Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

पारदर्शि बन्ने अभियानमा नवजागरण साकोस

नेपाल अभियान नेपाल अभियान
९ आश्विन २०७९, आईतवार
in कारोबार, समाज
0
34
SHARES
Share on FacebookShare on Twitter

रामेछाप ९असोज । नवजागरण बचत तथा ऋण सहकारी संस्थाले आफ्नौ २४ औ बसन्तसम्म आईपुग्दा सहकारी अभियानमा पारदर्शि बन्ने प्रयास गरेको छ । उसले शानिबार आफनो २४ औ साधारण सभामा प्रस्तुत वार्षिक निति, कार्यनिति र रणनिति र हालसम्म गरेको कामका आधारमा संस्थाले आफुलाई पारदर्शि संस्थाको रुपमा उभ्याउने प्रयास गरेको हो ।
साधारण सभाको उद्घाटन् मन्थली नगरपालिकाका प्रमुख लब श्रेष्ठले गर्नु भएको थियो । कार्यक्रमका अबसरमा बोल्दै प्रमुख श्रेष्ठले सहकारीको क्षेत्रमा नबजागरण साकोसको प्रशंसा गर्दै उसले आफना सबै कामहरुलाई थप अब्बल बनाउँदै अघि बढ्नका लागि पनि सुझाउनु भएको थियो । पछिल्लो समयमा नगरपालिकाले पनि सहकारीका गतिविधिलाई नजिकबाट नियालि रहेको भन्दै सबैलाई नितिविधिका आधारमा ईमान्दारिताका साथ काम गर्न सुझाए । उहाँले विधिमा नचल्ने सहकारी माथिकार्वाहि हुने बताउनु भयो ।
साधारण सभामा संस्थाका ब्यवस्थापक रमेश उदासले संस्थाको बार्षिक प्रगति प्रतिवेदन र लेखा सुपरिवेक्षण समितिका संयोजक तारानिधि सुवेदीले लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन प्रस्तुतगर्नू भएको थियो ।

कार्यक्रममा कोषाध्यक्ष नारायण बहादुर कार्किले संस्थाले गतआबमा सबै खर्च कटाएर खुद मुनाफा एक करोड ३२ लाख ३४ हजार ६९ रुपैयाँ खुद मुनाफा कमाउन सफल भएको जानकारी गराउनुभएको थियो । सहकारीले १५ लाख ७२ हजार ३ सय ३८ रुपैयाँ २५ पैसा र ९ लाख १८ हजार ७५ रुपैयाँ आयकर कटाएर उक्त मुनाफा कमाएको हो । प्रतिवेदनमा संस्थाको शेयर रकम मात्र ४ करोड ५५ लाख ९९ हजार ५सय पुगेको पनि प्रतिबेदनमा उल्लेख गरिएको छ । त्यस्तै बचत तर्फ ३९ करोड ९९ लाख ७ हजार ९२ रुपैयाँ ५७ पैसा पुगेको जानकारी पनि सो अबसरमा गराईएको थियो ।
त्यसैगरि संस्थका सचिव सोमेश थापाले संस्थाको तर्फबाट साँगठनिक प्रतिबेदन प्रस्तुत गर्नु हुँदै संस्थाले आफनो नितिविधि र पद्धतिलाई अनुसरण गरेकै आधारमा अब्बलता हासिल गर्न सफल भएको भन्दै यसकालागि संचालक समिति र कर्मचारीको टीमलाई धन्यवाद पनि दिनु भएको थियो । उहाँले आर्थिक वर्ष ०७८÷०७९ मा सदस्यहरुलाई ३९ करोड १४ लाख १२ रुपैँया ऋण लगानी गरेको जानकारी पनि गराउनु भएको थियो । सचिव थापाले संस्थागत विकासका क्षेत्रमा जिल्लामा अग्रणी भूमिका निर्वाह गर्दै आएको आफनो संस्थाले आर्थिक वर्ष २०७९÷०८० मा ७ हजार ७ सय ७० जना शेयर सदस्यबाट बढाएर १० हजार पुर्याउने लक्ष्य लिएको जानकारी पनि दिनु भयो । सचिब थापाले हाल सम्म संस्थाको चुक्ता शेयर पूँजी ६ करोड ४३ लाख ५० हजार रुपैयाँ, बाट बढाएर ५२ करोड ४१ लाख बचत रकम पुर्याउने र ५१ करोड ४८ लाख रुपैयाँ ऋण लगानीगर्ने लक्ष्यलिएको जानकारी पनि गराउनु भयो ।
संस्थाले साधारण सभाको अवसरमा असल शेयर सदस्य ३० जना, र ३६ जना सदस्यका छोरा छोरीलाई शैक्षिक सामाग्री प्रदानगर्नुका साथै ४ जनावृद्ध वृद्धालाई सम्मान समेत गरेको थियो ।
२४ बर्ष अघि स्थापना भएको उक्त सहकारी संस्थाले हाल मन्थलीमा रहेको आफ्नै सुविधा सम्पन्न भवनमा कार्यालय राखि ७ हजार ७ सय ७० जना शेयर सदस्यमार्फत बचत तथा ऋणको कारोवार गर्दै आएको छ । संस्थाको मन्थली नगरपालिका, लिखु तामाकोशी गाउंपालिका ,रामेछाप नगरपालिका र खाडादेवि गाउंपालिका कार्यक्षेत्र रहेको छ । संस्थाले यसै बर्ष देखि लिखु तामाकोशीको धोवि बजारमा सेवा केन्द्र संचालनमा ल्याएको छ भने जिल्लामानै पहिलो सहकारी एटिएम मेसिन राखेर सदस्यलाई नया ँतरिकारले सेवा दिदै आएको छ ।
संस्थाका अध्यक्ष श्याम थापाको अध्यक्षतामा भएको उक्त कार्यक्रममा जिल्ला सहकारी संघका अध्यक्ष हिमाल ढुंगेल, जिल्ला बचत तथा ऋण सहकारी संघका अध्यक्ष जेएन दाहाल नेपाल पत्रकार महासंघका जिल्ला अध्यक्ष बद्री नयाँघरे लगाएतका बक्ताहरुले संस्थाले जिल्लाको सहकारी आन्दोलनमा खेलेको भूमिकाका बारेमा चर्चा गर्नु भएको थियो । उहाँहरुले नबजागरणले सहकारीको क्षेत्रमा गरेको काम र सुधार गर्नु पर्ने सवालका बारेमा सुझाउनु भएको थियो ।

Share14Tweet9Share2

Related Posts

मन्थली नगरपालिका सहित ६ वटा पालिकामा सर्बसम्बत नेतृत्व चयन,२ पालिका अझै बाँकी
समाचार

मन्थली नगरपालिका सहित ६ वटा पालिकामा सर्बसम्बत नेतृत्व चयन,२ पालिका अझै बाँकी

९ आश्विन २०७९, आईतवार
चोरीको सुन किन्ने बेच्ने दुवै पक्राउ
समाचार

चोरीको सुन किन्ने बेच्ने दुवै पक्राउ

९ आश्विन २०७९, आईतवार
ढुङ्गेल र हायू सम्मानित
समाचार

ढुङ्गेल र हायू सम्मानित

९ आश्विन २०७९, आईतवार
सेती पाखाको स्थानीयले पठाए राहत सामग्री
समाचार

सेती पाखाको स्थानीयले पठाए राहत सामग्री

९ आश्विन २०७९, आईतवार
मन्थलीमा लाखे नाँचसुरू
समाचार

मन्थलीमा लाखे नाँचसुरू

९ आश्विन २०७९, आईतवार
रसुवाको बाढीमा परी रामेछापका बेपत्ता हुनेको संख्या ३२ मध्ये १ जना सम्पर्कमा ३१ जनाको अबस्था अझै अज्ञात
समाचार

रसुवाको बाढीमा परी रामेछापका बेपत्ता हुनेको संख्या ३२ मध्ये १ जना सम्पर्कमा ३१ जनाको अबस्था अझै अज्ञात

९ आश्विन २०७९, आईतवार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero