रामेछाप । गत आईतबार बाट बुधबार सुनापति गाउँपालिमा सम्पन्न चौथो अध्यक्ष कप खुला पुरुष भलिबलको उपाधि मुगिखोला युवा क्लब मुगिटारले चुमेको छ । गत आईतबारबाट लगातार ४ दिन सम्म सँचालन भएको फाइनले खेलमा मुगिखोलाले आयोजक टिम सुनापति गाउँपालिका लाई पराजित गर्दे चौथो अध्यक्ष कपको उपाधि चुम्न सफल भएको हो । बेष्ट अफ फाइभ अन्तर्गत खेलाइएको खेलमा मुगिखोला युवा क्लबले आयोजक टिम सुनापति गाउँपालिका खेलकुद विकास समितिलाई ३–२ को सेटमा पराजित गर्दै उक्र उपाधि चुमेको थियो ।
विजेता मुगिखोला युवा क्लबले १ लाख ५० हजार रुपैयाँ नगद साथै ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । त्यस्तै उपविजेता आयोजक टिमले १ लाख रुपैयाँ नगद साथै, ट्रफि, मेडल र प्रमाणपत्रसहित हात पारेको छ ।सो क्रममा विजेता टिम मुगिखोला युवा क्लबले एक लाख ५० हजार पुरस्कार सहित ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । त्यस्तै उपविजता अर्थात् द्वितीय हुने आयोजक टिमले एक लाख पुरस्कार सहित ट्रफि मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । फाइनल खेलमा मुगिखोला युवा क्लबले ३÷२ ले पराजित गरेको थियो ।
सुनापति गाउँपालिका खेलकुद विकास समितिको आयोजनामा सम्पन्न भएको चौथो अध्यक्ष कप खुला पुरुष भलिबल प्रतियोगिताको फाइनल खेलअघि तृतीय स्थानका लागि भएको प्रतिस्पर्धामा जीएनइबिएस माकादुमले बेथान युवा समाजलाई पराजित गर्दै ५० हजार रुपैयाँ नगद, ट्रफि, मेडल र प्रमाणपत्र सहित तेस्रो स्थान हाँसिल गर्न सफल भएको थियो । त्यसैगरि प्रतियोगितामा बेथान युवा समाजले २५ हजार रुपैयाँ नगर साथै ट्रफि, मेडल र प्रमाणपत्र सहित चौथो स्थान हासिल गरेको थियो ।
प्रतियोगितामा उत्कृष्ट सर्वर, जिएनइविसका रोशन मगर, बेष्ट सेटर आयोजक टिमका देबेन्दर परिवार, बेष्ट स्पाइकर मुगीखोला युवा क्लवका शुशिल खडका, वेष्ट ब्लकर सनुज चौधरी, बेष्ट डिफेन्डर आयोजक टिमका राजन दर्लामी घोषित भए भने सर्वोत्कृष्ट खेलाडी राष्ट्रिय खेलाडीसमेत रहेका मुगीखाला युवा क्लवका दुर्गाबहादुर खड्का बने । समापन कार्यक्रममा विजेता टिम र उत्कृष्ट खेल खेलेका खेलाडिहरुलाई गाउँपालिकाका अध्यक्ष ठुलोकान्छा तामाङ्गले नगद टफि तथा पुरस्कार वितरण गरेका थिए । सो अवसरमा उनले विजेत टीम उत्कृष्ट खेलाडी र आयोजक खेलकुद विकास समितिलाई समेत धन्यवाद दिएका थिए ।











यो बारेमा तपाईको प्रतिकृया