मन्थली १५ माघ । मुख्य निर्वाचन अधिकृतको कार्यालय रामेछापमा मनोनयन दाखिला गराएका नेकपा एमाले, नेपाली कम्यूनिष्ट पार्टि, रा.स्व.पा.,उज्यालो नेपाल र श्रम शक्ति पार्टि लगाएतका अन्य पार्टीका उमेद्वारहरु घरदैलोमा ब्यस्त भएपनि नेपाली काँग्रेस पार्टि भने चुनावि रणनिति बनाउन ब्यस्त रहेको छ ।
नेकपा एमालेमा उमेद्वार माधब ढुंगेल, मन्थलीमा पार्टिको विस्तारित बैठक सकेर क प्रदेश अन्तर्गतका पालिका हरुमा घरदैलो अभियानमा निस्कनु भएको छ भने नेपाली कम्यूनिष्ट पार्टिका उमेद्वार श्याम कुमार श्रेष्ठले पत्रकार सम्मेलनको आयोजना गरी घर दैलो अभियानमा निस्कनु भएको छ ।
त्यस्तै रा स्व पा का उमेद्वार डा. कृष्णहरी बुढाथोकीले पनि घर दैलो अभियान सुरु गरी सक्नु भएको छ तर काँग्रेस भने यही माघ १७ गते आयोजना गरिएको पार्टिको बैठक पछि बाट मात्र घरदैलो अभियानमा निस्कने नेपाली काँग्रेसकाउमेद्वार रामचन्द्र खड्काले बताउनुभयो ।
नेपाली काँग्रेसका पार्टि सभापति पूर्ण बहादुर तामाङले उपसभापति नवराज थोकरलाई कार्यवाहक सभापतिको जिम्मेवारी दिनु भएपछि उहाँको अध्यक्षताको पहिलो बैठक शनिवार वस्न लागेको बताइको छ ।











यो बारेमा तपाईको प्रतिकृया