रामेछाप । किङ स्टार क्रियशन प्रा.ली. रामेछापले मन्थलीमा ‘मिस्टर एण्ड (७) मोडेल रामेछाप सिजन–५ र लिटिल मोडेल रामेछाप सिजन–४ को अडिसन असार भर संचालन हुने भएको छ । आगामी साउनको १२ गते कार्यक्रमको विषेश कार्यक्रम सहित ग्राण्ड् फिनाले गर्ने तयारी भईरहेको उक्त प्रालिले जनाएको छ
उक्त कार्यका लागि प्रालिले अडिसनका लागि सहभागि हुन चाहने हरुका लागि करिव २ हप्ता अघि देखि मोडेल रामेछाप र लिटिल मोडेल रामेछापको अडिसन भएर काम अगाडि बढाइएको क्रियसनका सञ्चालक एवं सिइओ सुमन खड्काले पत्रकार सम्मेलन मार्फत जानकारी गराए ।
प्रालिले मन्थलीमा ‘रामेछाप मोडेल सिजन–४’ की ‘विनर’ सिता कार्की र ‘लिटिल मोडेल सिजन–३ की ‘विनर’ योआना तामाङसहितलाई सहभागि गराएर पत्रकार सम्मेलन मार्फत उक्त कार्यक्रमका बारेमा जानकारी गराएका हुन् ।
असार महिनाभर चल्ने अडिसन सिजन–५ को लागि ३ जना र लिटिल मोडेल एवं सिजन–४ का लागि १६ जना सहभागीहरूले नाम दर्ज गराईसकेका छन् ।
यो वर्ष रामेछाप मोडेलको लागि सहभागीहरू कम आएको जानकारी गराउँदै १४ देखि २९ वर्ष उमेर समूहका युवाहरू स्वदेशमा कम हुँदा पनि उपस्थिति कम भएको हुन सक्ने खड्काको अनुमान रहेको छ । उनका अनुसार रामेछाप मोडलका लागि १४ देखि २९ वर्ष र लिटिल मोडेलका लागि ६ देखि १३ वर्षका बालबालिकाले सहभागिता जनाउन सक्ने त्यसका लागि नाम दर्ज गराउन पनि उनले आग्रह गरेका छन् ।
कार्यक्रममा सहभागी हुन इच्छुक हरुले प्रालिलाई व्यक्ति पाँच हजार रुपैयाँ शुल्क बुझाए पुग्ने र उक्त रकम बाट अडिसनका लागि आवश्यक विभिन्न ड्रेस उपलब्ध गराउनुका साथै आवश्यक तालिम उपलब्ध गराइने जानकारी पनि खड्काले गराए ।
सहभागि हरुले अडिसनमा सफलता प्राप्त गरेमा उनिहरुलाई प्रालिले एक महिना भरी उनीहरूलाई विभिन्न विषयमा तालिम उपलब्ध गराईने छ । यदि प्राविधिक गडबडी नभएमा आउँदो साउनको १२ गते ग्राण्ड फिनाले कार्यक्रम गर्ने तयारीका साथ कार्यक्रम गरिने पनि सिइओ खड्काले बताए । कारण बस कुनै समस्या आएन भने साउन १२ गते शनिवार प्रालिले तीनलाल पार्कमा भव्य कार्यक्रमसहित कार्यक्रमको समापन गर्ने कार्यतालिका तय भएको पनि खड्काले जानकारी गराए ।’
त्यसका लागि जिल्लाका आठ वटै स्थानीय तहसँग सहकार्य गरि आर्थिक सहयोगका लागि अभियान पनि संचालन गरिने भएको छ । यस कार्यक्रमबाट बालबालिकाहरूको क्षमता विकास गर्न, बालबालिकाहरूलाई ‘मोटिभेट्’ गर्न र मोडलिङ, गीत सङ्गीतको क्षेत्रमा रुचि राख्नेहरूलाई विशेष फाइदा हुने पनि खड्काको दावि छ ।
२०१८ देखि निरन्तर हुँदै आएको यो कार्यक्रमका विजेताहरूले ताज एवं क्राउन,ट्रफि, प्रमाणपत्र, गिफ्ट ह्याम्पर र नगद रुपैयाँ सहितका पुरस्कार पाउँदै आएका छन् । साथै पुरुष विजेताहरूले मोडलिङको अवसर समेत पाउने खड्काले बताए ।
‘बालबालिकाहरूको रुचि अनुसारको विभिन्न विधामा आधुनिकता मिसाएर (‘ट्रेन गरेर’) खान, हिँड्न, बोल्न सिकाउँछौँ’ एक महिनाको तालीम कार्यक्रमलाई फाइनल चरणमा पु्र्याईने पनि खडकाको भनाई थियो ।
यो बारेमा तपाईको प्रतिकृया