Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

हावा हुरीले गेलुको नाटिलामा करोडौको क्षति

नेपाल अभियान नेपाल अभियान
२० चैत्र २०७८, आईतवार
in कारोबार, कुराकानी, समाचार
0
206
SHARES
Share on FacebookShare on Twitter

रामेछाप ,२० चैत । छोटो समय आएको हावा हुरिले मन्थली नगरपालिका वडा नं –११ को नाटिलामा करोडौंको धनमाल क्षति भएको छ । शनिवार साँझ आएको हावा,हुरी र वर्षादले नाटिला गाउँ मा कराडौको धनमाल सखाप भएको हो । हावा हुरी र पानीले सर्वसाधारणको घरको छानो उडाउनका साथै घरमा समेत क्षति पुगेपछि पीडितहरुको बासनै उठेको छ । रुखहरु ढालेर पुरै गाउँ नै तहसनहस बनाएको छ भने सो घटनामा एक जना घाइते भएका छन् ।
घाइते ६५ बर्षिय बोध कुमारी बोहोरालाई शनिबार राती नै उपचारको लागि मन्थली ल्याइएको थियो । हावा हुरीले २५ वटा भन्दा बढी घरको पुरै छाना उडाएको छ भने १ सय ५० भन्दा बढी घरको छाना पनि आंशिक रुपमा उडाएको छ । जसका कारण घरमा क्षती पुगेको छ भने हावा हुरी संगै आएको पानीले घरमा भएको धान,मकै,कोदो,गाहुँ लगाएत अन्न बाली सबै भिजेको छ । साथै हुरीले ३ वटा पसलको छाना उडाउदा पसलमा रहेको समान भिजेर नस्ट भएको छ । हावा हुरी संगै आएको पानीले ४ सय बर्ष भन्दा पुराना वर,पिपल चिलाउने,फडिल र साल प्रजातिका रुखहरु समेत उखलिएका छन् । गाउँमा रहेका अधिकाँस रुख बिरुवाहरुको हागाँ भाचिएको छ । ।
पिडित परिवारलाई स्थानीयले रातिनै उद्धार गरेका थिए । त्यसैगरी हावा हुरी पिडितहरुका लागि जिल्ला प्रहरी कार्यालयले पनि काम गरेको प्रह नायव उपरिक्षक राजकुमार थिडले बताए । त्यो संगै आईतबार विहान रेडक्रसका मन्त्री जयप्रकास श्रेष्ठको नेतृत्वमा गएको रेडक्रसको टिमले पिडितको घर घरमा पुगेर त्रिपाल वितरण गरेको थियो ।
विहान देखि घटना स्थलमा पुगेको प्रशासन कार्यालय रामेछाप जिल्ला प्रहरी कार्यालय,
र सशस्त्र प्रहरी बल रामेछापको टोलीले पीडितहरुको उद्दार गर्नको साथै घर घरमा गएर घट्नाको बिबरण संकलन गरिरहेको र ठुलो संख्यामा क्षति पुगेकोले पुर्ण विवरण आउन अरु केहि दिन लाग्ने प्रहरीले जनाएको छ ।
त्यसैगरी मन्थली नगरपालिका–११ का वडा अध्यक्ष भिम बहादुर थापामगरले तत्कालको समस्या समाधानको लागि जिल्ला रेडक्रस सोसाइटी मार्फत त्रिपाल बितरण गरिएको भए पनि पीडितहरुका लागि उक्त राहत कम हुने भन्दै त्यसका लागि थप राहतको लागि नगरपालिका, प्रदेश सरकार र संघिय सरकार सम्म पुगेर अनुरोध गर्ने आश्वासन पनि दिए । उनले भने मेरो वडाका नागरिकको रक्षा गर्नु मेरो कर्तब्य पनि हो ।

Share82Tweet52Share14

Related Posts

पुष्पलाल स्मृति पत्रकारीता पुरस्कार पौडेललाई
समाचार

पुष्पलाल स्मृति पत्रकारीता पुरस्कार पौडेललाई

२० चैत्र २०७८, आईतवार
बृक्षरोण र जरा अभियान समापन कार्यक्रम गरी वि.पी. स्मृति दिवस मनाइयो
समाचार

बृक्षरोण र जरा अभियान समापन कार्यक्रम गरी वि.पी. स्मृति दिवस मनाइयो

२० चैत्र २०७८, आईतवार
रामेछाप न.पा.काे खर्च ६८.७ प्रतिशत मात्र
विविध

रामेछाप न.पा.काे खर्च ६८.७ प्रतिशत मात्र

२० चैत्र २०७८, आईतवार
राष्ट्रिय लाेक तथा दाेहाेरी गीत प्रतिष्ठान रामेछापमा कल्पना सुनुवार
समाचार

राष्ट्रिय लाेक तथा दाेहाेरी गीत प्रतिष्ठान रामेछापमा कल्पना सुनुवार

२० चैत्र २०७८, आईतवार
अग्रजको विदाईमा सहकर्मिको आईरो
देश

अग्रजको विदाईमा सहकर्मिको आईरो

२० चैत्र २०७८, आईतवार
हात्तिटारमा अविभावक शिक्षा कार्यक्रम
देश

हात्तिटारमा अविभावक शिक्षा कार्यक्रम

२० चैत्र २०७८, आईतवार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero