रामेछाप १५ माघ । जिल्ला प्रशासन कार्यालयले लगाएको निषेधाज्ञाका विरुद्ध नेविसंघले ज्ञापन प त्र बुझाएको छ । प्रजिअले फागुन १४ गते देखि लागु हूने गरी २ महिना सम्मका लागि सदरमुकाम मन्थलीको मुख्य प्रशासकीय क्षेत्र लाई लक्षित गरी ‘निषेधित’ क्षेत्र तोकेपछि नेपाल विद्यार्थी सङ्घ रामेछापले त्यसको विरोध गर्दे सोमबार प्रजिअ अनिता निरौलालाई ज्ञापन पत्र बुझाएको हो ।
उसले २४ घण्टा भित्र प्रशासनको उक्त निर्णय फिर्ता नलिए निषेधाज्ञाको आदेश तोड्दै थप आन्दोलनका कार्यक्रम गर्ने सम्मको चेतावनी समेत उक्त विग्यप्ती मार्फत दिएको छ ।
सोमबार नेपाली काँग्रेस जिल्ला पार्टी सचिव दीपक खड्का सहित नेविसंघ जिल्ला अध्यक्ष विनोद बुढाथोकीको नेतृत्वमा आफ्नो लिखित ज्ञापन पत्र सही प्रशासन कार्यालयमा पुगेको नेविसंघ टोलीले प्रशासन कार्यालयले शान्ति पूर्ण रहेको मन्थली बजार क्षेत्रमा निषेधाज्ञा गर्नु पनि कुनै कारण नै नरहेको पनि उल्लेख गरिएको छ
सङ्घका अध्यक्ष विनोद बुढाथोकी द्वारा हस्ताक्षरित उक्त विज्ञप्तिमा शान्तिपूर्ण स्थान र अवस्थामा पनि प्रजिअले निषेधाज्ञा लागू गरेर आफ्नो अधिकारको अनावश्यक प्रयोग गरेको र यसबाट मन्थलीमा ‘निम्सरो’ प्रशासन छ भन्ने र यस खालको निर्णयले सिङ्गो गृह प्रशासनकै ब्यईजति भएको कुरालाई पनि सम्बोधन गरेको छ । यसरी विना कारण प्रशासनले निषेधाज्ञा लगाएर संविधानले दिएको नेपाली नागरिकहरूको खुल्ला रूपमा हिँडडुल गर्न र भेला हुन पाउने अधिकारको समेत पूर्ण रूपमा हनन भएको भन्दै उक्त निर्णयलाई तत्काल फिर्ता लिन पनि उक्त विज्ञयप्ती मार्फत भनिएको छ ।
जिल्ला प्रशासन कार्यालय रामेछापले जिल्ला सुरक्षा समितको बैठक राखी माघ १४ ( आइतबार) देखि २ महिना सम्मका लागू हुने गरी मन्थली बजार स्थित राष्ट्रिय वाणिज्य बैङ्क देखि जिल्ला प्रशासन कार्यालय हुँदै कृषि विकास बैङ्क जाने सडक र त्यस सडकको ५० मिटर वरपरको क्षेत्रमा ५ जना भन्दा बडीमा भेला, धर्ना, घेराउ, अनसन र विरोध प्रदर्शन गर्न नर्पाइने भनी लिखित आदेश जारी गरेको थियो ।
यो बारेमा तपाईको प्रतिकृया