आफ्ना कार्यकर्तालाई नियोजित ढंगले फसाउन खोजियो– काग्रेस ,
गुण्डागर्दि शैली अब चल्दैन–नेकपा
रामेछाप, ७ मङ्सिर । नामाडी घट्नाका दोषिलाई कार्बाहि गर्न रामेछाप जिल्लाका दुबै पार्टि सहमत भएका छन् ।
नेपाली काग्रेसका सभापति लवश्री न्यौपाने र नेकपाका जिल्ला सचिब एबं प्रदेश सांसद शान्ति प्रसाद पौडेल घटनाका दोषिलाई कार्वाहि गर्न सहमत हुनु भएको हो । तर उक्त घट्नालाई भने दुबै पार्टिले आ आफ्नै तरिकाले परिभाषित गरेका छन् । आफ्ना कार्यकर्तालाई नियोजित ढंगले फसाउन खोजियो– काग्रेस ,गुण्डागर्दि शैली अब चल्दैन–नेकपा ।

आफ्ना कार्यकर्तालाई नियोजित ढंगले फसाउन खोजियो– काग्रेस सभापति न्यौपाने
नामाडीमा मंसिर २ गते मंगलबार भएको कुटपिटको घटनामा नेपाल तरुण दल रामेछापका अध्यक्ष काजीबहादुर खड्कासहित तीन जना विरुद्ध प्रहरीमा किटानी जाहेरी परेपछि नेपाली कांग्रेस रामेछापका सभापति लवश्री न्यौपानीले आफ्ना कार्यकर्ताहरुलाई नेकपाले सत्ताको आडमा फसाउन खोजेको भन्दै आपत्ति जनाउनु भएको छ ।
उहाले उक्त घटनामा तरुण दलका जिल्ला सभापति काजि बहादुर खड्का, जी पी फाउन्डेशनका जिल्ला अध्यक्ष दिपक खड्का र अर्का कार्यकर्ता निरज खड्का सहित तीनै जनाको संलग्नता नभएको दावी गर्नु भएको छ ।
सभापति न्यौपानेले तरुण दल सभापति खड्काले देवराज खडकालाई नकुटेको भन्दै कुटपिट गर्ने ब्यक्तिको पहिचाहन गरी आबश्यक कारवाही गर्न पनि माग गर्नुभएको छ ।
उहाले भन्नुभयो–“कुटपिटको घटनामा नेकपाकै कार्यकर्ता संलग्न छन, काजीबहादुरले,देवराज लाई कुटेको छैन । उसले निहुँ खोज्दा नेकपाकै कार्यकर्ताहरुले कुटपिट गरेका हुन तर नेकपाका कार्यर्ताहरुले घटनालाई अति रन्जित बनाएर नियोजित रुपमा किटानी जाहेर गरेर काँग्रेसका कार्यकर्ताहरुलाई झुट्टा मुद्दामा फसाउने षडयन्त्र भएको छ त्यो दुर्भाग्य हो ।”
सभापति न्यौपानेले हाम्रो पार्टि घट्नाका दोषिलाई उन्मुक्ती दिनुपर्छ भन्नेमा छैन । कुटपिट गर्ने जो कोहि भएपनि निष्पक्ष छानविन गरी कारवाही हुनुपर्छ । तर कारवाहिका नाममा आफ्ना निर्दोष कार्यकर्ताहरुलाई षडयन्त्रमूलक ढंगले फसाउन खोजिन्छ भने त्यस्तो कुरा आफ्नो पार्टिलाई सह्य हुन सक्दैन ।
उहाले नेकपाले देवराज खडकालाई जबरजस्ती उचालेर खडकाहरु विरुद्ध किटानी जाहेरी दिन लगाएको आरोप पनि लगाउनु भएको छ ।

गुण्डागर्दि शैली अब चल्दैन – नेकपा सचिब पौडेल
नेपाल कम्युनिष्ट पार्टि रामेछापका सचिब शान्ति पौडेलले उक्त घट्ना गुण्डा गर्दिको पराकाष्ट भएको भन्दै यस किसिमको रबैया अब समाजमा नचल्ने बताउनु भएको छ । उहाले तरुण दलको आडमा खड्काले पटक पटक समाजमा गुण्डागर्दि गर्दै आएको र यस पटक पनि सोहि किसिमको कृयाकलापले निरन्तरता पाएको भन्दै उहाले यस किसिमको गुण्डागर्र्दीको शैलिमा भएको आक्रमणलाई आफ्नो पार्र्टीले प्रतिवाद गर्ने बताउनुभयो ।
प्रदेश सांसद समेत रहनुभएका पौडेलले जिल्लामा कुनैपनि प्रकारको गुण्डागर्र्दी हुन नदिने चेतावनी दिदै समाजमा अराजकता मच्चाउने समूहलाई कानुनी कठघरामा उभ्याउन स्थानीय प्रशासनसँग माग गर्नुभयो । उहाले भन्नुभयो,–“नामाडीमा तरुण दलका अध्यक्ष काजीबहादुर खडकाको समुहले देखाएको उदण्डता र गुण्डागर्दि कसैका लागि पनि स्वीकार्य हुन सक्दैन ।”
उहाले राजनीतिक प्रतिस्पर्धामा आउने आँट गर्नेले मात्र राजनीति गर्नुपर्ने भन्दै गुण्डागर्र्दी गर्ने, दादागिरी देखाउने र समाजमा अराजकता मच्चाउदै हिड्ने काजीबहादुर खड्काको समुहले काँग्रेसकोे खोल ओढेको देखिनु दुर्भाग्य पूर्ण भएको बताउनु भयो ।
घटनालाई अतिरन्जित गरियो– तरुण दल

उता नेपाल तरुणदल रामेछापले पनि नामाडीमा भएको घटनालाई राजनीतिक पूर्बाग्रहका आधारमा अतिरन्जित बनाउन खोजेको आरोप लगाएको छ । तरुण दलले विहिबार मन्थलीमा पत्रकार सम्मेलनको आयोजना गरी घटनालाई तोडमोड गर्दै जिल्ला अध्यक्ष काजी बहादुर खड्का ‘दिनेश’ लगायतका ब्यक्तीमाथि प्रहरीको समेत मिलेमतोमा घटनालाई अतिरंन्जित बनाउन खोजेको भन्दै उक्त घटना प्रति कडा आपत्ति जनाएको हो ।
सोहि विषयलाई लिएर घटनालाई तोडमोड गरि राजनितिक पुर्वाग्रहका आधारमा प्रहरीमा ज्यान मार्ने उद्योग अन्र्तगतको मुद्दा दर्ता गरिएको प्रति नेपाल तरुण दल रामेछाप जिल्ला कार्यसमितिको गम्भिर ध्यानकर्षण भएको विज्ञप्ती मार्फत जनाएको छ ।
तरुण दलका उपाध्यक्ष बासुदेव फुयाल र सचिब बिश्वराज कोइरालाद्धारा हस्तक्षरित बिज्ञप्तीमा आफ्नो स्थापनाकाल देखिनै नेपाल तरुण दलले बर्गिय चरित्र अनुरुप गलत प्रवृत्तिको डटेर खबरदारी गरीरहेको इतिहास जगजाहेरै छ । यसै सन्दर्भमा रामेछाप जिल्लाको गोकुलगंगा गाउँपालिका वडा नं.–५ नामाडीको घट्ना प्रक्रियालाई लिएर जे जसरी बास्तविकतालाई तोडमोड गर्दै घटनाको प्रक्रियामा कुनै पनि संलग्नता नरहेका व्यक्तिहरुमाथी जबरजस्त ढंगबाट राजनीतिक प्रतिशोध साँध्ने र पूर्वग्राही ढंगले बदनियत तरबले व्यक्तिको चरित्र हत्या गर्ने गरी नेपाल तरुण दल रामेछापका अध्यक्ष काजी बहादुर खड्का ‘दिनेश’ लगायतका ब्यक्तीमाथि प्रहरीको समेत मिलेमतोमा यहि कार्तिक ३ गते जिल्ला प्रहरी कार्यालय रामेछापमा ज्यान मार्ने कसुर अन्तरर्गत मुद्दा दर्ता गरिएको प्रति नेपाल तरुण दल रामेछाप जिल्ला कार्यसमितिको गम्भिर ध्यानकर्षण भएको कुरा पनि उल्लेख गरिएको छ ।
नेपाल तरुण दल रामेछापले नेपाली काँग्रेसको शालिनता र अनुशासनलाई कमजोरीको रुपमा ठानेर सत्ता र शक्तीको आडमा गरिने निरंकुश गतिविधि तथा राजनिति पुर्वाग्रहको आधारमा निर्दाेष ब्यतिmलाई फसाउने खालको गतिविधि अघि बढ्दै गए नेपाल तरुण दल पनि चुप लागेर नबस्ने र सो बाट उत्पन्न परिस्थितिको जिम्मा प्रशासन स्वयमले लिनुपर्ने चेतावनी पनि पत्रकार सम्मेलन मार्फत दिएको छ ।
कुटपिटबाट घाइते भएका देवराज खडकाले तरुण दल रामेछापका अध्यक्ष काजीबहादुर खड्का, जीपी फाउन्डेशनका अध्यक्ष दीपक खडका र स्थानीय निरज खड्काको विरुद्ध जिल्ला प्रहरी कार्यालय रामेछापमा ज्यान मार्ने उद्योग अन्तर्गत किटानी जाहेरी दर्ता गराएका थिए । किटानी जाहेरीको आधारमा प्रहरीले तीनै जना विरुद्ध पक्राउ पुर्जि जारी गरेर खोजि गरिरहेको छ ।












यो बारेमा तपाईको प्रतिकृया