Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

कृषि ज्ञान केन्द्रको कार्यक्रममा सरकार प्रमुखकै बेवास्ता

नेपाल अभियान नेपाल अभियान
१२ आश्विन २०७९, बुधबार
in आधारभूत, कृषि, प्रदेश नं ३, समाचार, समाज
0
52
SHARES
Share on FacebookShare on Twitter


रामेछाप १२ असोज । मन्थलीलाई मुकाम बनाएर रामेछाप र दोलखा जिल्लाको कृषिको विकासमा काम गर्दे आएको कृषि ज्ञान केन्द्र रामेछापले आमन्त्रण गरेको कार्यक्रममा पालिकाका प्रमुख हरुले बेवास्ता गरेका छन् । मंगलबार कार्यालयले आफनो कार्यालयमा जिसस प्रमुख र सबै पालिकाका प्रमुख समेतलाई आमन्त्रण गरेको भएपनि उक्त कार्यक्रममा रामेछाप नगरपालीकाका प्रमुख लबश्री न्यौपाने बाहेक अन्य पालिकाका प्रमुख हरुले बेवास्ता गरेका हुन् ।
गत वर्ष कार्यालयले गरेका कामको विबरण सार्वजनिक गर्नूृका साथै चालु आर्थिक वर्षमा संचालन हुन लागेको कार्यक्रमको बारेमा जानकारी गराउनका लागि कार्यालयले अन्तरक्रियात्मक सार्वजनिक सुनुवाइ कार्यक्रम आयोजना गरेको थियो ।
कार्यक्रममा जिल्ला समन्वय समितिका उप प्रमुख प्रेम थापा,मन्थली नगरपालीकाकी उप प्रमुख ईश्वरी बस्नेत,खाँडादेवी गाउँपालिकाकी प्रमुख रमा घिसिङ्ग सहभागि हुन भएको थियो । त्यसै गरि दोरम्बा गाउँपालिका बाट एक जना वडा अध्यक्ष र लिखु गाउँपालिकाबाट एक जना वडा सदस्य मात्र सहभागि हुनु भएको थियो ।
त्यसैगरि सुनापति र गोकुलगंगाबाट एक एक जना कर्मचारी मात्र प्रतिनिधिका रुपमा सहभागि भएका भएपनि उमाकुण्ड गाउँपालिका प्रतिनिधि बिहिन भएको थियो ।

    ज्ञान केन्द्रले कृषि क्षेत्रमा गर्ने करोडौका कार्यक्रम, तिनको अबस्था, अनुगमन प्रभाबकारीताका बारेमा दोहोरो संम्बाद गरि भावि दिनमा त्यसको सुधारको पक्षमा जानकारी लिनु र दिनु पर्ने कृषि सम्बन्धि महत्वपुर्ण कार्यक्रममा प्रमुख हरुनै उपस्थिति नहुनुलाई उहाँहरुले कृषिको विकास र सुधारमा चासो नदिनुलाई सहभागि संचार कर्मिहरुले दुर्भाग्यपुर्ण भनेको थिए । 

कायालयले भने दुवै जिल्लामा फरक फरक कार्यक्रम गर्नु पर्ने भएकोले पहिलो पटक मन्थलीमा र दोस्रो कार्यक्रम दोलखाका प्रमुखहरुलाई समेतर राखेर गर्नै कार्यक्रम तय भएको जानकारी गराएको छ ।
ज्ञान केन्द्रकी प्रमुख निर्मला गुरुङले ज्ञान केन्द्रको सभा हलमा विभिन्न सरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधि, अगुवा किसान र पत्रकारको उपस्थितिमा चालु वर्षको लागि केही नयाँ र केही पुराना कार्यक्रमलाई समेतलाई निरन्तर दिएर कार्यक्रमको बारेमा जानकारी गराउनु भएको थियो ।
आठ वटा स्थानीय तह रहेको रामेछाप जिल्लासहित दोलखा जिल्लाका समेत सबै स्थानीय तहलाई समेत समेटेर कार्य क्षेत्र निर्माण गरेको र सोहि आधारमा ज्ञान केन्द्र रामेछापले चालु आ.व.मा कूल १६ करोड बजेटको विवरण पनि सार्वजनिक गरेको थियो । पालिकाको बजेटको तुलनमा ज्ञान केन्द्रको ‘यो बजेट अतिनै कम बजेट हो । तै पनि समन्वय गरेर काम गर्न सके कृषिमा हामीले खर्च गर्नै बजेटले पनि निकै ठुलो महत्व राख्ने भएको र सोका सार्वजनिककरणका लागि कार्यक्रमको आयोजना गरिएिको बताउनु भयो ।
एउटा स्थानीय तहले कृषिमा डेढ करोड् बराबर बजेट छुट्ट्याउने तर, ज्ञान केन्द्रलाई माथिबाट यती थोरै बजेट आउँनु कुषक हरुको हितमा राम्रो कुरो नभए भन्दै प्रमुख गुरुडले कार्यालयलाई चाहेर पनि काम गर्न समस्या भएको बताउनु भयो ।

ज्ञान केन्द्रले दुई जिल्लाका लागि १७ वटा पालिकामा कामा गर्दे आएको जानकारी गराउँदै प्रमुख गुरुङले कमसेकम एउटा स्थानीय तहमा एक–एक करोड सम्म पनि बजेट दिन नसक्नु भनेको दुखद कुरा भएको पनि जानकारी गराउने भयो ।
कूल १६ करोड २ लाख बजेटमा ११ करोड ६४ लाख ५३ हजार प्रादेशिक कृषि, पुँजीगत २७ लाख, चालु ११ करोड ३७ लाख ५३ हजार, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना तर्फ ८९ लाख २५ हजार, कृषि विभाग (संघ–सशर्त अनुदान) ३ करोड ४७ लाख १० हजार र कृषि विकास रणनीति अनुसार तथा समन्वय तर्फ २ लाख बजेट विनियोजन गरेको प्रमुख गुरुङले जानकारी गराउनु भयो ।

प्रमुख गुरुङले कृषि क्षेत्रमा निरन्तर काम गर्ने किसानलाई राज्यको तर्फबाट राम्रो सेवा, सुविधा प्रदान गरेको दाबी गर्दै अनुदानमा कृषि सामाग्री, विषादी, औषधि, औजार–उपकरण, प्राविधिक, सिप, तालिम लगायतका काम गरिरहेको जानकारी पनि दिनु भयो ।
कार्यक्रमका प्रमुख अतिथि रामेछाप नगरपालिकाका प्रमुख लबश्री न्यौपानेले जिल्लाका आठ स्थानीय तहमा उत्पादन भएको कृषि उपजलाई अन्तर पालिका स्तरमा समन्वय गरि खपतको ब्यवस्था मिलाउन सके बाह्य जिल्लाबाट आउने आयतमा गिरावट आउने बताउनु भयो । उत्पादित सामाग्रिलाई परल मुल्यमा आबस्यक्ताको आधारमा बेच विखनको बेवस्था मिलाउने हो भने त्यसबाट वाहिर जिल्लामा जाने पैसा पनि रोकिन सक्ने धारणा पनि राख्नु भयो । उमाकुण्ड र दोरम्बा शैलुङ्मा उत्पादित आलुलाई अन्य स्थानीय तहमा पु¥याउने र रामेछापमा उत्पादित, फलफूल, मासु, तरकारीलाई उमाकुण्ड, लिखु तामाकोशी, गोकुलगंगा, खाँडादेवी, मन्थली सम्म पु¥याएर उनु पर्छ बाहिरको आयातलाई प्रतिस्थापन गर्न सहज हुने पनि न्यौपानेले सुझाब दिनु भयो ।

Share21Tweet13Share4

Related Posts

चिसापनिमा  योग साधना केन्द्र सँचालन पछि स्थानियहरु उत्साहित
समाचार

चिसापनिमा योग साधना केन्द्र सँचालन पछि स्थानियहरु उत्साहित

१२ आश्विन २०७९, बुधबार
मन्थली नगर पूर्ण खोप सुनिश्चितता दीगोपाना पालिका घोषणा
समाचार

मन्थली नगर पूर्ण खोप सुनिश्चितता दीगोपाना पालिका घोषणा

१२ आश्विन २०७९, बुधबार
रामेछापका पत्रकारहरू आन्दाेलित
समाचार

रामेछापका पत्रकारहरू आन्दाेलित

१२ आश्विन २०७९, बुधबार
ब्रम्हाकुमारी राजयोग मन्थली द्वारा सर्बोच्च शिखर सगरमाथाको आरोहण गर्ने रामेछापका युवालाई सम्मान
समाचार

ब्रम्हाकुमारी राजयोग मन्थली द्वारा सर्बोच्च शिखर सगरमाथाको आरोहण गर्ने रामेछापका युवालाई सम्मान

१२ आश्विन २०७९, बुधबार
रामेछापका पत्रकारहरूद्वारा जिल्ला प्रशासन कार्यालयमा धर्ना
समाचार

रामेछापका पत्रकारहरूद्वारा जिल्ला प्रशासन कार्यालयमा धर्ना

१२ आश्विन २०७९, बुधबार
साहारा साकोशद्धारा सगरमाथा आरोही श्रेष्ठ सम्मानित
प्रदेश नं ३

साहारा साकोशद्धारा सगरमाथा आरोही श्रेष्ठ सम्मानित

१२ आश्विन २०७९, बुधबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.