Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

रामेछापबाट रास्वपाका डा.बुढाथोकीले मारे बाजी

नेपाल अभियान नेपाल अभियान
२४ फाल्गुन २०८२, आईतवार
in देश, प्रदेश नं १, समाचार, समाज
0
22
SHARES
Share on FacebookShare on Twitter

रामेछाप २४ फागुन । एक मात्रै निर्वाचन क्षेत्र रहेको गत फागुन २१ गते सम्पन्न सँसदिय निर्वाचनमा रामेछापबाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार डा.कृष्णहरि बुढाथोकी प्रतिनिधि सभा सदस्य पदका लागि निर्वाचित भएका छन् । डा बुढाथोकीले नेकपा एमालेका उम्द्वार माधव ढुङ्गेललाई ७ हजार १ सय ९९ मतले पछि पार्दै निर्वाचित भएका हुन् । बुढाथोकीले कूल खसेको सदर मतको २४ हजार ८ सय ८ मत प्राप्त गर्नु भएको मुख्य निर्वाचन कार्यालयले जनाएको छ ।
मत परिणामको सुरुवाती चरणमा नतिजा कमजोर ल्याएको भएपनि बुढाथोकीले मत बढ्दै जाँदा आफना निकटतम प्रतिद्वन्द्वी सबैलाई उछिन्दै विजय हुन सफल भएका छन् । एमालेका उमेद्वार ढुङ्गेलले १७ हजार ६ सय ९ प्राप्त गर्दा तेस्रो नम्बरमा रहेका नेपाली काँग्रेसका उमेद्वार रामचन्द्र खड्काले १६ हजार ३ सय ७ मत प्राप्त गर्र्नु भएको थियो ।
निर्वाचन प्रतिस्पर्धामा नेपाली कम्युनिष्ट पार्टी नेकपाका श्याम कुमार श्रेष्ठले १३ हजार ३ सय ७ मत प्राप्त गरि तृतिय स्थान प्राप्त गर्न सफल हुनु भएको छ । निर्वाचनका क्रममा राप्रपाका उम्मेदवार गोरे तामाङले ५ सय ४३ मत पाउँदा नेमकिपाकी एक मात्रै महिला उम्मेदवार केशरी श्रेष्ठले ५६ मत, राष्ट्रिय जन मोर्चाका उम्मेदवारले १६१ मत, प्रगतिशील लोकतान्त्रिक पार्टीका उम्मेदवारले ११५ मत प्राप्त गर्नु भएको थियो ।
त्यसैगरि उज्यालो नेपाल पार्टीका उम्मेदवार दीपबहादुर योञ्जनले ७ हजार २ सय १, मंगोल नेशनल अर्गनाइजेशनका उम्मेदवारले ५६, नेशनल रिपब्लिक नेपालका उम्मेदवारले ७७, श्रम संस्कृति पार्टीका उम्मेदवारले १३ सय ६३ मत, नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्रका उम्मेदवारले १५६ र आम जनता पार्टीका उम्मेदवार पदम बहादुर तामाङले ३६ मत प्राप्त गर्नू भएको छ ।
त्यसैगरि स्वतन्त्र उम्मेदवार अरुण कार्की, बाबु काजी खड्का र सन्तोष घिमिरेले क्रमशः ९८, २२ र ६१ मत प्राप्त गर्न गरेका छन् । लामो समय नेपाल बैंकको विभिन्न जिम्मेवारीमा रहेर काम गरेका बुढाथोकीले आफनो जिल्ला रामेछापको विकास र नयाँ नेपाल निर्माणको खाका कस्तो बनाउनु पर्छ भन्ने विषयमा लामो अध्ययन र अनुसन्धान गर्दै आएका ब्यक्ती पनि हुन् ।
मन्थली नगरपालिका १२ गेलु सिक्राल घर भएका बुढाथोकीले रास्वपाको सदस्य लिएको दुई दिनपछि प्रतिनिधि सभा सदस्य पदको टिकट लिन भएका एिका थिए । निर्वाचनको परिणाम सँगै रामेछापमा पुरानै दलहरूबिच प्रतिस्पर्धा हुन्छ र काँग्रेस,एमाले मध्ये एकले चुनाव जित्छन् भन्ने चर्चा चलि रहेका बेला बुढाथोकीले अग्रता लिएपछि सबै उमेद्वार हरु चकित परेका थिए । पहिलो प्रयासमै जित हासिल गरेका हुन् । राजनीतिबाट टाढा रहँदा पनि ‘रामेछाप विकास बहस’ लगायत विभिन्न कार्यक्रम मार्फत यहाँका जनतासँग नजिक हुने आधार खोजेका बुढाथोकीले देशभर जस्तै घन्टीको परिणाम आए सँगै रामेछापबाट पनि राम्रो प्रतिस्पर्धाका आधारमा विजयमाला लिन सफन भएकामा पनि बाजी मार्न सफल भएका हुन् ।
नव निर्वाचित साँसद बुढाथौकी माथि जिल्लाको भूगोलमा अपरिचित रहेको आरोप लाग्दै आएको छ । मन्थली नगरपालिका भन्दा बाहेक अन्य स्थानीय तहरुमा मत माग्न भन्दा बाहेक अन्य कसलाइै पनि असहोग कहिल्यै पुगेका थिएनन् । कतिपयले त प्रतिनिधि सभा सदस्यमा पदमा निर्वाचित बुढाथोकीलाई किताबमा लेखेका बाहेक अन्य जानकारी नै नभएको भन्दै टिप्पणी समेत गर्दै आएका छन् ।गत २१ सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनमा रामेछापमा तीन स्वतन्त्र (केबलकार, कैँची, र त्रिभुजसहित) राजनितिक समेत गरि कुल १६ जना उमेद्वारले प्रतिस्पर्धामा सहभागित जनाएका थिए ।
नव निर्वाचि भएका उमेद्वार बुढाथोकिलाई मुख्य निर्वाचन अधिकृत सपथ ग्रहण गराउँदै फुल माला र अविर पहिरीयाएर बधाई सहित निजलाई विजयी भएको प्रमाण पत्र पनि प्रदान गर्नु भएको थियो । सपथ लगतै बुढाथोकीको पार्टि राष्टिय स्वतन्त्र पार्टिले विजयी जुलुस सहित बजार परिक्रमा गरेको थियो । बजार परिक्रमा पछि उक्त विजय जुलुस देवकोटा चोकमा पुगेर कोड सभामा परिणत भएको थियो । कोड सभामा डा बुढाथोकिले आफना मतदाता पार्टि नेता र कार्यकर्ता सँग निर्वाचन सफल पार्न लागि पर्ने कर्मचारी र सबै सहयोगि हरुलाई धन्यवाद दिनुभएको थियो । सो अवसरमा बुढाथोकिले आफुले जन चाहना अनुसारको शुसासनका लागि काम गर्न कतिपनि पछि नपर्ने धारणा पनि राख्नु भएको थियो ।

Share9Tweet6Share2

Related Posts

रामेछापका पत्रकारहरूद्वारा जिल्ला प्रशासन कार्यालयमा धर्ना
समाचार

रामेछापका पत्रकारहरूद्वारा जिल्ला प्रशासन कार्यालयमा धर्ना

२४ फाल्गुन २०८२, आईतवार
साहारा साकोशद्धारा सगरमाथा आरोही श्रेष्ठ सम्मानित
प्रदेश नं ३

साहारा साकोशद्धारा सगरमाथा आरोही श्रेष्ठ सम्मानित

२४ फाल्गुन २०८२, आईतवार
जातीय छुवाछुत कायमै
विविध

जातीय छुवाछुत कायमै

२४ फाल्गुन २०८२, आईतवार
युवराज श्रेष्ठ सहित चार जना पत्रकार सम्मानित
शिक्षा

युवराज श्रेष्ठ सहित चार जना पत्रकार सम्मानित

२४ फाल्गुन २०८२, आईतवार
खिम्तीमा बाल प्रतिभा पहिचाहन कार्यक्रम
समाचार

खिम्तीमा बाल प्रतिभा पहिचाहन कार्यक्रम

२४ फाल्गुन २०८२, आईतवार
अमेरिकामा अन्तराष्ट्रिय नेपाल साहित्य समाज  द्धारा विविध कार्यक्रम
कारोबार

अमेरिकामा अन्तराष्ट्रिय नेपाल साहित्य समाज द्धारा विविध कार्यक्रम

२४ फाल्गुन २०८२, आईतवार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.