम्दानी र खर्च अनुमोदन गरेको छ भने महासचिब द्वारा प्रस्तुत सांगठनिक प्रतिबेदन पनि पास गरेको छ ।
उक्त सभाले आगामी वर्षका लागि ३५ लाख वरावरको आम्दानी र खर्च को प्रक्षेपण सहित विभिन्न कार्ययोजनाहरु समेत पास गरेको छ ।












यो बारेमा तपाईको प्रतिकृया