Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

विजुलीकोटको भृङ्गृेश्वर माविमा चौमासिक विति सक्दा पनि विज्ञान विषयको पढाई नहुँदा विद्यार्थी समस्यामा

रमेश ढुङ्गेल रमेश ढुङ्गेल
२१ श्रावण २०८२, मंगलवार
in देश, प्रदेश नं ३, शिक्षा, समाचार, समाज, स्थानीय सरकार
0
13
SHARES
Share on FacebookShare on Twitter

रामेछाप । जिल्लाको लिखु तामाकोशि गाउँपालिका वडा नं ३ मा रहेको भृङ्गृेश्वर माविको कन्त विजोग भएको छ । शैक्षिक सत्रको प्रथम चौमासिक सत्र पुरा हुँन लाग्दा पनि उक्त विद्यालयमा मावि विज्ञान विषय सहित अन्य मावि स्तरका शिक्षक दरवन्दी पुरा हुन नसकदा विद्यालयको कन्त विजोग भएको हो ।
विद्यार्थिहरुको लागि अत्यावश्यक रहेको भन्दै स्थानिय हरुको अनुरोधका आधारमा उक्त विद्यालयमा चालु शैक्षिक सत्रको आरम्भबाट मावि तह कक्षा ९ को कक्षा सँचालन गरिएको थियो । तर साउन वित्न लाग्दा पनि कक्षा ९ को विज्ञान विषयको पठन पाठन आरम्भ हुन सकेको छैन् । जसका कारण विद्यार्थिहरुलाई विद्यालय छाड्ने कि बस्ने भन्ने कुराले सताएको छ ।
त्यो सँगै उक्त विद्यालयको कक्षा ९ का अन्य विषयको लागि पनि विद्यालय ब्यस्थापन समितिले मावि तहका लागि विषयगत शिक्षकको ब्यवस्था समेत गर्न नसकेकाले त्यसको असर विद्यार्थिहरुले प्रत्यक्ष रुपमा भोग्नु पर्ने अवस्था रहेको स्थानिय अविभावकहरुको भनाई रहेको छ । जन प्रतिनिधिहरु र स्थानिय अविभावक हरु समेतको उत्साहजनक सकृयतामा यसै बर्ष देखि मावि कक्षा आरम्भ गरिएको भएपनि विद्यालयको अवस्थाले गर्दा कक्षा ९ मा अध्ययनरत विद्यार्थिहरुको भविश्यनै अन्योलमा पर्ने अवस्था सृजना भएको अविभावकहरुको भनाई रहेको छ ।
यस अघि त्यस क्षेत्रका वाल वालिकाहरुले मावि तह सम्मको पठन पाठनका लागि पालिकाको धोवि बजार या सिमाना पालिका रामेछापको मावि गोठपानीमा पुग्नु पर्ने बाध्यता थियो । उक्त बाध्यता बाट वाल वालिकालाई मुक्त गराएर स्थानिय स्तरमानै सहज तरिकाले मावि शिक्षा दिन सकीयोस भन्नका लागि अविभावक हरुले चालु आवबाट कक्षा ९ संचालनमा ल्याएका भएपनि विद्यार्थिहरुको पठन पाठनमा समस्या देखिनुका साथै उनिहरुको भविष्य समेत अन्योलमा परेको छ ।
विद्यालयले यति लामो अवधि विति सक्दा पनि मावि कक्षाका लागि भनेर आएको प्रदेश अनुदान कोटामा शिक्षक भर्ना गर्न सकेको छैन् । यावत समस्याका कारण उक्त विद्यालयमा अध्ययनरत मावि तहका विद्यार्थीहरुको पठन पाठनमा अवरोध पुगेको हो । उक्त कक्षाको विज्ञान वाहेक अन्य विषय पनि निमावि र प्रावि तहका शिक्षकहरुले पठन पाठन गराउँदै आएका छन् ।
यस बारेमा लिखु तामाकोशी गाउँपालिकाका अध्यक्ष केशव मह सँग सम्पर्क गर्दा उहाँले कक्षा ९ को पढाई शुरु भएकोले उक्त विद्यालयका लागि पालिकाले मावि कक्षाका लागि योग्यता पुगेका २ जना निमावि शिक्षक पठाएको बताउनु भयो । हामि सँग मावि तहको दरबन्दिको शिक्षक पठाउन सकने अवस्था नभएकोले पठन पाठनमा समस्या नआवोस भन्नका लागि ति शिक्षकलाई पठाएको हो अध्यक्ष महतले भन्नु भयो ।
विद्यालयले अहिले सम्म विज्ञान विषयको पढाईनै गर्ने नसकेको सन्दर्भमा भने आफुलाई अहिले सम्म कुनै जानकारीनै नभएकोले त्यस बारेमा तत्काल सोधनी गरेर आवश्यक कदम चाल्ने पनि अध्यक्ष महतको भनाई रहेको छ । मा वि दरबन्दिको हकमा भने पालिका भरि रहेका स्वीकृत विद्यालयहरु मध्य मावि दुरागाउँ,मावि खिम्ति र मावि तिल्पुङ्ग बाहेक अन्य कुनै पनि माविमा स्वीकृत दरबन्दि नरहेकोले उक्त विद्यालयको हकमा पनि मावि दरबन्दि दिन सक्ने अवस्था भने पालिका सँग नरहेको पनि अध्यक्ष महतको भनाई रहेको छ ।
कुल विद्यार्थि सँख्या १ सय २ जना रहेको भृङ्गृेश्वर माविमा राहत करार र स्थाई समेत गरि ८ जना शिक्षकले कक्षा १ देखि ९ सम्मका पठान पाठन गरउँदै आएका छन् । यसरी थोरै सँख्याले नियमित कक्षा सँचालन गराउनु पर्दा कार्यरत शिक्षकहरुलाई भने पठन पाठनमा भने अत्याधिक चाप रहेको गुनासो शिक्षक हरुले गरेका छन् ।

Share5Tweet3Share1

Related Posts

राष्ट्रिय लाेक तथा दाेहाेरी गीत प्रतिष्ठान रामेछापमा कल्पना सुनुवार
समाचार

राष्ट्रिय लाेक तथा दाेहाेरी गीत प्रतिष्ठान रामेछापमा कल्पना सुनुवार

२१ श्रावण २०८२, मंगलवार
अग्रजको विदाईमा सहकर्मिको आईरो
देश

अग्रजको विदाईमा सहकर्मिको आईरो

२१ श्रावण २०८२, मंगलवार
हात्तिटारमा अविभावक शिक्षा कार्यक्रम
देश

हात्तिटारमा अविभावक शिक्षा कार्यक्रम

२१ श्रावण २०८२, मंगलवार
भैसैश्वर योग साधना केन्दले मनायो आफनो दोस्रो बार्षिक उत्सब
खेलकुद

भैसैश्वर योग साधना केन्दले मनायो आफनो दोस्रो बार्षिक उत्सब

२१ श्रावण २०८२, मंगलवार
मन्थलीमा छुट्टा छुट्टै धान दिवस मनाइयो मन्थली,१५ असार । खडेरीका बाबजुत पनि रामेछाप मा २३ औं धान दिवस मनाइएको छ ।æजलवायु मैत्री प्रबिधि,धानमा आम्मनिर्भता र सम्बृद्धिÆ भन्ने मुल नाराका साथ रामेछापको मन्थलीमा मन्थली नगरपालिका र अन्य निकायहरूले छुट्टाछुट्टै धान दिवस मनाएका हुन् ।कृषि विकास कार्यालय रामेछाप र राष्टिय कृषि आधुनिकिकरण कार्यक्रम रामेछाप र रामेछाप बहु प्राबिधिक शिक्षालयको संयुक्त आयोजनामा मन्थली नगरपालिका वडा नं– १ स्थित मदौमा धान रोपेर धान दिवस मनाएको छ भने मन्थली नगरपालिकाले वडा नं –५ को छत्तिवनमा धान रोपेर धान दिवस मनाएको हो ।यति बेला सम्म करिब ५० प्रतिशत भन्दा बढि क्षेत्रफलमा धान रोपाई भैसक्नु पर्नेमा यस वर्ष परेको लामो खडेरीका कारण २० प्रतिशत मात्र धान रोपाई भएको कृषि विकास कार्यालय रामेछापका प्रमुख प्रमोद दाहालले बताउनुभयो । उहाँका अनुसार रामेछाप जिल्लामा ७ हजार ८ सय हेक्टर क्षेत्रफलमा धान खेती हुँदै आइरहेको छ । रामेछाप जिल्लाका अन्य पालिकाहरुले पनि आ आफ्नो पालिका क्षेत्र भित्र रहेका विभिन्न फाँटहरुका धान रोपेर धान दिवस मनाको समाचार प्राप्त भएको छ ।
कृषि

मन्थलीमा छुट्टा छुट्टै धान दिवस मनाइयो

२१ श्रावण २०८२, मंगलवार
सकरात्मक सोच द्वारा रचनात्मक जीवनशैली कार्यक्रम मन्थलीमा सुरु
समाचार

सकरात्मक सोच द्वारा रचनात्मक जीवनशैली कार्यक्रम मन्थलीमा सुरु

२१ श्रावण २०८२, मंगलवार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero