Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

निलगंगा हाइड्रपावरको सार्वजनिक सुनुवाई स्थानियद्धारा बहिस्कार

superadmin superadmin
२१ पुष २०७९, बिहीबार
in आधारभूत, देश, पुर्वाधार, प्रदेश नं ३, विविध, समाचार, समाज
0
43
SHARES
Share on FacebookShare on Twitter


रामेछाप २१ पुष –खिम्तीखोलामा निर्माणाधिन खिम्ती–घ्वाङ खोला साना जलविद्युत आयोजनाको सार्वजनिक सुनुवाई कार्यक्रम स्थानीयले बहिस्कार गरेका छन् । बुधबार रामेछाप जिल्लाको गोकुलगंगा गाउँपालिका वडा नम्बर १ र दोलखाको जिरी नगरपालिका १, २ का वडा अध्यक्ष सहितका स्थानिय नागरिकहरु समेतका लागि संचालन गरिएको सार्वजनिक सुनुवाई कार्यक्रम स्थानिय हरुले बहिश्कार गरेका हुन् ।
गोकुलगंगा गापा १ को चुचुरेमा बुधबार आयोजना गरेको खिम्ती–घ्वाङ खोला साना जलविद्युत आयोजनाको ३३ केभी विद्युत प्रसारण लाइन आयोजना मस्यौदाको संक्षिप्त वातावरणीय अध्ययन प्रतिवेदनको सार्वजनिक सुनुवाइ कार्यक्रममा प्रभावित क्षेत्रका स्थानीयलाई सूचना नगरिएको भन्दै उनिहरुले सार्वजनिक सुनुवाई कार्यक्रम बहिस्कार गरेका हुन् ।

नियमानुसार सार्वजनिक सुनुवाइको लागि कम्तिमा पनि हप्ता दिन अगाडि जानकारी गराउनु पर्ने भएपनि निलगंगा हाइड्रपावर कम्पनीले एक दिन अगाडि मात्रै केही स्थानमा सूचना टाँस गरी सार्वजनिक सुनुवाई कार्यक्रमलाई टालटुल गर्ने प्रयास गरेको थियो । उसले स्थानीयहरुको आँखामा छारो हाल्ने उदेश्यका साथ सार्वजनिक सुनुवाई कार्यक्रम गर्न लागेपछि सहभागि वडा अध्यक्ष लगायतका सरोकारवालाहरुले कार्यक्रम नै बहिस्कार गरेको गोकुलगंगा– १ चुचुरेका टिका कार्कीले जानकारी दिए ।

‘निलगंगा हाइड्रपावर कम्पनीको जिम्मेवार व्यक्तिको अध्यक्षमा कार्यक्रम हुनु पर्ने भएपनि नियम विपरित गोकुलगंगा–१ का वडाध्यक्षको अध्यक्षतामा कार्यक्रम गरेर सबै स्थानीयलाई झुक्याउन खोजेपछि हामीले कार्यक्रम बहिस्कार गर्नु परेको कार्कीले बताउनु भयो । त्यस बाहेका कार्यक्रममा प्रभावित क्षेत्रका २५ प्रतिशत भन्दा कम स्थानीयको उपस्थिति थियो । कार्यक्रममा स्थानीय नागरिकका विरुद्धमा रहेका र हाइड्रको पक्षमा रहेका मान्छेहरुको बढी उपस्थिति थियो ।
त्यसैले गोकुलगंगा गाउँपालिका वडा नं १ का वडाध्यक्ष छत्रबहादुर बस्नेत, जिरी नगरपालिका वडा नं १ का वडाध्यक्ष आङपासाङ शेर्पा, वडा नं २ का वडाध्यक्ष निमपल्दे शेर्पा समेतको सहमितमा कार्यक्रम बहिस्कार गरिएको पनि कार्कीले जानकारी दिनुभयो ।’
त्यस क्षेत्रमा दुई ओटा जलविद्युत आयोजनाको काम यस अघिनै सम्पन्न भैसकेको र हिमालय उर्जा विकास कम्पनी लिमेटेडले स्थानीयसँग गरेका सम्झौतालाई कार्यन्वयन नगरी धोका दिएको आधरमा स्थानियहरुले हालको निलगंगा हाइड्रपावर कम्पनीले छल गर्दे गर्न लागेको सार्वजनिक सुनुवाई बहिस्कार गर्न सरोकारवाला हरु बाध्य भएको उनिहरुको भनाई रहेको छ ।
संचालन हुन लागेको निलगंगा हाइड्रपावर कम्पनी पनि त्यही हिमालय उर्जा विकास कम्पनीमा आवद्ध भएका व्यक्तिहरुबाट नै संचालित भएकाले अगाडि भएका सम्झौतालाई कार्यन्वयन गर्नु पर्ने र सार्वजनिक सुनुवाईमा प्रभावित क्षेत्रका नागरिकलाई कम्तीमा एक हप्ता अगाडि खबर नगरे सम्म कार्यक्रममा कोहि पनि सहभागि नहुने भन्दै सहभागिहरु बाहिरीएको थिए ।
निलगंगा हाइड्रपावर कम्पनीले खिम्ती खोला र घ्वाङ खोलाको पानी जम्मा गरेर ९ मेगावाट विद्युत उत्पादन गर्ने योजना अगाडि सारेको छ । उक्त क्षेत्रमा हिमालय उर्जा विकास कम्पनी लिमेटेडले ७ मेगावटको अप्पर खिम्ती र १२ मेगावटको उपल्लो खिम्ती जलविद्युत आयोजनाको काम सम्पन्न गरीसकेको छ ।

Share17Tweet11Share3

Related Posts

पत्रकार महासंघ रामेछापद्वरा रक्तदान र शुभकामना आदान प्रदान
समाचार

पत्रकार महासंघ रामेछापद्वरा रक्तदान र शुभकामना आदान प्रदान

२१ पुष २०७९, बिहीबार
रामेछापका नौ जना केन्द्रीय समितिमा भिड्दै
समाचार

रामेछापका नौ जना केन्द्रीय समितिमा भिड्दै

२१ पुष २०७९, बिहीबार
मन्थलीमा प्रश्न पत्र निर्माण सम्बन्धि कार्याशाला सम्पन्न
विविध

मन्थलीमा प्रश्न पत्र निर्माण सम्बन्धि कार्याशाला सम्पन्न

२१ पुष २०७९, बिहीबार
मन्थली नगरपालिका सहित ६ वटा पालिकामा सर्बसम्बत नेतृत्व चयन,२ पालिका अझै बाँकी
समाचार

मन्थली नगरपालिका सहित ६ वटा पालिकामा सर्बसम्बत नेतृत्व चयन,२ पालिका अझै बाँकी

२१ पुष २०७९, बिहीबार
चोरीको सुन किन्ने बेच्ने दुवै पक्राउ
समाचार

चोरीको सुन किन्ने बेच्ने दुवै पक्राउ

२१ पुष २०७९, बिहीबार
मन्थलीमा बलेरो दुर्घटना , एकको मृत्यू एक घाइते
प्रहरी-प्रशासन

मन्थलीमा बलेरो दुर्घटना , एकको मृत्यू एक घाइते

२१ पुष २०७९, बिहीबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- nepalabhiyan@gmail.com
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero