मन्थली ५ बैशाख । बागमती प्रदेश सरकार सहकारी तथा गरिवि निवारण मन्त्रालय र जिल्ला सहकारी संघ रामेछापको आयोजनामा शनिबार देखि ३ दिने सहकारी संस्थाहरुकालागि नेतृत्व विकास तालिम सुरु भएको छ ।
तालिमको उद्घाटन गर्दै मन्थली नगर प्रमुख लव श्रेष्ठले सहकारीकर्मीहरु विभिन्न अन्य संस्थामा समेत जोडिनु भएकोले यस्ता खालका तालिमले सबै संघ संस्थामा काम गर्न सजिलो हुने बताउनुभयो ।
जिल्ला सहकारी संघ रामेछापका अध्यक्ष हिमाल ढुंगेलको अध्यक्षतमा सम्पन्न उद्घाटन सत्रमा जिल्ला बचत संघ का अध्यक्ष जे एन दाहाल, जिल्ला कृषि सहकारी संघ का अध्यक्ष कुमार श्रेष्ठ, जिल्ला सहकारी संघका कोषाध्यक्ष छत्रवीर श्रेष्ठ र जिल्ला सदस्य बद्रि नयाँभरेले समेत आ आफ्नो मन्तब्य राख्नु भएको थियो ।
तालिममा विभिन्न सहरकारीसंस्थाका ३० जना सहकारीकर्मीहरु सहभागि रहेको संस्थाका सचिब योगेन्द्र श्रेष्ठले जानकारी दिनुभयो ।











यो बारेमा तपाईको प्रतिकृया