Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

सैपुमा विद्यालय र स्वास्थ्य भवन एकैसाथ समुदायलाई

नेपाल अभियान नेपाल अभियान
२९ बैशाख २०७६, आईतवार
in आधारभूत, समाचार
0
145
SHARES
Share on FacebookShare on Twitter

२९ बैशाख, २०७६

लिखुतामाकोशी- लिखुतामाकोशी गाउँपालिका वडा नं २ को दुर्गम गाउँ सैपुमा नवनिर्मित ३  वटा भवन एकैसाथ समुदायलाई हस्तान्तरण गरिएको छ ।  बिद्यालयका दुई वटा र एउटा स्वास्थ्य चौकीको भवन आइतबार एक कार्यक्रमको आयोजना गरी हस्तान्तरण गरिएको हो  ।

काम फर सुद स्वीजरल्याण्डको आर्थिक सहयोग तथा काम फर सुद नेपालको सहजीकारणमा लिखुतामाकोशी गाउँपालिका वडा नं २ सैपुमा नबनिर्मित २ वटा बिद्यालयका  भवन र एउटा स्वास्थ्य चौकीको भवन प्रदेश नम्बर तीनका सांसद शान्ति प्रसादन पौडेलले गरेका हुन् ।

कार्यक्रममा बोल्दै सांसद पौडेलले .स्थानीय सरकारले कार्यपालिका, न्यायपालिका र ब्यवस्थापिकाको काम गर्नुपर्ने  भएकोले प्रदेश सरकारले भन्दा स्थानीय सरकाले  बढी काम गरेर देखाउनुु पर्ने बताए । सांसद पौडेलले कानून निर्माण नभए सम्म स्थानीय सरकारले कुनै पनि काम अगाडी बढाउन कानूनी रुपमा नमिल्ने भएकोले कनून बिपरित कुनै पनि काम नगर्न निर्देशन समेत दिए । उनले बित्तिय अनुसासनलाई कायम गर्ने गरी काम गर्न पनि लिखुतामाकोशी गाउपािलकालाई अनुरोध गरे ।

लिखुतामाकोशी गाउँपालिकाका अध्यक्ष गोबिन्द बहादुर खडकाले आफूलाई गाउँपालिकाको काम कार्बाहीका बारेमा अनावश्यक कुराहरु गर्ने गरिएको भए पनि त्यस्ता कुरा सबै निराधार भएको बताए । उनले आफू सधै जनताको पक्षमा काम गर्ने गरेको तर यहि क्रममा प्रतिपक्ष र आफ्नो पार्टीका नेताहरुबाट नै असहयोग हुने गरेको दुखेसो पोखे । त्यस्तै कार्यक्रममा बोल्दै गाउँपालकाकी उपाध्यक्ष दिपशिखा दाहालले गाउँपालिकाको बिकास गर्न सत्ता पक्ष र प्रतिपक्ष मिलेर सँगै अगाडी बढ्नु पर्ने बताउदै काम फर सुद नेपाललाई स्वास्थ्य र शिक्षाको क्षेत्रमा पालिका भरीका सबै वडामा कार्यक्रम सञ्चालन गरिदन आग्रह गरिन ।

त्यसैगरी कार्यक्रममा बोल्दै नेपाली काग्रेस रामेछापका जिल्ला सचिब लेख बहादुर कार्कीले लिखुतामाकोशी गाउँपालिकाले ५ बर्षे रणनितिक योजना बनाएर काम गर्नुपर्ने बताए । उनले जनप्रतिनिधिहरुले आफ्नो पार्टीको कार्यकर्ताको सहजै काम गर्ने र अरु अर्को पार्टीका मान्छेको काम नगर्ने समस्या बढ्दै गएकोले जननिर्बाचित प्रतिनिधिहरु कुनै पार्टीका नभइ सबै जनताको भएकोले सबै खालका नागरिकको हितलाई ध्यानमा राखेर काम गर्नुपर्नेमा जोड दिए । उनले खिलुतामाकोशी गाउँपालिकाको काम गर्ने तौर तरिका र अन्य आपसी समझदारी नहुने गरेको कुरा आइरहेकाले यस्ता गुनासो नआउने गरी काम गर्न अनुरोध समेत गरे ।

नेकपाका जिल्ला नेता हेमन्त पौडेलले बिकास निर्माणमा सबै पार्टी मिलेर लाग्नु पर्ने बताउनु बताए । नेता पौडेलले सैपुमा काम फर सुद नेपालले गरेको उदाहरणिय कामको बारेमा प्रसंसा समेत गरेका थिए । कार्यक्रमका अबसरमा नेपाल पत्रकार महासंघ रामेछापका अध्यक्ष रमेश ढुंगेलले लिखु तामाकोशी गाउपालिकाको काम कार्बाहि  अन्यगाउपालिको तुलनामा पारदर्शी बनाएर देखाउन अनुरोध गरे । कार्यक्रममा बोल्दै काम फर सुद की उपाध्यक्ष्य संगिता श्रेष्ठले परियोजना सञ्चालन अबधि भर सहयोग गर्ने सबैलाई धन्यवाद दिदै आगामी दिनमा पनि यस्ता कार्यक्रम गर्न पहल गर्ने प्रतिबद्धता ब्यक्त गरिन् ।

वडा नम्बर २ का वडा अध्यक्ष अध्यक्ष पदम बहादुर तमाङको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमममा  जिल्ला समन्वय समितिका सदस्य रमेश वाग्ले, अनेम संघ की केन्द्रीय सदस्य शान्ता पौडेल, लिखुतामाकोशी गाउँपालिका वडा नं ४ का वडा अध्यक्ष लिला बहादुर  बस्नेत,  स्थानीय पुष्षराज पौडेल लगाएतले बोलेका थिए ।

कार्यक्रमका अबसरमा सैपुका २ वटा माबि र स्वास्थ्य चौकीको तर्फबाट काम फर सुद नेपाल लाई  भबन निर्माण र अन्य प्राबिधिक सहयोग तथा दक्ष जनशक्ती उत्पादनमा उल्लेख्य सहयोग गरेको भन्दै प्रसंसा पत्र सहित सम्मान गरेको थियो ।

२ बर्ष अघि देखि निर्माण कार्य सुरु भएको २४ सै घण्टा सुत्केरी सेवा सहित को  स्वास्थ्य चौकी भबन १ करोड २८ लाखको लागतमा निर्माण भएको छ भने सैपुमा रहेको शहिद स्मृति मा बि मा १ करोड ७६  लाख  को लागतमा ९ कोठाको ४ वटा भवन  र छात्र, छात्रा शौचालय निर्माण गरिएको तथा २ करोड २२ लाखको लागतमा १० कोठाको ४ वटा भवन छात्र र छात्राको छुट्टा छुट्टै शौचालय सहित निर्माण गरिएको कार्यक्रममा जानकारी गराईएको थियो ।

Share75Tweet29Share8

Related Posts

रसुवाको बाढीमा परी रामेछापका बेपत्ता हुनेको संख्या ३२ मध्ये १ जना सम्पर्कमा ३१ जनाको अबस्था अझै अज्ञात
समाचार

रसुवाको बाढीमा परी रामेछापका बेपत्ता हुनेको संख्या ३२ मध्ये १ जना सम्पर्कमा ३१ जनाको अबस्था अझै अज्ञात

२९ बैशाख २०७६, आईतवार
रसुवाको बाढीमा परी रामेछापका बेपत्ता २६ मध्ये १ जनाको उद्धार २५ अझै सम्पर्क विहीन
समाचार

रसुवाको बाढीमा परी रामेछापका बेपत्ता २६ मध्ये १ जनाको उद्धार २५ अझै सम्पर्क विहीन

२९ बैशाख २०७६, आईतवार
सुनापति र मन्थली बने उत्कृष्ठ पालिका
समाचार

सुनापति र मन्थली बने उत्कृष्ठ पालिका

२९ बैशाख २०७६, आईतवार
रामेछाप न.पा.काे समीक्षा सम्पन्न
समाचार

रामेछाप न.पा.काे समीक्षा सम्पन्न

२९ बैशाख २०७६, आईतवार
अबको निर्वाचन पछि प्रदेश सरकार उज्यालो पार्टिको नेतृत्वमा बन्छ –  घिसिङ
प्रदेश नं ३

अबको निर्वाचन पछि प्रदेश सरकार उज्यालो पार्टिको नेतृत्वमा बन्छ – घिसिङ

२९ बैशाख २०७६, आईतवार
पालिकाका असल अभ्यास शिक्षा विकास तथा समन्वय इकाइको क्यालेन्डरमा
शिक्षा

पालिकाका असल अभ्यास शिक्षा विकास तथा समन्वय इकाइको क्यालेन्डरमा

२९ बैशाख २०७६, आईतवार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero