Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

आचार संहिता विपरीत काम गर्ने सञ्चारमाध्यमलाई कार्वाहि हुन्छ

बद्री नयाँघरे बद्री नयाँघरे
३० मंसिर २०७७, मंगलवार
in पत्रपत्रिका, समाचार
0
54
SHARES
Share on FacebookShare on Twitter

रामेछाप ३० मंङसिर ।  प्रेस काउन्सिल नेपालका सदस्य चेतनाथ धमलाले पत्रकार आचार संहिता बिपरित काम गर्ने पत्रकार र सञ्चार सञ्चार गृह लाई कार्वाहि हुने बताउनु भएको छ ।

सो कुरा उहाले सोमबार मन्थलीमा नेपाल पत्रकार महासंघ सँगको समन्वयमा प्रेस काउन्सील नेपालको आयोजनामा मन्थलीमा सम्पन्न पत्रकार आचार संहित र कोभिड १९ ले मिडियामा पारेको प्रभाव बिषयक अन्तरकृया कार्यक्रमका अबसमार बताउनु भएको हो । उहाले  आचार संहिता बिपरीत समाचार प्रकाशन र प्रसारण गर्ने सञ्चार माध्यमहरुलाई यस अघि पनि कार्बाहि भैरहेको र आगामी दिनमा पनि जारी रहने बताउनु भयो ।

उहाले पत्रकार हरुले आफ्नो आचार संहिता नाघ्न नहुने भन्दै सबै पत्रकारहरुलाई अचार संहितामा रहेर काम गर्न पनि आग्रह गर्नुभयो ।

प्रेस काउन्सील नेपालका निबर्तमान सदस्य एबं सञ्चार बिज्ञ इश्वरी ओझाले  प्रेस काउन्सिल यस्तो सस्था हो जसले राम्रो काम गर्ने पत्रकाहरुलाई धन्यवाद दिने र नराम्रो काम गर्ने पत्रकार वा सञ्चार गृहहरुलाई कार्वाहि गर्ने एक मात्र संबैधानिक निकाय भएको बताउनु भयो ।

उहाले काउन्सिलले बिभिन्न जिल्लामा पत्रकार आचार संहिताका बारेमा जानकारी गराउदै हिडिरहेको भन्दै आचार संहिता बिपरीत काम गर्ने जुनसुकै पत्रकार वा सञ्चार गृहको बारेमा प्रेस काउन्सिलमा उजुरी गर्न पनि आग्रह गर्नुभयो ।

नेपाल पत्रकार महासंघ रामेछापका अध्यक्ष रमेश ढुंगेलको अध्यक्षता एबं जिल्ला समन्वय समितिका प्रमुख प्रेम बहादुर खड्काको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो ।

सो अबसरमा बोल्दै प्रमुख खड्काले मिडियामा आएको कुरा सबैले सत्य तथ्य भनेर मान्ने भएको हुदा भ्रामक र कपोकल्पीत समाचारहरु नलेख्न पत्रकारहरुलाई आग्रह गर्नुभयो ।

मन्थली नगरपालिकाका प्रमुख रमेश कुमार बस्नेतले पत्रकार हरुले पनि आफ्नो आचार संहितामा बस्नु पर्ने भन्दै केहि पत्रकारहरुले आचार संहिता नाघेर काम गर्ने गरेकोमा दुख ब्यक्त गर्नुभयो । उहाले भन्नुभयो म पत्रकाहरुका लागि जस्तो सुकै सहयोग गर्न तयार छु तर ब्यक्तिलाई भन्दा संस्थागत सयोग गर्न रुचाउछु उहाहरुले पनि आफ्नो आचार संहिता नाघेर काम गर्नु भएन ।

कार्यक्रमका अबसरमा ।  प्रेस काउन्सिल नेपालका सूचना अधिकारी रामशरण बोहोरा ले पत्रकार आचार संहिता का वारेमा जानकारी दिदै हाल सम्म अचार संहिता उल्लङघन गर्ने सञ्चार गृह हरु र उनीहरुलाई गरेको कार्वाहि का वारेमा जानकारी गराउनु भएको थियो ।

   सो अवसरमा सहायक प्रमुख जिल्ला अधिकारी बेद प्रसाद अर्याल, रामेछाप उद्योगबाणिज्य संघका अध्यक्ष केशव प्रसाद घिमिरे र कार्यक्रमममा सहभागि पत्रकार हरुले राखेको जिज्ञासाको जवाफ काउन्सिलको तर्फबाट दिइएको थियो ।

Share22Tweet14Share4

Related Posts

तालिम सुरु
समाचार

तालिम सुरु

३० मंसिर २०७७, मंगलवार
थपलियाको नेतृत्वमा होटल तथा पर्यटन ब्यवसायी संघ
संघ

थपलियाको नेतृत्वमा होटल तथा पर्यटन ब्यवसायी संघ

३० मंसिर २०७७, मंगलवार
घरेलु हिसा पिडित शर्मिला लाई इन्सेककाे सहयाेग
समाचार

घरेलु हिसा पिडित शर्मिला लाई इन्सेककाे सहयाेग

३० मंसिर २०७७, मंगलवार
रामेछाप उद्योग बाणिज्य संघमा प्रकाश श्रेष्ठ बिजयी
समाचार

रामेछाप उद्योग बाणिज्य संघमा प्रकाश श्रेष्ठ बिजयी

३० मंसिर २०७७, मंगलवार
समाचार

६९ आैं सहकारी दिवस विविध कार्यक्रमका साथ मनाईयाे

३० मंसिर २०७७, मंगलवार
रामेछाप उद्योग बाणिज्य संघको अधिबेशन सुरु
समाचार

रामेछाप उद्योग बाणिज्य संघको अधिबेशन सुरु

३० मंसिर २०७७, मंगलवार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.