Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

सुनकोशी ३ मा लागानी गर्न बंगालादेश सकरात्मक ः राजदूत चौधरी

नेपाल अभियान नेपाल अभियान
२९ असार २०७९, बुधबार
in आधारभूत, देश, पर्यटन, पुर्वाधार, प्रदेश नं ३, विविध, समाचार, समाज
0
128
SHARES
Share on FacebookShare on Twitter


रामेछाप — नेपालका लागि बंगलादेशका राजदूत सलाउद्धित नोमन चौधरीले खाडादेवी गाउँपालिका वडा न.१ राकाथुमको लुबुघाटमा पर्ने ६सय ८३ मेगावाट बंगलादेश क्षमताको सुनकोशी–३ जलाशययुक्त जलबिद्युत आयोजना संचालनका लागि बंगलादेश सकरात्म्क रहेको बताएका छन् । सो कुरा उनले आयोजनाको स्थलगत निरीक्षण भ्रमणका क्रममा बताएका हुन् ।
नेपाल विद्युत प्राधिकरण कार्यकारी निर्देशक श्री कुलनाम घिसिङ, उर्जा मन्त्रालयका अधिकारीहरुका साथमा बुधबार लुभुघाट आईपगेका चौधरीले आयोजनाको बाँध, उत्पादनगृह रहने स्थान र प्रभावित क्षेत्रको समेत अवलोकन गरेपछि उक्त धारणा सार्वजनिक गरेका हुन् ।
स्थलगत अनुगमन र निरिक्षण पस्चात आयोजित कार्यक्रममा नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले सुनकोसी ३ जलासययुक्त आयोजनाको काम अगाडी बढाउन बंगलादेश सरकार सँग पटक पटक कुरा भइसकेको र कुरा सकरात्म्क रुपमा अघि बढेको पनि बताए । उक्त प्रयोजनका लागि बंगलादेशबाट केही समयमै प्राविधिक टोली आयोजना स्थलमा आउन लागेको जानकारी पनि कुलमानले दिए ।
उनले नेपालको विद्युत्को ठूलो बजार रहेका कारण नेपाल तथा बंगलादेशको अलावा भारत समेतको सह आयोजनामा मिलेर लगानी गर्न कुरामा बार्ता भइरहेको भन्दै आयोजनलाई गति दिने काममा आफु तल्लीन भएर लागेको पनि सो अबसरमा बताए । घिसिङले ठूला जलासययुक्त जलविद्युत् आयोजना निर्माण गर्दा विद्युत्सँगै पर्यटनको विकास हुने भएकाले पनि सुनकोसी ३ जस्ता आयोजना चाडो निर्माण गर्नुपर्नेमा जोड दिए ।
कार्यक्रममा विद्युत विकास विभागका महानिर्देशक संजीव देवले सुनकोसी ३ जलविद्युत् आयोजनाको अध्ययनको काम विभागले अन्तिम चरणमा पु¥याएको जानकारी पनि गराए । सन् १९८५ मा जापानले प्रारम्भिक अध्ययन गरेको उक्त आयोजनाको २०७४ सालदेखि विद्युत विकास विभागले अध्ययन थालेको थियो ।
कुल ६ सय ८३ मेघावाट विद्युत उत्पादन हुने उक्त आयोजनाको बाँध रामेछाप र काभ्रेको सिमा लुभुघाटमा निर्माण हुने जानकारी पनि सो अबसरमा गराईएको थियो । सुनकोसी नदीमा १सय ६० मिटर चौडा र १ सय ८० मिटर उचाईको बाँध निर्माण गरी २ वटा सुरुङबाट करिव ४ सय मिटर टाढा काभ्रे जिल्लाको तेमाल गाउँपालिकामा पर्ने तित्रेटारमा निर्माण हुने उत्पादन गृहमा खसाल्ने योजना रहेको छ । उत्पादित विद्युत २५ किलोमिटर लामो प्रशारण लाईनबाट सुनकोसी मरिण डाईभर्सन आयोजनाको विद्युत गृह नजिक निर्माण हुने सवस्टेशनसम्म पु¥याइ केन्द्रीय प्रशारण लाइनमा जोडिने लक्ष्य रहेको जानकारी पनि महानिर्देशक देवले गराए ।
लुभुमा आयोजित कार्यक्रममा प्रभावित क्षेत्र सुनापति गाउँपालिकाका अध्यक्ष ठुलोकान्छा तामाङ, नेपाली कांग्रेसका नेता रामचन्द्र खड्का, नेकपा एमालेका भुवन विक्रम घिमिरे, माओवादी केन्द्रका पोलिटव्यूरो सदस्य लिला चौलागाई र सुनापति गाउँपालिकाकी उपाध्यक्ष गीता विष्टले सुनकोसी ३ जलासययुक्त आयोजना काम जति सक्दो चाडो संचालन गर्नु पर्ने कुरामा जोड दिएका थिए ।
जलासयको स्थलगत निरिक्षण पछि कुलमानले सुनापति गाउँपालीकामा संचालन हुन लागेको नेपाल विद्युत प्राधिकरणको कार्यालयको समेत उद्घाटन पनि गरेका थिए । सो अबसरमा कार्यकारी निर्देशक कुलमान घिसिङलाई उनले पढेको मावि डहुले स्वागत तथा सम्मान कार्यक्रमको आयोजना पनि गरेको जनाकारी सुनापति गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत कमल श्रेष्ठले जानकारी दिए ।

Share51Tweet32Share9

Related Posts

पुष्पलाल स्मृति पत्रकारीता पुरस्कार पौडेललाई
समाचार

पुष्पलाल स्मृति पत्रकारीता पुरस्कार पौडेललाई

२९ असार २०७९, बुधबार
बृक्षरोण र जरा अभियान समापन कार्यक्रम गरी वि.पी. स्मृति दिवस मनाइयो
समाचार

बृक्षरोण र जरा अभियान समापन कार्यक्रम गरी वि.पी. स्मृति दिवस मनाइयो

२९ असार २०७९, बुधबार
रामेछाप न.पा.काे खर्च ६८.७ प्रतिशत मात्र
विविध

रामेछाप न.पा.काे खर्च ६८.७ प्रतिशत मात्र

२९ असार २०७९, बुधबार
राष्ट्रिय लाेक तथा दाेहाेरी गीत प्रतिष्ठान रामेछापमा कल्पना सुनुवार
समाचार

राष्ट्रिय लाेक तथा दाेहाेरी गीत प्रतिष्ठान रामेछापमा कल्पना सुनुवार

२९ असार २०७९, बुधबार
चालु आवमा’ मन्थली नगरको प्रगती ८५.०४ प्रतिशत
विविध

चालु आवमा’ मन्थली नगरको प्रगती ८५.०४ प्रतिशत

२९ असार २०७९, बुधबार
अग्रजको विदाईमा सहकर्मिको आईरो
देश

अग्रजको विदाईमा सहकर्मिको आईरो

२९ असार २०७९, बुधबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero