मन्थली,१३ पुष । निवर्तमान उर्जा जलस्रोत तथा पूर्व सिंचाई राज्यमन्त्री पूर्ण बहादुर तामाङ्ग (कान्छाराम)ले फागुन २१ गते कुनैपनि हातलमा चुनाव हुन नसक्ने दावी गर्नु भएको छ । उहाले सरकार चुनावको मिति तोकेर पनि मन्त्री मण्डल विस्तारमा लागेर आचारसंहिता विपरित काम गरिरहेको बताउनुभयो ।
सो कुरा उहाले नेपाल आदिवासी जनजाति पत्रकार महासंघ रामेछापले मन्थलीमा सत्यनारायण बहादुर श्रेष्ठको ११० औं जन्म जयन्तिका अवसरमा आयोजना गरेको जेन्जि आन्दोलन पछिको राजनिति विषयक फोनिज सम्बाद कार्यक्रमका अबसरमा बताउनु भएको हो ।
कार्यक्रमका अबसरमा बोल्दै बागमति प्रदेश सांसद आनन्द कुमार श्रेष्ठले जेन्जी आन्दोलनमा विभिन्न अपराधिक मनस्थिति भएका ब्यक्तिहरु को घुस पैठ भएर मुलुकलाई ध्वन्सात्मक गतिविधिमा लगेको बताउनुभयो । नेकपा एमाले संसद पुनस्थापना को पक्षमा भएपनि निर्बाचन बाट समेत नभाग्ने बताउनुभयो ।
कार्यक्रमका अबसरमा बोल्दै मन्थली नगर प्रमुख लव श्रेष्ठले जेन्जी आन्दोलन भैरहेको बेला देवकोटा चोकमा बसेर मन्थली नगरपालिकाकै कर्मचारीले नगरपालिका जलाउनु पर्छ भनेको तत्थ्य फेला पारेको बताउनुभयो । आप्mनै बुबाको कमाई खाएर बुबाकै घर जलाउनु पर्छ भन्ने आट कसरी आएको होला उहाँले आश्चार्य ब्यक्त गर्नुभयो ।
रामेछाप जिल्ला समन्वय समितिका उप प्रमुख प्रेम सागर थापाले वर्तमान अबस्थामा आफ्नो पार्टि संसद पुनस्थापनाको पक्षमा नभई निर्वाचनको पक्षमा भएको पनि बताउनुभयो ।
नेपाल पत्रकार महासंघ रामेछापका अध्यक्ष दिपक घिमिरेले जेन्जी आन्दोलनपछि को राजनैनिक अबस्था संबिधान विपरित भैरहेको बताउनुभयो । फोनिज रामेछापका अध्यक्ष कुमार श्रेष्ठको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा फोनिज बगमती प्रदेशका अध्यक्ष युवराज श्रेष्ठ ले कार्यपत्र प्रस्तुत गर्नु भएको थियो ।
नेपाल पत्रकार महासघका संस्थापक अध्यक्ष कृष्ण प्रसाद भट्टराई कि सत्यनारायण बहादुर श्रेष्ठ भन्ने बारेमा विवाद भैरहेकाे वर्तमान अबस्थामा फोनिजले भने श्रेष्ठ नै संस्थापक हुन् भनेर दावी गरिरहेको छ ।












यो बारेमा तपाईको प्रतिकृया