Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

दुई विधेयक संशोधनका लागि प्रजिअ मार्फत ध्यानाकर्षण

अभियान सम्बादाता अभियान सम्बादाता
६ भाद्र २०७९, सोमबार
in आधारभूत, प्रदेश नं ३, समाचार, समाज
0
55
SHARES
Share on FacebookShare on Twitter

रामेछाप ६ भदौ । जिल्लामा कृयाशिल विभिन्न दश वटा संस्थाले सरकारले ल्याएको महत्वपुर्ण २ वटा विधेयक संसोधनका लागि प्रमुख जिल्ला अधिकारी मार्फत अनुरोध गरेका छन् । ति संस्थाहरुले प्रतिनिधि सभाबाट दुई पटक पारित गरेको नागरिकता विधेयक र सङ्क्रमणकालीन न्यायको व्यवस्थापन गर्न बनेको विधेयकको संसोधन वा खारेजी गर्न माग गर्दे प्रमुख जिल्ला अधिकारी दीपककुमार पहाडीलाई आईतबार ध्यानाकर्षण पत्र बुझाएका हुन् ।
ध्यानाकर्षण गराउने संघ संस्थाहरुमा गैरसरकारी संस्था महासंघ रामेछाप, मानवअधिकार एलाइन्स रामेछाप, प्रेस चौतारी नेपाल रामेछाप, सामुदायिक वन उपभोक्ता महासंघ रामेछाप, दलित गैरसरकारी संस्था महासंघ, भूमिअधिकार मञ्च, समता मन्च नेपाल, महिला अधिकार मञ्च रामेछाप, युवा सञ्जाल रामेछाप र इन्सेक रहेको कार्यक्रमका अगुवा रविन शैलुङ्गेले जानकारी दिएका छन् ।

प्रजिअ मार्फत पठाईएको ध्यानाकर्षण पत्रमा प्रधानमन्त्री र प्रतिनिधि सभाका सभामुखलाई उक्त दुई विधेयकको बारेमा गम्भिर हुन पनि आग्रह गरिएको छ । ध्यानाकर्षण पत्रमा राष्ट्रपति विद्यादेवी भण्डारीले विभिन्न १५ वटा सुझाव सहित संसदमा पठाएको नागरिकता विधेयक सरकारले कुनै छलफलनै नगरी राजनीतिक ढंगबाट बहुमतका आडमा पारित गर्नु गलत भएको पनि बताइएको छ । ध्यानाकर्षण पत्रमा दुवै विधेयकका बारेमा संसद्लाई पुनर्विचार गनैै पनि अनुरोध गरिएको छ ।

ध्यानाकर्षण गराउनु अघि उनिहरुले मन्थलीबजारमा प्रदर्शन पनि गरेका थिए । आफनो मुख्य ब्यानर सहित आइतबार विभिन्न १० वटा नागरिक संघ संस्थाहरूले ति दुवै विधेयक नागरिकका पक्षमा नरहेको भन्दै नागरिकता विधेयक र सङ्क्रमणकालीन न्याय सम्बन्धी विधेयकमा गरिएको व्यवस्थाले मुलुकमा न्याय मर्ने बताए । उक्त विधेयकले सशस्त्र द्धन्द्धको मारमा परि न्यायको पर्खाइमा रहेका द्धन्द्ध पीडितको मानमर्दन गर्ने, उनीहरुको न्याय प्रतिको भरोसा समाप्त हुनुको साथै व्यग्र पर्खाइको उपहास हुने पनि उनिहरुले आफनो ध्यानकर्षण पत्रमा उल्लेख गरेका छन् । त्यसैगरि पीडकहरूलाई सहज उन्मुक्ति दिनेगरी गरिएको व्यवस्थाप्रति पनि आफूहरूको ध्यानाकर्षण भएको पनि जनाईएको छ । यसले गठनबन्धनधारी बहुमतका नाममा भएको पेलानको राजनीतिले राष्ट्रप्रमुखको गरिमामा आँच पुग्ने कार्य भएको तथा आन्दोलन र बलिदानबाट स्थापित जनताको प्रतिनिधि सम्मिलित संविधानसभाबाट घोषणा भइ लागू भएको संविधानको ठाडो उल्लंघन भएको समेत ध्यानाकर्षणपत्रमा उल्लेख गरिएको छ ।

Share22Tweet14Share4

Related Posts

सुनापति र मन्थली बने उत्कृष्ठ पालिका
समाचार

सुनापति र मन्थली बने उत्कृष्ठ पालिका

६ भाद्र २०७९, सोमबार
रामेछाप न.पा.काे समीक्षा सम्पन्न
समाचार

रामेछाप न.पा.काे समीक्षा सम्पन्न

६ भाद्र २०७९, सोमबार
अबको निर्वाचन पछि प्रदेश सरकार उज्यालो पार्टिको नेतृत्वमा बन्छ –  घिसिङ
प्रदेश नं ३

अबको निर्वाचन पछि प्रदेश सरकार उज्यालो पार्टिको नेतृत्वमा बन्छ – घिसिङ

६ भाद्र २०७९, सोमबार
विआईजीकाे रक्तदान
प्रदेश नं ३

विआईजीकाे रक्तदान

६ भाद्र २०७९, सोमबार
सामजिक यथार्थमा आधारित नाटक – मिस मेनुका, (एक अनुभूति)
विचार

सामजिक यथार्थमा आधारित नाटक – मिस मेनुका, (एक अनुभूति)

६ भाद्र २०७९, सोमबार
पालिकाका असल अभ्यास शिक्षा विकास तथा समन्वय इकाइको क्यालेन्डरमा
शिक्षा

पालिकाका असल अभ्यास शिक्षा विकास तथा समन्वय इकाइको क्यालेन्डरमा

६ भाद्र २०७९, सोमबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero