रामेछाप २६ माघ । रामेछाप नगरपालिका वडा नं.८ मा क्रियाशील केबलेश्वर वडा बाल सञ्जालले शुक्रवार स्थानीय क्याम्पस हाताभित्र वालमैत्री स्थानीय शासन सम्बन्धी वडा स्तरीय लोकगीत प्रतियोगिताको आयोजना गरेको छ । उसले आफ्नो प्रथम वार्षिक उत्सवका अवसर पारेर उक्त प्रतियोगिताको आयोजना गरेको हो ।
वडा स्तरका सबै विद्यालय र बाल समूह समेतलाई सहभागी गराएर वडा बाल मैत्री समिति तथा वडा बाल अधिकार समिति बाल समूहका वाल बालिकाहरूको समेत सहभागितामा भएको उक्त कार्यक्रममा विभिन्न विद्यालय र वाल समूह गरी ८ वटा टिमले लोक गीत प्रतियोगितामा सहभागिता जनाएका थिए ।
![](https://nepalabhiyan.com/wp-content/uploads/2024/02/bal2-1024x461.jpg)
कार्यक्रमको उद्घाटन गर्नु हुँदै रामेछाप नगरपालिकाका प्रमुख लव श्री न्यौपानेले नगर भित्र रहेका आम वाल बालिकाहरूलाई वालमैत्री स्थानीय शासन सँग जोडेर उनीहरूको प्रतिभालाई हौसला सँगै वाल अधिकार र कर्तव्य बोध गराएर जिम्मेवार नागरिक बनाउने उद्देश्यले उक्त कार्यक्रमको आयोजना गरिएको भन्दै त्यसका लागि नगरले थप कार्यक्रम पनि गर्ने विश्वास दिलाउनु भयो ।
कार्यक्रमका अवसरमा नगरपालिकाकी उप प्रमुख बाला कुमारी कार्कीले बाल वालिकामा अविभावकहरुले गरेको लगानी मात्र अपुग हुने भन्दै उनीहरूको क्षमता विकास र प्रतिभालाई हौसला प्रदान गर्नका लागि नगरले पनि वडा कार्यालय मार्फत वाल वालिकाको क्षमता र प्रतिभा विकासका लागि काम गर्दे आएको भन्दै प्रतियोगितामा उत्कृष्ट स्थान हासिल गर्नै टिमका भाइ बहिनीहरूलाई धन्यवाद दिनु भएको थियो ।
![](https://nepalabhiyan.com/wp-content/uploads/2024/04/Ramechhap-Na-Pa-Final-Add-1024x305.jpg)
कार्यक्रममा वडा अध्यक्ष सन्तोष तामाङले वाल वालिकाको प्रस्तुत प्रतिभालाई वडाका सबै वाल वालिका सँग जोड्नका लागि आफूले सबै किसिमको प्रयास जारी राख्ने भन्दै सहभागी र विजयी टिमलाई बधाई दिनु भएको थियो । सो अवसरमा नेपाल पत्रकार महासङ्घका अध्यक्ष बद्री नयाँघरे, पूर्व वडाध्यक्ष केदार कार्की गौरी शङ्कर माविका प्र अ राम प्रसाद पौडेल लगायतका वक्ताहरूले वाल बालिकाहरूले वालमैत्री स्थानीय शासन सँग जोडेर सञ्चालन गरेका लोक दोहोरी कार्यक्रम प्रभावकारी भएको बताउनु भएको थियो ।
लोक दोहोरी प्रतियोगितामा सिद्ेश्वर वाल समूह डुम्रिखर्क प्रथम, वाल मन्दिर वाल समूह द्धितिय र मलागिरी वाल समूहले तृतीय र राधाकृष्ण वालमुह वावियाखर्कले सान्त्वना पुरस्कार प्राप्त गरेका थिए । विजयी टिमलाई उप प्रमुख बाला कुमारी कार्कीले नगद पुरस्कार र प्रमाण पत्र प्रदान गर्नु भएको थियो ।
यो बारेमा तपाईको प्रतिकृया