Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

समाजलाई चुनौती, रातो पहिरनमा रामेछापका एकल महिला

नेपाल अभियान नेपाल अभियान
८ असार २०७६, आईतवार
in समाज
0
384
SHARES
Share on FacebookShare on Twitter

८ असार, २०७६

रामेछाप– समाजमा जरो गाडेर बसेको परम्परालाई तोड्दै मन्थलीका एकल महिलाहरू रातो पहिरनमा सजिएका छन् । जिल्लाको मन्थली नगरपालिका वडा नं. १ का महिलाहरूले नवौं अन्तराष्ट्रिय एकल महिला दिवसमा एकल महिलाका लागि समाजले अस्वीकार गर्दै आएको रातो पहिरन लगाएर समाजलाई नै चुनौती दिँदै रातो पहिरनमा सजिएका हुन् ।

मानब अधिकारका लागि एकल महिला समूहको आयोजना तथा मन्थली नगरपालिका वडा नं. १ को आर्थिक सहयोगमा वडा भित्र रहेका ८८ जना एकल महिलाहरूलाई रातो पहिरन वितरण गरिएको हो ।

जन्म शिद्ध अधिकारका लागि रातो पहिरन भन्ने कुरालाई मध्यनजर गर्दै समाजले बन्देज लगाएको रातो पहिरन वितरण गरिएको वडा नम्बर १ का वडा अध्यक्ष नारायणदाश श्रेष्ठले बताउनुभयो । समाजमा पछाडी पारिएका एकल महिलाका लागि वडाले समाजमा अन्य महिला जसरी नै बाच्न पाउँने अधिकारलाई स्थापित गराउने उद्देश्यका साथ उनीहरूलाई रातो पहिरन वितरण गरिएको अध्यक्ष श्रेष्ठले बताउनुभयो । उहाँले एकल महिलाका लागि वडा कार्यालयले आगमी दिनमा आयमूलक र सिपमुलक तालिम सहितको सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

त्यस्तै कार्यक्रममा बोल्दै मन्थली नगरपालिकाकी उपप्रमुख माया कुमारी कार्कीले महिला र एकल महिलाहरुलाई ऐन नियमको समस्याका कारण चाहेजती सहयोग गर्न नसके गुनासो गनुभयो । कार्यक्रमकी प्रमुख अतिथि समेत सहनुभएकी कार्कीले आगमी दिनमा नगरपालिकाले महिलाहरूका लागि प्याकेजकै रुपमा महिलामुखी कार्यक्रम ल्याउने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो । एउटा पुरुषको श्रीमति छैन भने दोस्रो बिबाह गर्न हुने तर एउटी  उमेरदार महिलाको श्रीमान छैन भने दोस्रो बिबाह गरेर जान नहुने जस्ता रुढिबादी परम्पराले ग्रस्त हाम्रो समाजलाई परिबर्तनको लागि सबै लाग्नुपर्नेमा उपप्रमुख कार्कीले जोड दिनुभयो ।

त्यसैगरी कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघ रामेछापका अध्यक्ष रमेश ढुंगेलले एकल महिलाहरुमा हिनताबोध हुने काममा जागर नहुने, एकल महिलाहरुले रातो पहिरन लगाउन नहुने जस्ता सामाजिक कुरितीले ग्रस्त समाजको परम्परालाई तोड्न सबै एक जुट भएर लाग्नु पर्नेमा जोड दिनुभयो ।

मन्थली नगर कार्यपालिकाकी सदस्य ममिता श्रेष्ठले एकल मलिाहरुलाई समाजले पनि तिरस्कार गर्ने, बोक्सीको आरोप लगाउने जस्ता अमानविय क्रियाकलाप सामाजिक रुपमा अझै पनि रहेकाले यस्तो कुरामा विश्वास गर्न नहुने बताउनुभयो ।

मानब अधिकारका लागि एकल महिला समूहकी जिल्ला अध्यक्ष शान्ति कार्कीको अध्यक्षता एबं मन्थली नगरपालिकाकी उपप्रमुख माया कुमारी कार्कीको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा जिल्लामा एकल महिलाको क्षेत्रमा काम गर्ने क्रियाशिल महिलाहरुको समेत सहभागिता रहेको थियो ।

Share343Tweet17Share5

Related Posts

मन्थली नगरपालिका सहित ६ वटा पालिकामा सर्बसम्बत नेतृत्व चयन,२ पालिका अझै बाँकी
समाचार

मन्थली नगरपालिका सहित ६ वटा पालिकामा सर्बसम्बत नेतृत्व चयन,२ पालिका अझै बाँकी

८ असार २०७६, आईतवार
चोरीको सुन किन्ने बेच्ने दुवै पक्राउ
समाचार

चोरीको सुन किन्ने बेच्ने दुवै पक्राउ

८ असार २०७६, आईतवार
ढुङ्गेल र हायू सम्मानित
समाचार

ढुङ्गेल र हायू सम्मानित

८ असार २०७६, आईतवार
सेती पाखाको स्थानीयले पठाए राहत सामग्री
समाचार

सेती पाखाको स्थानीयले पठाए राहत सामग्री

८ असार २०७६, आईतवार
मन्थलीमा लाखे नाँचसुरू
समाचार

मन्थलीमा लाखे नाँचसुरू

८ असार २०७६, आईतवार
रसुवाको बाढीमा परी रामेछापका बेपत्ता हुनेको संख्या ३२ मध्ये १ जना सम्पर्कमा ३१ जनाको अबस्था अझै अज्ञात
समाचार

रसुवाको बाढीमा परी रामेछापका बेपत्ता हुनेको संख्या ३२ मध्ये १ जना सम्पर्कमा ३१ जनाको अबस्था अझै अज्ञात

८ असार २०७६, आईतवार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero