Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

मन्थली नगरपालिकाको वजेट १ अरव १ करोड ९७ लाख

नेपाल अभियान नेपाल अभियान
६ असार २०८१, बुधबार
in समाचार, समाज, स्थानीय सरकार
0
27
SHARES
Share on FacebookShare on Twitter


मन्थली,५ असार । मन्थली नगरपालिकाले आगमी आर्थिक वर्ष २०८१÷८२ का लागि कुल १ अरव १ करोड ९७ लाख, ८१ हजार बरावरको वजेट ल्याएको छ । जुन बजेट चालु आर्थिक वर्षको तुलनामा ३ करोड घटि हो ।


नगरले यब वर्ष पनि खासै नयाँ कार्यक्राहमरु नल्याई पुरानै कार्यक्रमहरुलाई निरन्तरता दिएको छ । नीति तथा कार्यक्रमा पूर्वाधार तर्फ ठुला विकास निर्माण काम समेत आगामी बजेटले ल्याउन सकेको छैन ।
सञ्चार क्षेत्रलाई समेट्ने कुनै पनि कार्यक्रम नीति तथा कार्यक्रममा समेवेश भएको नपाएपछि पत्रकारहरुले आफूहरुलाई बजेटले नसमेटेको भन्दै जनप्रतिनिधिहरुको ध्यानाकर्षण गराएका थिए ।
नगर प्रमुख लव श्रेष्ठको अध्यक्षतामा सम्पन्न उक्त नगर सभाको उद्घाटन नगर प्रमुख श्रेष्ठ आफैले गर्नु भएको थियो ।
कार्यक्रममा अवसरमा श्रेष्ठले आगामी आवको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुका साथै उपप्रमुख ईश्वरी बस्नेत ले आगामी आबको शिर्षकगत बजेट प्रस्तुत गर्नु भएको थियो ।

नगर प्रमुख श्रेष्ठले बाचन गर्नु भएको विवरण अनुसार चालु वर्षमा मन्थली नगरपालिकाले संघीय र प्रदेश सरकारको समन्वय र सहकार्यमा नगर भित्रका विभिन्न सडकहरू गरी कूल ८९।६९ प्रतिशत सडक कालो पत्रे भएको, ५ हजार ८ सय ५४ जनालाई सामाजिक सामाजिक सुरक्षा भत्ता वितरण गरिँदै आएको, १०६ जना दीर्घ रोगीहरूलाई उपचार खर्च बापत मासिक ५ हजारका दरले कूल ६३ लाख ६० हजार भुक्तानी गरिएको छ ।

त्यस्तै १४ वटा वडा रहेको यो नगरको चालु आ।वा मा ७ र ८ नम्बरको वडा कार्यालय सम्पन्न भएर सेवा प्रवाह भइरहेको, ३ र ११ को भवन हस्तान्तरणको चरणमा रहेको, १३ नम्बरको भवन निर्माण अन्तिम चरणमा रहेको, वडा नं ४ र ५ निर्माणको लागि टेन्डर भएर सम्झौताको चरणमा रहेको र ६, ९ र १२ नम्बरको भवन निर्माणको लागि जग्गा प्राप्तिको लागि पहल भइरहेको पनि नगर प्रमुख श्रेष्ठले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।

त्यसैगरी नगरले हाल चालु आर्थिक वर्षमा १ ऐन, ११ कार्यविधि, १ निर्देशिका, १ नीति गरी जम्मा १४ वटा ऐन कानुन निर्माण गरेको र न्यायिक समितिमा ४० वटा उजुरी दर्ता भएकोमा २७ उजुरी फच्छ्र्यौट भएको कुरा पनि उल्लेख गरिएको छ ।

नगर प्रमुख श्रेष्ठले आगामी नीति तथा कार्यक्रममा कृषि क्षेत्रको विकासका लागि एक वडा एक उत्पादन कार्यक्रम मार्फत व्यावसायिक खेतीलाई प्रवद्र्धन गरी एम्बुलेन्स सहित बजारीकरणमा पहल गर्ने, किसानलाई एस एम एस बाट सूचना दिने, नियमित रूपमा संचालनमा नरहेका सहकारीहरूलाई तत्काल खारेजी प्रक्रिया लैजाने, ५–१२ उमेरका सम्पूर्ण बालबालिकालाई टिकाउने र सिकाउन वातावरण सिर्जना गरी भर्ना सुनिश्चित गरी अनिवार्य तथा निःशुल्क शिक्षा भएको वडा घोषणा हुँदै नगर घोषणा गरिने साथै एम फिल(दर्शनाचार्य) र पि एच डि (बिद्यावारीधि गर्नका लागि नगर क्षेत्र भित्रका शोधार्थीहरुलाई क्रमश ३० हजार र ५० हजार सम्म सहयोग गर्ने पनि उल्लेख गरिएको छ ।

त्यस्तै ‘सुत्केरीसँग उपप्रमुख’ कार्यक्रम थप गर्दै ‘छोरी जन्मलाई प्रोत्साहन’लाई निरन्तरता दिएको छ । स्वास्थ्य सेवाको पहुँचमा कमी भएका व्यक्तिलाई स्वास्थ्य सेवा प्रदान गर्नको लागि विद्यालय नर्स तथा अन्य स्वास्थ्यकर्मी मार्फत ‘किशोरीसँग नर्स, विद्यार्थीसँग स्वास्थ्यकर्मी तथा ज्येष्ठ नागरिकसँग घरदैलोमा स्वास्थ्यकर्मी कार्यक्रम सञ्चालन गर्ने नीति लिएको पनि उल्लेख छ ।

त्यस्तै बढ्दै गएको नसर्ने रोगहरूलाई लक्षित गरी ‘मेरो जिम्मेवारी, मेरो स्वास्थ्य’ कार्यक्रम, मन्थली अस्पताललाई थप व्यवस्थित गरी सञ्चालन गर्ने, पूर्वाधार विकासमा ‘ठुला पूर्वाधार समृद्ध नगरको आधार’ भन्ने नारासहित नगर वडा साझेदारी, विकास निर्माणमा बराबरी नीतिलाई निरन्तरता दिएको छ ।

Share11Tweet7Share2

Related Posts

पुष्पलाल स्मृति पत्रकारीता पुरस्कार पौडेललाई
समाचार

पुष्पलाल स्मृति पत्रकारीता पुरस्कार पौडेललाई

६ असार २०८१, बुधबार
बृक्षरोण र जरा अभियान समापन कार्यक्रम गरी वि.पी. स्मृति दिवस मनाइयो
समाचार

बृक्षरोण र जरा अभियान समापन कार्यक्रम गरी वि.पी. स्मृति दिवस मनाइयो

६ असार २०८१, बुधबार
रामेछाप न.पा.काे खर्च ६८.७ प्रतिशत मात्र
विविध

रामेछाप न.पा.काे खर्च ६८.७ प्रतिशत मात्र

६ असार २०८१, बुधबार
राष्ट्रिय लाेक तथा दाेहाेरी गीत प्रतिष्ठान रामेछापमा कल्पना सुनुवार
समाचार

राष्ट्रिय लाेक तथा दाेहाेरी गीत प्रतिष्ठान रामेछापमा कल्पना सुनुवार

६ असार २०८१, बुधबार
अग्रजको विदाईमा सहकर्मिको आईरो
देश

अग्रजको विदाईमा सहकर्मिको आईरो

६ असार २०८१, बुधबार
हात्तिटारमा अविभावक शिक्षा कार्यक्रम
देश

हात्तिटारमा अविभावक शिक्षा कार्यक्रम

६ असार २०८१, बुधबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero