रामेछाप २६ माघ ।नेपाली कांग्रेसका केन्द्रीय सदस्य मथुराप्रसाद घिमिरेले नेपाली काँगे्रस पार्टि नयाँ नेतृत्व र नयाँ नितिका साथ आगामी फागुन २१ को निर्वाचनमा जान लागेको वताउनु भएको छ । सो कुरा उहाँले नेपाली काँग्रेस रामेछाप जिल्ला प्रचार प्रसारसमितिद्धारा मन्थलीमा सोमबार आयोजित पत्रकार सम्मेलनका क्रममा बताउनु भएको हो । निर्वाचनमा पार्टि भित्रको अवस्था र गतिविधिलाई बुझनका लागि सोमबार मन्थली आउनुु भएका केन्द्रिय अनुगमन समितिका सदस्य समेत रहेका सदस्य घिमिरेले काँग्रेसको नेतृत्वले जेन्जी आन्दोलनको अपेक्षा सहितको परिवर्तन र शुसासन वहालीका लागि पनि नेपाली काँग्रेसलनै जित्नु पर्ने दावि गर्नु भयो ।
घिमिरेले त्यसका लागि बदलिएको काँग्रेसको एजेन्डा र उमेद्वार रामचन्द्र खड्काको ईमान्दार छवि सहित मतदाताहरुकोमा पुगेर मतदानमा सरिक गराउन पनि आग्रह गर्नु भयो । निर्वाचन लक्षित आफनो जिम्मेवारी पुरा गर्न जिल्ल्लामा आउनु भएका केन्द्रिय सदस्य घिमिरेले यस पटको निर्वाचनमा काँग्रेस पार्टिमा समस्या नरहेकोले यस पटक कसै र कतैबाट पनि अन्तरघात नहुने पनि दावि पनि गर्नु भयो । पत्रकारहरुले सोधेको जिज्ञासा शान्त पार्दे केन्द्रिय सदस्य घिमिरेले यदि यस पटकको निर्वाचनमा कतैबाट अन्र्तघात र असहयोग नहुने र त्यसो भएको पाईएमा उसलाई पार्टिले कार्वाहि गर्ने निर्णय समेत भईसकेका जानकारी पनि दिनुभयो
कांग्रेस नेता घिमिरेले आगामी निर्वाचन प्रयोजनका लगि अनुशासन समिति गठन भइसकेको र कोहि कसैबाट पार्टी अनुशासन उल्लंघन गर्ने गतिविधि पार्टिका लागि अस्वीकार्य हुने स्पष्ट पार्नू भयो। गगन थापाको नेतृत्वको खुलेर प्रशंसा गर्दै उहाँले यस पटकको निर्वाचनमा कांग्रेस उम्मेदवारको जित सुनिश्चित हुने कुरामा आफु विश्वासत रहेको पनि बताउनु भयो ।
कांग्रेस केन्द्रबाट रामेछापका लागि खटिएका केन्द्रीय सदस्य घिमिरेले निर्वाचनको बेलामा देशभर कतैबाट पनि समस्या नहोस भनेर अनुगमन समिति सँगै केन्द्रिय अनुशासन समिति समेत गठन भईसकेको जानकारी पनि दिनु भयो । विगत होस् वा वर्तमान कांग्रेस भन्ने र कांग्रेसको नाममा सुविधा लिने तर पार्टीलाई सहयोग नगर्ने रोग नियमनका लागि पनि काँग्रेस प्रतिबद्ध रहेको पनि घिमिरेले वताउनु भयो । उहाँले भन्नु भयो भोट भाँड्ने नाममा कोहि कतैबाट कुनै पनि खालको हर्कत भएमा आवश्यक प्रमाणका आधारमा उसलाई कारबाही गरिने कुरा पनि उहाँले स्पष्ट पार्नू भयो ।सो क्रममा घिमिरेले नेता तारामान गुरुङको संयोजकत्वमा तीन सदस्यीय अनुशासन समिति बनाइ सकिएको पनि जानकारी दिनुभयो ।
उनले विधानले दिएको अधिकार प्रयोग गर्दै असन्तोष व्यक्त गर्न र राय बझाउने छुट नेकाका कार्यकताहरुलाई भएको र निर्वाचनको बेला पार्टीकै उम्मेदवारलाई हराउने नियतले गरेका कुनै पनि खालको गतिविधि पार्टिका लागि अस्वीकार्य हुने बताए । घिमिरेले कांग्रेस पर्टिसँग निर्वाचन लडेको लामो अनुभव रहेकाले आगामी निर्वाचनमा कसरी परिणाम आफ्नो पक्षमा पार्ने भन्ने स्पष्ट रणनीति रहेको समेत उल्लेख गरे । जसका कारण आगामी निर्वाचनबाट नेपाली कांग्रेस मुलुकको पहिलो र ठुलो दल बन्ने कुरालाई कसैले पनि रोक्न नसक्ने पनि उनको दावि थियो ।
रामेछापको चुनावी सन्दर्भमा बोल्दै नेता घिमिरेले रामेछापका उम्मेदवार रामचन्द्र खड्काको विजय सुनिश्चित रहेको दाबी पनि घिमिरेले गर्नु भयो । उहाँले काँग्रस नेता तथा कार्यकर्ताहरुको ईमान्दारीता र खड्काको निश्कलंकित व्यक्तित्व नै रामेछाप काँग्रसको निर्वाचन जित्ने आधार रहेको भन्दै सोहि कारण पनि खड्कालाई मत दिन पनि उँहाले रामेछापवासीहरुलाई आग्रह गर्नु भयो । प्रचार प्रसार समितिका सँयोजक हिमाल ढुँगेलको अध्यक्षतामा भएको पत्रकार सम्मेलन कार्यक्रममा केन्द्रिय सदस्य विनिता खड्का लगायत रामेछाप काँग्रसका नेता तथा कार्यकर्ताहरुको समेत उल्लेख्य रुपमा उपस्थिति रहेको थियो ।











यो बारेमा तपाईको प्रतिकृया