Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

मन्थलीका उपभोक्ताले कहिले सम्म खाने अखाद्य बस्तु र सडेको मासु !

नेपाल अभियान नेपाल अभियान
३ चैत्र २०७६, सोमबार
in समाज, स्वास्थ्य
0
262
SHARES
Share on FacebookShare on Twitter

रामेछाप- जिल्लाको सदरमुकाम समेत रहेको मन्थली बजारमा म्याद गुज्रेका अखाद्य सामाग्री र सडेको मासु खेलआम रुपमा विक्री भइरहेको पाईएको छ । सोमबार सहायक प्रमुख जिल्ला अधिकारी राजुप्रसाद पौडेलको नेतृत्वमा निस्केको बजार अनुगमन टोलीले मासु पसल, किराना पसल, होटल, तरकारी पसल, अस्पताल र औषधी पसलको अनुगमन गरेको थियो । चार छुट्ट छुट्टै टोलीले गरेको अनुगमनमा व्यापारीहरुको व्यापक लापरबाही रहेको भेटिएको अनुगमन टोलीको निष्कर्ष रहेको छ ।

राँगो, खसी र बंगुरको मासु एउटै फ्रिजमा, त्यो पनि सडेको अवस्थामा

चार टोलीमा रहेको अनुगमन टोलीले एकै पटक अनुगमन गर्दा मासु पसलको बदमासी धेरै भेटेको छ । १९ ओटा मासु पसलमा गरिएको अनुगमनका क्रममा चार ओटा पसलबाट ३३ केजी स्वास्थ्यका लागि समेत हानिकारक हुने सडेको मासु भेटेको छ । यसरी सडेको मासु बिक्रीका लागि राख्नेमा मन्थली नगरपालिका जाने बाटो नजिक रहेको न्यू फेमस कोल्ड स्टोरबाट २० केजी, रेडक्रस भवनमा रहेको मन्थली मासु पसलबाट ४ केजी, देवकोटा चोक अगाडि रहेको रेशम मासु पसलबाट ७ केजी र सावित्रा कोल्ड स्टोरबाट १ केजी गरी ३३ केजी स्वास्थ्यका लागि हानिकारक सडेको मासु जफत गरिएको जिल्ला प्रशासन कार्यालयले बताएको छ । न्यू फेमस कोल्ड स्टोरमा मापदण्डलाई समेत मिचेर रागो, खसी र बंगुरको मासु एकै ठाउँमा राखिएको अवस्थामा भेटेको छ । न्यू फेमस कोल्ड स्टोरलाई यस अघि लापरबाही गरेको भन्दै पाँच हजार जरिवना समेत गरिएको थियो ।

किराना पसल र होटलको पनि बदमासी

मन्थलीका केही खाद्य स्टोर, केही होटल र केही किराना पसलले पनि यस अघि गर्दै आएको बदमासीलाई  कायमै राखेका छन् । उपभोक्तालाई विक्री गर्न तयारी अवस्थामा राखेको खाद्य सामाग्रीको पनि म्याद गुज्रेको अवस्थामा भेटिएको अनुगमन टोलीले बताएको छ । त्यस्तै केही होटल तथा भोजनालयमा घरेलु मदिरा विक्री गर्न राखिएको अवस्थामा फेला पारिएको बताइएको छ ।

गर्मी याम सुरु हुन लागेको बेला म्याद गुज्रेको पेय पदर्थ

गर्मी याममा अत्याधिक विक्री हुने जुस समेत म्याद गुज्रेको अवस्थामा भेटिएको छ । २८ ओटा तरकारी तथा फलफूल पसलमा गरिएको अनुगमनमा विभिन्न कम्पनीको जुस म्याद गुज्रेको पाइएको छ । त्यस्तै केही तरकारी पसलमा राखेको मसलाको पनि म्याद सकिएको तर सेवाग्राहीलाई विक्री गर्न राखिएकै अवस्थामा भेटिएकाले प्रयोग गर्न अयोग्य सबै पेय पदार्थ र सडेको फलफूल बरामत गरिएको अनुगमन टोलीले बताएको छ ।

औषधी पनि म्याद गुज्रेको

मानिसलाई रोग लागेर उपचार गर्न जाने अस्पतालमा समेत म्याद गुज्रेको औषधी भेटिएको छ । यसरी एकै पटक बजार अनुगमनका क्रममा सबै क्षेत्रको केही न केही कमजोरी भेटिए पछि उपभोक्ताको स्वास्थ्य प्रति कसैको पनि जिम्मेवारी नभएको प्रष्ट भएको छ । ६ ओटा स्वास्थ्य संस्थामा गरिएको अनुगमनका क्रममा देवकोटा चोकको रामेछाप सामुदायिक अस्पताल र कटहरबोट नजिकैको औषधि पसल बाहेक अन्य सबै अस्पताल र औषधी पसलहरुमा म्याद नाघेको औषधी भेटिएकाले म्याद नाघेको औषधी बरामद गरेको जानकारी प्रसासनले गराएको छ ।

बरामद भएका सामाग्री र पसलहरुको बारेमा चारवटै टोलीले प्रतिवेदन बुझाए पछि समिक्षा बैठक बसेर कानून अनुसार कारबाही गरिने साहायक प्रमुख जिल्ला अधिकारी राजुप्रसाद पौडेलले बताउनुभयो ।

पहिलो पटक एकै चोटी चार वटा टोली बनाएर सुरक्षाकर्मी सहित सम्बन्धित क्षेत्रका कर्मचारी, रामेछाप उद्योग बाणिज्य संघका पदाधिकारी र संचार माध्यमका प्रतिनिधिहरु समेतको सहभागितामा छुट्टा छुट्टै बजार अनुगमन गरेको हो ।

Share105Tweet66Share18

Related Posts

भाँचियो निर्माणाधिन तामाकोशी नदीको पुल
समाचार

भाँचियो निर्माणाधिन तामाकोशी नदीको पुल

३ चैत्र २०७६, सोमबार
वर्तमान गठबन्धन  सरकार ढल्ने हल्ला निराधार हाे – पुर्व मन्त्रि सिटौला
समाचार

वर्तमान गठबन्धन सरकार ढल्ने हल्ला निराधार हाे – पुर्व मन्त्रि सिटौला

३ चैत्र २०७६, सोमबार
एमाले – काङ्ग्रेसकाे गठबन्धनलाई कसैले हल्लाउन सक्दैन – ढुंगेल
विविध

एमाले – काङ्ग्रेसकाे गठबन्धनलाई कसैले हल्लाउन सक्दैन – ढुंगेल

३ चैत्र २०७६, सोमबार
“बसुन्जेल राम्रो काम गर्छु” – प्र.जि.अ थापा
विविध

“बसुन्जेल राम्रो काम गर्छु” – प्र.जि.अ थापा

३ चैत्र २०७६, सोमबार
 विद्यालयले  पाइप र टयाँकि पाएसँगै अभिभावक उत्साहित 
देश

 विद्यालयले  पाइप र टयाँकि पाएसँगै अभिभावक उत्साहित 

३ चैत्र २०७६, सोमबार
सबै पालिकालाई उछिन्दै  प्रथम भयो,मन्थली नगरपालिका 
देश

सबै पालिकालाई उछिन्दै  प्रथम भयो,मन्थली नगरपालिका 

३ चैत्र २०७६, सोमबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.