रामेछाप । हिन्दु स्वयंसेबक संघले रामेछाप जिल्लाका विभिन्न पालीकाका ४ वडाका २ सय ५ जना कोरोना संक्रमितहरुका लागि विभिन्न औषधिजन्य सामान प्रदान गरेको छ । उसले रामेछाप नगरपालीकाको वडा नं ८,मन्थली नगरपालीका वडा नं १ ,२ र ७ तथा खाँडादेवी गाउँपालिकाको ४ नं वडाका कोरोना संक्रमित समेतलाई लक्षित गरि पकरबास स्वास्थ्य चौकि र मन्थली प्राथमिक सेवा केन्द्र समेतको लागि ति सामाग्रि प्रदान गरेको हो ।
हिन्दु स्वयं सेवक संघका केन्द्रिय संघ चालक मुकेश कुमार शाहको नेतृत्वमा बाग्मति प्रदेशका काठमाडौ उपत्यका ईन्चाज तुलसी न्यौपाने सहित आएको संघको टोलीले ति वडाका वडा अध्यक्ष हरु मार्फत भिटामिन सहितको औषधि वितरण गरेको हो । औषधि वितरण गर्दे मुकेश कुमारले मुलुकमा संकट पर्दा सर्वसाधारण नागरिकलाई सहयोग गर्नु संघको पनि दायित्व भएको बताउनु भयो ।
संघको निर्णय अनुसार आफुहरु संक्रमितहरुको सहयोगको लागि विभिन्न जिल्लाको दौडाहमा पुग्ने क्रममा रामेछाप आईपुगेको बताउनु भयो । अभियानमा रामेछाप जिल्लाको संघ चालक रामचन्द्र कडेल,पुरुषोतम् घिमिरे,सन्तोष मैनाली समेतको सहभागिता रहेको थियो । औषधि वितरण कार्यक्रमममा वडाध्यक्ष र पालीकाको स्वास्थ्य प्रमुख हरुको सहभागिता रहेको जिल्ला संघ चालक मुकेश कुमारले जानकारी दिनु भयो । अभियान अन्र्तगत संघले हाल सम्म करिब दुई दर्जन जति जिल्लामा पुगेर कोरोना संक्रमित हरुलाई सहयोग गर्नुका साथै गत वर्ष र यस वर्ष पनि उपत्यका भित्र खाना खान नपाएका सयौ मजदुर तथा अनाथहरुका लागि पनि सहयोग गरि सकेको छ ।
यो बारेमा तपाईको प्रतिकृया