मन्थली,१७ माघ । विश्व हिन्दु महासंघ नेपाल रामेछापको दोस्रो साधारण सभा मन्थलीमा आज सम्पन्न भएको छ ।
विश्व हिन्दु महासंघ नेपाल रामेछापका अध्यक्ष रामचन्द्र अधिकारीको अध्यक्षता एबं केन्द्रीय उपाध्यक्ष उद्दब प्रसाद नेपालको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त साधारण सभाले आसन्न प्रदेश र केन्द्रीय महाधिबेशनका लागि १७ जना प्रतिनिधि चयन गरेको छ ।
कार्यक्रमका अबसरमा आजिबन सदस्यका तर्फबाट कुश प्रसाद दाहाल, रामेछाप उद्योग बाणिज्य संघका बरिष्ठउपाध्यक्ष प्रकाश श्रेष्ठ,ब्रम्हाकुारी राजयोग सेवा केन्द्र की प्रमुख सञ्चालिका विष्णु दिदी,पत्रकार महासंघ बागमती प्रदेशका निवर्तमान कोषाध्यक्ष रमेश ढुंगेल , महासंघका केन्द्रीय सदस्य श्याम गाेपाल श्रेष्ठ, कृष्ण कुमार के.सी.,अर्जुन बर्देवा, सह सचिव पदम पाठकलगाएतले आ–आफ्ना मन्तब्य राख्नु भएको थियो ।
उहाँहरुले मुलुक निर्वाचनमा होमिएको सन्दर्भमा आफु सँग मत माग्न आउने उमेद्वारहरुलाई हिन्दु राज्य निर्माणका लागि पहल गर्ने एजेडा बोकेका उमेद्वारहरुलाई मात्र मत दिनुपर्ने कुरालाई जोड दिनुभयो ।
कार्यक्रमका अबसरमा बोल्दै कार्यक्रमका प्रमुख अतिथि नेपालले बागमती प्रदेश अन्तर्गतका जिल्लाहरु मध्ये रामेछाप पनि संस्थागत गतिबिधिमा उत्कृष्ठ जिल्ला मा परेकोले अझै प्रगति गर्न सुझाब दिनुभयो ।
ब्यानर पढेर उद्घाटन गर्दै नेपालले बैदिक सनातन रक्षाका लागि हाम्रो निक्कै काम गर्नु पर्ने भन्दै हराउदै जान लागेको हाम्रो मौलिक पहिचाहन जोगाउन हामि संगठीत भएर एउटै पंक्तिमा गोलबद्ध हुन आबश्यक रहेको पनि बताउनुभयो ।
उहाले गौहत्या गर्ने जोसुकैलाई अपराध लाग्ने भएकोले गौहत्या को गलत प्रबृत्तिका वारेमा वर्तमान उमेद्वारहरुले नै अभियक्ती दिन लागेकोले सनातन संस्कृतिमा आस्था राख्नेलाई मात्र यस पटकको प्रतिनिधि सभा सदस्यका लागि मतदान गर्न अनुरोध गर्नुभयो ।
साधारण सभाले सनातन संस्कृति एबं हिन्दु राज्यका लागि गरिने पहलका बारेमा आ–आफ्ना घोषणापत्रमा उल्लेख गर्न सबै राजनैतिक दलहरुलाई अनुरोध गर्ने समेत निर्णय गरेको छ ।











यो बारेमा तपाईको प्रतिकृया