मन्थली,२ माघ । रामेछाप जिल्लाबाट महासमित सदस्य समेत रहेकी विनिता खड्का जिल्लाको पहिलो महिला केन्द्रीय सदस्य बनेकी छिन ।
यही पुष २७ र २८ गते सम्पन्न नेपाली काँग्रेस केन्द्रीय समितिको दोस्रो बिशेष महाधिबेशनबाट गगन थापाको नेतृत्वमा वनेको समितिमा खड्का केन्द्रीय सदस्यमा निर्विरोध निर्वाचित भएकी हुन् ।
रामेछाप काँग्रेसको इतिहासमा यस अघि जिल्लाबाट महाधिबेशन प्रतिनिधि भई गएका मध्ये केन्द्रीय समितिमा सदस्य वा पदाधिकारी कोहीपनि निर्वातिच भएका थिएनन् ।
जिल्लाबाट महाधिबेशन प्रनिनिधि चुनिएर गएका महिलाहरु मध्ये सबै भन्दा कम उमेरकी खड्कालाई जेन्जी विद्रोहको मागलाई सम्बोधन गर्ने उद्धेश्यले युवा र नयाँ अनुहारलाई नेतृत्वमा ल्याएको गगन समुहको दावी रहेको छ ।
जुझारु र सक्षम महिला नेतृका रुपमा चिनिएकी खड्का अध्ययन र ब्यवसायमा कृयासिल रहेकी छिन् ।
शुक्रवार गगन थापा नेतृत्वको कार्यसमितिलाई निर्वाचन आयोगले मान्यता दिए सँगै उनको प्रभाबकारीता अझ बढेको छ ।












यो बारेमा तपाईको प्रतिकृया