Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

चुनावी अभियानबाट घिसिङ उत्साहित, उहाँ भन्नुहुन्छ– “म निर्वाचन सहजै जित्छु”

नेपाल अभियान नेपाल अभियान
२३ कार्तिक २०७९, बुधबार
in देश, प्रदेश नं ३, राजनीति, समाचार, समाज
0
13
SHARES
Share on FacebookShare on Twitter

रामेछाप ,२३ कार्तिक । नेकपा एमाले रामेछाप प्रदेश सभा (ख) का प्रत्यक्ष तर्फका उम्मेद्वार मिलनकुमार घिसिङले निर्वाचन अभियानका कार्यक्रमबाट आफू उत्साहित भएको बताउनु भएको छ ।
प्रदेश सभा (ख) अन्र्तगत मन्थली नगरपालिका,दोरम्बा गाउँपालिका लगायत अन्य पालिकाका विभिन्न वस्तिमा निर्वाचन प्रचार ,प्रसार एवं मतदाता भेटघाट कार्यक्रम अभियान सकेर सोमबारबाट खाँडादेवी गाउँपालिकाका विभिन्न कार्यक्रममा सरिक हुनु भएका एमालेका उमेद्वार मिलनकुमार घिसिङले निर्वाचन अभियानका क्रममा सो धारणा ब्यक्त गर्नु भएको हो ।
लामो समय देखि जिल्लामा रहेर गैर सरकारी संस्था मार्फत समाज सेवामा कृयाशिल हुनु भएका घिसिङले चुनावी अभियानमा मतदाताहरु बाट पाएको मायाँ र उहाँहरु सँगको विश्वास अनि सम्बन्ध र एमाले पार्टिको संगठन पनि आफुले निर्वाचन जित्ने आधार भएको दावी गर्नु भयो ।

आफुले सानै देखि विपन्न नागरिकको दुख सँग साक्षात्कार र उनीहरुको दुखमा पनि सँगै काम गरेका कारण पनि मतदाताहरुबाट पाएको मायाँ र आश्वासनले आफुलाई भरपुर सन्तुष्टि मिलेको बताउनु भयो ।
मैले नागरिकको दःुख के हो ? समस्या के हा े? भन्ने पनि राम्ररी बुझेको छु ,मलाई मेरो प्रदेशको सबै भुगोलको बारेमा पनि राम्रो संग ज्ञान छ । सामाजिक अभियानको क्रममा पनि आफु अधिकांस वस्तिका घर–घरमा पुगेर उहाँहरुको दुःख सुःखको साथी बन्ने अवसर प्राप्त भएकोले कुन वस्तिमा कस्तो समस्या छ ? भन्ने आफुले राम्ररी बुझेकोले पनि म सँग कसैको पनि प्रतस्पर्धा छैन भन्ने मेरो दावी हो ।
गैससमा कृयासिल रहदा बिपन्नलाई कसरी सम्बृद्ध र सम्पन्न बनाउन सकिन्छ भन्ने कुरामा तल्लिन घिसिङले आफ्नो प्रदेश बाहेक जिल्लाका सबै जसो भागमा पुगेर शिक्षा, स्वास्थ्यको विकास अनि विपन्नको आर्थिक सुधारको क्षेत्र र संकटमा परेका नागरिक सँग घरमानै पुगेर प्रत्यक्ष रुपमा साक्षात्कार गरी सेवा गर्ने अवसर पाएकोले पनि आफ्ना लागि चुनाव सहज हुने बताउनु भयो ।
त्यसैगरी सामाजिक विकासको क्षेत्रमा दर्जनौ काम गरी जिल्लाको युवाहरुको स्वरोजगारीमा पनि सहयोग पुर्याउँने जस्ता काम गरेर ब्यवहारमानै प्रमाणित गराई सकेकोले आफुलाई निर्वाचन जित्न सहज हुने उहाँको दावी छ ।
त्यस बाहेक आफनो प्रतिस्पर्धि गठबन्धनका उमेद्धवार जिल्लाको राजनितिक तथा सामाजिक क्षेत्रमा विशुद्ध नयाँ नाम र अनुहार भएकोले पनि आफु सँगै आप्mनो पार्टिका तर्फबाट प्रतिनिधि सभाका सदस्यका उमेद्वार कैलाश ढुंगेलले समेत निर्वाचन जित्ने ठोकुवा गर्नु भयो । एमाले सरकारमा रहदा जिल्लाको विकासमा उल्लेख्य रुपमा काम भएको फेहरस्ति पेश गर्दे आफु र आफ्नो पार्टिले विगतमा गरेको कामका आधारमा एमालेको जितमा कसैलाई शंका नर्गन पनि आग्रह गर्नु भयो ।
आफू यस अघिनै गाउँको समस्या, समाधानको उपाय र तिनको समाधानका बारेमा पनि राम्रो जानकार रहेकोले शिक्षा,स्वास्थ्य र प्रदेशका अन्य विकास अनि खानेपानी र विपन्नता भएका हरुको आर्थिक उपार्जन र रोजगारीका लागि योजनाबद्ध तरिकाले काम गर्न सकिने पनि उहाँले बताउनु भयो ।
उहाले भन्नुभयो – “म संग मेरो प्रदेशको समाग्र विकासको मार्ग चित्र रहेकोले निर्वाचन पछि पनि सोहि आधारमा काम गर्नुको साथै संसदमा पुगेर नीतिगत सुधारका पक्षमा पनि आफुले आवाज बुलन्द पार्छु ।” आफुले लामो समय देखि जिल्लामा रहेर जनताको घर देलोमा पुगेर गरेको काम र सो क्रममा कसैलाई पनि लाखापाखा र विभदे नगरेको कारण पनि आफ्ना लागि जित सहज हुने उहाँको ठहर छ ।
पार्टीको प्रदेश सभा (ख) निर्वाचन परिचालन कमिटीको आयोजनामा भएका सबै कार्यक्रमहरुमा सो प्रदेशका प्रत्यक्ष तर्फका उम्मेदवार मिलनकुमार घिसिङ र समानुपातिक उम्मेदवार मायाकुमारी कार्की, एमाले बागमती प्रदेश कमिटी सदस्य प्रेमबहादुर खड्का, पार्टी जिल्ला उपाध्यक्ष इन्द्रबहादुर तामाङ, सचिव पुरुषोत्तम कडरिया लगायतका नेताहरुले विगतमा एमाले सत्तामा रहदा गरेको कामका आधारमा रामेछापका सबै सिटमा एमालेका उमेद्वार हरुले जित्ने दावी गनु भएको थियो । निर्वाचन अभियानमा पुगेका सबै उमेद्वार हरुलाई स्थानीयहरुले फुल माला र खदा लगाएर स्वागत गर्दै जितको शुभकामाना दिएका थिए ।

Share5Tweet3Share1

Related Posts

ढुङ्गेल र हायू सम्मानित
समाचार

ढुङ्गेल र हायू सम्मानित

२३ कार्तिक २०७९, बुधबार
नेपाल प्रेस युनियनमा कुमार
राजनीति

नेपाल प्रेस युनियनमा कुमार

२३ कार्तिक २०७९, बुधबार
सेती पाखाको स्थानीयले पठाए राहत सामग्री
समाचार

सेती पाखाको स्थानीयले पठाए राहत सामग्री

२३ कार्तिक २०७९, बुधबार
मन्थलीमा लाखे नाँचसुरू
समाचार

मन्थलीमा लाखे नाँचसुरू

२३ कार्तिक २०७९, बुधबार
रसुवाको बाढीमा परी रामेछापका बेपत्ता हुनेको संख्या ३२ मध्ये १ जना सम्पर्कमा ३१ जनाको अबस्था अझै अज्ञात
समाचार

रसुवाको बाढीमा परी रामेछापका बेपत्ता हुनेको संख्या ३२ मध्ये १ जना सम्पर्कमा ३१ जनाको अबस्था अझै अज्ञात

२३ कार्तिक २०७९, बुधबार
रसुवाको बाढीमा परी रामेछापका बेपत्ता २६ मध्ये १ जनाको उद्धार २५ अझै सम्पर्क विहीन
समाचार

रसुवाको बाढीमा परी रामेछापका बेपत्ता २६ मध्ये १ जनाको उद्धार २५ अझै सम्पर्क विहीन

२३ कार्तिक २०७९, बुधबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero