२९ बैशाख, २०७६
लिखुतामाकोशी- लिखुतामाकोशी गाउँपालिका वडा नं २ को दुर्गम गाउँ सैपुमा नवनिर्मित ३ वटा भवन एकैसाथ समुदायलाई हस्तान्तरण गरिएको छ । बिद्यालयका दुई वटा र एउटा स्वास्थ्य चौकीको भवन आइतबार एक कार्यक्रमको आयोजना गरी हस्तान्तरण गरिएको हो ।
काम फर सुद स्वीजरल्याण्डको आर्थिक सहयोग तथा काम फर सुद नेपालको सहजीकारणमा लिखुतामाकोशी गाउँपालिका वडा नं २ सैपुमा नबनिर्मित २ वटा बिद्यालयका भवन र एउटा स्वास्थ्य चौकीको भवन प्रदेश नम्बर तीनका सांसद शान्ति प्रसादन पौडेलले गरेका हुन् ।
कार्यक्रममा बोल्दै सांसद पौडेलले .स्थानीय सरकारले कार्यपालिका, न्यायपालिका र ब्यवस्थापिकाको काम गर्नुपर्ने भएकोले प्रदेश सरकारले भन्दा स्थानीय सरकाले बढी काम गरेर देखाउनुु पर्ने बताए । सांसद पौडेलले कानून निर्माण नभए सम्म स्थानीय सरकारले कुनै पनि काम अगाडी बढाउन कानूनी रुपमा नमिल्ने भएकोले कनून बिपरित कुनै पनि काम नगर्न निर्देशन समेत दिए । उनले बित्तिय अनुसासनलाई कायम गर्ने गरी काम गर्न पनि लिखुतामाकोशी गाउपािलकालाई अनुरोध गरे ।
लिखुतामाकोशी गाउँपालिकाका अध्यक्ष गोबिन्द बहादुर खडकाले आफूलाई गाउँपालिकाको काम कार्बाहीका बारेमा अनावश्यक कुराहरु गर्ने गरिएको भए पनि त्यस्ता कुरा सबै निराधार भएको बताए । उनले आफू सधै जनताको पक्षमा काम गर्ने गरेको तर यहि क्रममा प्रतिपक्ष र आफ्नो पार्टीका नेताहरुबाट नै असहयोग हुने गरेको दुखेसो पोखे । त्यस्तै कार्यक्रममा बोल्दै गाउँपालकाकी उपाध्यक्ष दिपशिखा दाहालले गाउँपालिकाको बिकास गर्न सत्ता पक्ष र प्रतिपक्ष मिलेर सँगै अगाडी बढ्नु पर्ने बताउदै काम फर सुद नेपाललाई स्वास्थ्य र शिक्षाको क्षेत्रमा पालिका भरीका सबै वडामा कार्यक्रम सञ्चालन गरिदन आग्रह गरिन ।
त्यसैगरी कार्यक्रममा बोल्दै नेपाली काग्रेस रामेछापका जिल्ला सचिब लेख बहादुर कार्कीले लिखुतामाकोशी गाउँपालिकाले ५ बर्षे रणनितिक योजना बनाएर काम गर्नुपर्ने बताए । उनले जनप्रतिनिधिहरुले आफ्नो पार्टीको कार्यकर्ताको सहजै काम गर्ने र अरु अर्को पार्टीका मान्छेको काम नगर्ने समस्या बढ्दै गएकोले जननिर्बाचित प्रतिनिधिहरु कुनै पार्टीका नभइ सबै जनताको भएकोले सबै खालका नागरिकको हितलाई ध्यानमा राखेर काम गर्नुपर्नेमा जोड दिए । उनले खिलुतामाकोशी गाउँपालिकाको काम गर्ने तौर तरिका र अन्य आपसी समझदारी नहुने गरेको कुरा आइरहेकाले यस्ता गुनासो नआउने गरी काम गर्न अनुरोध समेत गरे ।
नेकपाका जिल्ला नेता हेमन्त पौडेलले बिकास निर्माणमा सबै पार्टी मिलेर लाग्नु पर्ने बताउनु बताए । नेता पौडेलले सैपुमा काम फर सुद नेपालले गरेको उदाहरणिय कामको बारेमा प्रसंसा समेत गरेका थिए । कार्यक्रमका अबसरमा नेपाल पत्रकार महासंघ रामेछापका अध्यक्ष रमेश ढुंगेलले लिखु तामाकोशी गाउपालिकाको काम कार्बाहि अन्यगाउपालिको तुलनामा पारदर्शी बनाएर देखाउन अनुरोध गरे । कार्यक्रममा बोल्दै काम फर सुद की उपाध्यक्ष्य संगिता श्रेष्ठले परियोजना सञ्चालन अबधि भर सहयोग गर्ने सबैलाई धन्यवाद दिदै आगामी दिनमा पनि यस्ता कार्यक्रम गर्न पहल गर्ने प्रतिबद्धता ब्यक्त गरिन् ।
वडा नम्बर २ का वडा अध्यक्ष अध्यक्ष पदम बहादुर तमाङको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमममा जिल्ला समन्वय समितिका सदस्य रमेश वाग्ले, अनेम संघ की केन्द्रीय सदस्य शान्ता पौडेल, लिखुतामाकोशी गाउँपालिका वडा नं ४ का वडा अध्यक्ष लिला बहादुर बस्नेत, स्थानीय पुष्षराज पौडेल लगाएतले बोलेका थिए ।
कार्यक्रमका अबसरमा सैपुका २ वटा माबि र स्वास्थ्य चौकीको तर्फबाट काम फर सुद नेपाल लाई भबन निर्माण र अन्य प्राबिधिक सहयोग तथा दक्ष जनशक्ती उत्पादनमा उल्लेख्य सहयोग गरेको भन्दै प्रसंसा पत्र सहित सम्मान गरेको थियो ।
२ बर्ष अघि देखि निर्माण कार्य सुरु भएको २४ सै घण्टा सुत्केरी सेवा सहित को स्वास्थ्य चौकी भबन १ करोड २८ लाखको लागतमा निर्माण भएको छ भने सैपुमा रहेको शहिद स्मृति मा बि मा १ करोड ७६ लाख को लागतमा ९ कोठाको ४ वटा भवन र छात्र, छात्रा शौचालय निर्माण गरिएको तथा २ करोड २२ लाखको लागतमा १० कोठाको ४ वटा भवन छात्र र छात्राको छुट्टा छुट्टै शौचालय सहित निर्माण गरिएको कार्यक्रममा जानकारी गराईएको थियो ।
यो बारेमा तपाईको प्रतिकृया