मन्थली,१२ भाद्र । विगतका वर्षहरु देखि मन्थलीका नेवारी समुदायले प्रदर्शन गर्ने गरेको लाखे नाच आजबाट सुरु भएको छ ।

नेवारी समुदायमा जनै पूर्णिमाको दिन देखि कृष्णजन्माष्टमी -एक हप्ता) सम्मगाइजात्रा, रोपाई जात्रा,विहे जात्रा, लाखे नाच, जस्ता विभिन्न कार्यक्रमहरु सञ्चालन गरी यो पर्व मनाइने गरिन्छ ।
रामेछाप जिल्लाको मन्थली, चिसापानी, भंगेरी र ठोसेका नेवारी समुदायका मानिसहरुले साप्ताहिक रुपमा यस्ता कार्यक्रमहरू सञ्चालन गर्ने गरेका छन् ।
आफ्नो समुदायको संस्कार र संस्कृति पुस्तान्तरण गरी जगेर्ना गर्ने उद्देश्यले यस्ता कार्यक्रमहरु सञ्चालन गर्ने गरिएको नेवाः खल रामेछापका अध्यक्ष शेखर मान श्रेष्ठले बताउनुभयो ।












यो बारेमा तपाईको प्रतिकृया