Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

क्षति पुगेको छोटो समयमानै भटौली खोलाको पुल मर्मतको काम तीव्र गतिमा शुरु

बद्री नयाँघरे बद्री नयाँघरे
१८ श्रावण २०८२, शनिबार
in देश, प्रदेश नं ३, समाचार, समाज, स्थानीय सरकार
0
31
SHARES
Share on FacebookShare on Twitter

रामेछाप १७ । शुक्रवार राति भटौली खोलामा आएको वाढिका कारण क्षति पुगेको भटौली खोलाको पक्कि पुलको मुगिटार खण्डमा पुगेको क्षतिको मर्मतको काम शुरु गरिएको छ । बाढीका कारण पुलको दुवै छेउमा खोलाले कटान गरेपछि पुरा पुलनै जोखिममा पर्ने अवस्था सृजना भएसँगै विभिन्न सरोकारवाला निकायहरुको समन्वयमा शनिबार दिउँसो बाट पूर्वाधार विकास कार्यालय मन्थलीले मर्मतको काम शुरु गरेको हो ।
रामेछाप सदरमुकाम मन्थलीलाई खाँडादेवी, दोरम्बा शैलुङ र सुनापति गाउँपालिकासँग जोड्ने भटौली खोलाको पक्की पुल कटानको उच्च जोखिममा परेसँगै ठुला यातायातका साधन सँचालनमा प्रतिबन्ध लगाएर मर्मतको काम आरम्भ गरिएको पूर्वाधार विकास कार्यालय मन्थलीका इन्जिनियर नवराज थापाले जानकारी दिएका छन् ।
राति आएको अविरल बर्षादले भटौली पुलको वारी पारीको दुवै पिलरमा खोलाको बाढी सिधै ठोक्किँदा पीलर सँगैको संरचना वगाएको र पुलनै जोखीममा पर्ने अवस्था सृजना भए सँगै शनिवार दिउँसो बाट तत्काल कार्यालयको अगुवाईमा मर्मतको काम आरम्भ भएको पनि ईन्जीनियर थापाले बताए ।
क्षति पुगेको भटौली खोलाको पक्कि पुलको सँरक्षणका लागि प्रमुख जिल्ला अधिकारी,मन्थली नगरपालिका र खाँडादेवी गाउँपालिका सँगै नेपाली सेना , सशस्त्र प्रहरी बलको पनि सहयोग रहेकोले काम गर्न निकै सहयोग भएको पनि थापाले जानकारी दिए । उनका अनुसार पुलको दुवै भागको मर्मतको काम आईतवार वेलुकी सम्म सम्पन्न गर्ने गरि काम भईरहेको पनि इन्जिनियर नवराज थापाले जानकारी दिएका छन् । पुल सँरक्षणको काममा कामदारको अलावा स्काईभेटर र आवश्यक सबै साधनहरुलाई प्रयोगमा ल्याईएकोले पनि काम समयमानै सकिने विश्वास कार्यालयले गरेको छ ।
स्विस सरकारको आर्थिक सहयोगमा आ व २०७१/०७२ मा स्थानीय सडक पुल कार्यक्रम को स्विकृत कार्यक्रम अन्तरगत करिव ४ करोडको लगानीमा ४० मिटर लामो यो पुल करिब ४ करोड लागतमा निर्माण सम्पन भएको हो । भटौली खोलामा उक्त पुल निर्माण गरिएको थियो । रामेछाप जिल्लामा फाष्ट विधि अपनाएर द्रुत गतिमा उक्त पक्कि पुल निर्माण गरिएको थियो । आ व २०७१/०७२ मा स्थानीय सडक पुल कार्यक्रमको स्विकृत कार्यक्रम अन्तरगत जिल्ला भरिमा कुल ८ वटा पक्किी पुलहरु निर्माण भएका थिए ।
हाल प्रदेश सरकार अन्तरगत पूर्वाधार विकास कार्यालय रामेछापको जिम्मेवारीमा उक्त पुल भय रहेकोले सोहि कार्यालयको अगुवाईमा पुलको काम तत्काल आरम्भ भएको हो । बाढीको कारण यो पुलको दायाँ किनारा तर्फ को जगमा क्षति पुग्न गै पुल जोखिम अवस्थामा रहेको र सवारी आवतजावत समेत अबरुद्ध भए सँगै उक्त पुलमा ठुला सवारीका साधन सँचालनमा समेत प्रतिवन्ध लगाईए इन्जिनियर नवराज थापाले जानकारी दिएका छन् ।

Share12Tweet8Share2

Related Posts

पालिकाका असल अभ्यास शिक्षा विकास तथा समन्वय इकाइको क्यालेन्डरमा
शिक्षा

पालिकाका असल अभ्यास शिक्षा विकास तथा समन्वय इकाइको क्यालेन्डरमा

१८ श्रावण २०८२, शनिबार
रामेछापका विपेश खत्री प्रदेश कोषाध्यक्षमा मनोनित
देश

रामेछापका विपेश खत्री प्रदेश कोषाध्यक्षमा मनोनित

१८ श्रावण २०८२, शनिबार
जिल्ला प्रहरी कार्यालय रामेछाप मार्फत ३ करोड भन्दा बढी राजस्व संकलन
समाचार

जिल्ला प्रहरी कार्यालय रामेछाप मार्फत ३ करोड भन्दा बढी राजस्व संकलन

१८ श्रावण २०८२, शनिबार
रामेछापका सरकारी कार्यालयको वार्षिक समीक्षा,सेवा प्रवाह र गुणस्तर सुधारमा जोड
विविध

रामेछापका सरकारी कार्यालयको वार्षिक समीक्षा,सेवा प्रवाह र गुणस्तर सुधारमा जोड

१८ श्रावण २०८२, शनिबार
सिमित स्रोत र साधनले भ्याएसम्म विकास निर्माणका काम गछौं– कानून मन्त्री गौतम
समाचार

सिमित स्रोत र साधनले भ्याएसम्म विकास निर्माणका काम गछौं– कानून मन्त्री गौतम

१८ श्रावण २०८२, शनिबार
मन्थली नगरमा अनलाइन प्रणालीको राजस्व संकलन नहुँदा सेवाग्राहीलाई सास्ती
समाचार

मन्थली नगरमा अनलाइन प्रणालीको राजस्व संकलन नहुँदा सेवाग्राहीलाई सास्ती

१८ श्रावण २०८२, शनिबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero