Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

रामेछाप एमालेले बनायो ५ सय ५१ सदस्यीय निर्वाचन परिचालन कमिटी

नेपाल अभियान नेपाल अभियान
२३ माघ २०८२, बिहीबार
in देश, प्रदेश नं ३, राजनीति, समाचार, समाज
0
24
SHARES
Share on FacebookShare on Twitter

रामेछाप । निर्वाचन अभियानलाई तिब्र बनाएको नेकपा एमाले रामेछापले फागुन २१ गते को निर्वाचनलाई थप प्रभावकारी बनाउन पार्टि जिल्ला कमिटी अध्यक्ष पुरुषोत्तम कडरियाको संयोजकत्वमा ५सय ५१ सदस्यीय निर्वाचन परिचालन कमिटी गठन गरेको छ। आफना उम्मेदवार माधव ढुङ्गेललको जितलाई सुनिश्चित बनाउँने मुल उदेश्यका साथ पार्टिले उक्त निर्वाचन परिचालन कमिटी गठन गरेको हो ।
त्यसैगरि एमाले रामेछापले आफनो उमेद्वारलाई निर्वाचित गराउने अभियानमा सक्रियताका साथ लाग्न पनि आफना कार्यकर्ताहरुलाई एमालेले आग्रह गरेको छ । ढुङ्गेलको उम्मेद्वारी दर्ता लगत्तै घरदैलो अभियानमा जुटेको एमाले रामेछापले यस पटक नयाँ र प्रभावशालि युवालाई उम्मेदवार बनाएको र जिल्लाको विकासमा उहाँको योग्यता र विज्ञता प्रभावकारी हुने भन्दै ढुक्कका साथ मतदाताकोमा पुगेर मतदान प्रकृयामा सहभागि गराउन पनि आग्रह गरेको छ ।
एमाले प्रचार तथा प्रकाशन विभाग प्रमुख राकेश श्रेष्ठले दिनु भएको जानकारी अनुसार –पार्टिले अहिले सम्म गरेको निर्वाचन लक्षित घरदैलो अभियान, प्रचार–प्रसारमा नेता, कार्यकर्ता तथा जनताको सक्रिय सहभागिता सुनिश्चित गर्दै अभियानलाई अझ प्रभावकारी र तीव्र बनाइने निर्णय पनि पार्टिको बैठकले गरेको छ । साथै निर्वाचनलाई व्यवस्थित र प्रभावकारी बनाउन आवश्यक समन्वयका लागि संयोजन तथा समन्वय संयन्त्र समेत गठन गरिएको छ।
पार्टि संयन्त्रको संयोजकमा केन्द्रीय कमिटी सदस्य तथा प्रतिनिधिसभा उम्मेदवार माधव ढुङ्गेल रहेका छन्। संयन्त्रका सदस्यहरूमा केन्द्रीय कमिटी सदस्य गीता कार्की, पूर्व केन्द्रीय सल्लाहकार परिषद् सदस्य कमलप्रकाश सुनुवार, समानुपातिक उम्मेदवार राजकुमार श्रेष्ठ, प्रदेश कमिटीका वर्तमान तथा पूर्व सदस्यहरू, साथै प्रदेश सल्लाहकार परिषद्का सदस्यहरूलाई समावेस गरिएको छ ।
त्यसै गरी बैठकले एमाले रामेछापका उपाध्यक्ष होतराज ढकालको संयोजकत्वमा निर्वाचन परिचालन आर्थिक उपसमिति समेत गठन गरेको छ। उक्त उपसमितिमा रामेछाप–काठमाडौँ सम्पर्क कमिटी अध्यक्ष प्रमोद भण्डारी (रवीन्द्र) तथा जिल्ला आर्थिक विभागका सचिव र सदस्यहरूलाई समावेश गरेको छ ।
त्यस्तै बैठकले प्रचार विभाग प्रमुख राकेश श्रेष्ठको संयोजकत्वमा ४१ सदस्यीय निर्वाचन प्रचार–प्रसार उपसमिति पनि गठन गरेको छ। उपसमितिमा पार्टीका प्रचार विभागका पदाधिकारी, पालिका कमिटीका प्रचार प्रमुखहरू, प्रेस चौतारी नेपाल, जनसङ्गठनका प्रचार विभाग प्रमुख तथा विभिन्न सञ्चार माध्यममा आबद्ध व्यक्तिहरूलाई पनि सदस्यको रुपमा समितिमा समावेश गरिएको छ ।
श्रेष्ठका अनुसार बैठकले पार्टी हित र गतिविधि विपरीत काम गरि अनुशासन उल्लङ्घन गरेको ठहर गर्दै जिल्ला कमिटी सदस्य लवहरि बुढाथोकी र राजकुमार मैनालीलाई पार्टी विधानबमोजिम जिम्मेवारीबाट बर्खास्त गर्नुका साथै पार्टी सदस्यता समेत निलम्बन गर्ने निर्णय गरेको छ। कार्वाीहको भागिदार भएका दुई मध्य सदस्य लबहरी बुढाथोकीले आफ्ना भाइ (रास्वपा) बाट उम्मेद्वार बनेपछि पार्टी परित्याग गरेका थिए भने, मैनाली उज्यालो नेपाल पार्टी निर्माण गरि उतै सक्रिय भएपछि उनलाई कार्वहि गरि पार्टि बाट निश्कासन गरिएको हो ।
पार्टिको सातौँ विस्तारित बैठकले प्रतिनिधिसभा प्रत्यक्षतर्फ माधवप्रसाद ढुङ्गेल सहित समानुपातिक तर्फका उमेद्वार रहेका राजकुमार श्रेष्ठलाई समेत विजय गराउने गरि चुनावी कार्यक्रमलाई सशक्त बनाउनका लागि विभिन्न कमिटि मार्फत कार्यकर्ताहरुलाई निर्देशन दिएको छ ।

Share10Tweet6Share2

Related Posts

राष्ट्रिय लाेक तथा दाेहाेरी गीत प्रतिष्ठान रामेछापमा कल्पना सुनुवार
समाचार

राष्ट्रिय लाेक तथा दाेहाेरी गीत प्रतिष्ठान रामेछापमा कल्पना सुनुवार

२३ माघ २०८२, बिहीबार
अग्रजको विदाईमा सहकर्मिको आईरो
देश

अग्रजको विदाईमा सहकर्मिको आईरो

२३ माघ २०८२, बिहीबार
हात्तिटारमा अविभावक शिक्षा कार्यक्रम
देश

हात्तिटारमा अविभावक शिक्षा कार्यक्रम

२३ माघ २०८२, बिहीबार
भैसैश्वर योग साधना केन्दले मनायो आफनो दोस्रो बार्षिक उत्सब
खेलकुद

भैसैश्वर योग साधना केन्दले मनायो आफनो दोस्रो बार्षिक उत्सब

२३ माघ २०८२, बिहीबार
मन्थलीमा छुट्टा छुट्टै धान दिवस मनाइयो मन्थली,१५ असार । खडेरीका बाबजुत पनि रामेछाप मा २३ औं धान दिवस मनाइएको छ ।æजलवायु मैत्री प्रबिधि,धानमा आम्मनिर्भता र सम्बृद्धिÆ भन्ने मुल नाराका साथ रामेछापको मन्थलीमा मन्थली नगरपालिका र अन्य निकायहरूले छुट्टाछुट्टै धान दिवस मनाएका हुन् ।कृषि विकास कार्यालय रामेछाप र राष्टिय कृषि आधुनिकिकरण कार्यक्रम रामेछाप र रामेछाप बहु प्राबिधिक शिक्षालयको संयुक्त आयोजनामा मन्थली नगरपालिका वडा नं– १ स्थित मदौमा धान रोपेर धान दिवस मनाएको छ भने मन्थली नगरपालिकाले वडा नं –५ को छत्तिवनमा धान रोपेर धान दिवस मनाएको हो ।यति बेला सम्म करिब ५० प्रतिशत भन्दा बढि क्षेत्रफलमा धान रोपाई भैसक्नु पर्नेमा यस वर्ष परेको लामो खडेरीका कारण २० प्रतिशत मात्र धान रोपाई भएको कृषि विकास कार्यालय रामेछापका प्रमुख प्रमोद दाहालले बताउनुभयो । उहाँका अनुसार रामेछाप जिल्लामा ७ हजार ८ सय हेक्टर क्षेत्रफलमा धान खेती हुँदै आइरहेको छ । रामेछाप जिल्लाका अन्य पालिकाहरुले पनि आ आफ्नो पालिका क्षेत्र भित्र रहेका विभिन्न फाँटहरुका धान रोपेर धान दिवस मनाको समाचार प्राप्त भएको छ ।
कृषि

मन्थलीमा छुट्टा छुट्टै धान दिवस मनाइयो

२३ माघ २०८२, बिहीबार
सकरात्मक सोच द्वारा रचनात्मक जीवनशैली कार्यक्रम मन्थलीमा सुरु
समाचार

सकरात्मक सोच द्वारा रचनात्मक जीवनशैली कार्यक्रम मन्थलीमा सुरु

२३ माघ २०८२, बिहीबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero