Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

मन्थली क्याम्पसको शैक्षिक सुधारका लागि संयुक्त प्यानलद्वारा १४ बुँदै प्रतिबद्धता सार्वजनिक

नेपाल अभियान नेपाल अभियान
२ चैत्र २०७९, बिहीबार
in राजनीति, समाचार, समाज
0
46
SHARES
Share on FacebookShare on Twitter


.रामेछाप,२ चैत । यहि चैत्र ५ गते हुन लागेको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनका लागि मन्थली सहिद स्मृति बहुमुखी क्याम्पसको संयुक्त विद्यार्थी समुहको प्यानलले आफ्नो समुहको तर्फबाट १४ बँुदे प्रतिबद्धता पत्र सार्वजनिक गरेको छ ।
बिहिवार मन्थलीमा पत्रकार सम्मेलनको आयोजना गरी सो समूहले प्रतिबद्धता सार्वजनिक गरेको हो ।
प्रतिबद्धता पत्र स्ववियु सभापतिका उम्मेदवार अबिनास कार्कीले सार्वजनिक गरेका थिए । प्रतिबद्धता सार्वजनिक गर्दै उनले कलेजको विसंगति र विकृतिका विरुद्ध आफनो प्यानलको उमेद्वारी भएकाले त्यसका लागि सबैलाई साथ दिन आग्रह गरे । उनले भने –“यस अघिको स्ववियुले क्याम्पसको शैक्षिक सुधारका लागि खासै काम गर्न नसकेको र सोहि विसंगतिको निदान र विधिको शासन स्थापित गराउन आफ्नो प्यानल निर्वाचनमा होमिएको बताए ।”
उनले आफुहरु निर्वाचित भए क्याम्पको शैक्षिक क्षेत्रमा पनि आमुल परिवर्तन गदै क्याम्पसको शुसासन देखि शैक्षिक परिवर्तनका मुद्धाहरुमा लड्ने प्रतिबद्धता ब्यक्त गरे । त्यसका लागि आफ्नो प्यानललाई निर्वाचित गराउन पनि सबैलाई आग्रह गरे । उनले आफु र आफ्नो प्यानल विजयी भए क्याम्पस सँग सहकार्य गर्दै आम विद्यार्थीको हक, हित र अधिकार सुनिश्चितका लागि काम गर्ने प्रतिबद्धता गरे ।

प्रतिबद्धता पत्रमा क्याम्पसको पठन पाठनमा सुधार गर्दै आधुनिक र प्रविधियुक्त कक्षा कोठा निर्माण देखि जेहेन्दार,दलित,गरिब र असहाय विद्यार्थीहरुका लागि छात्रवृत्तिको व्यवस्था मिलाउने सम्मको कुरा उल्लेख गरिएको छ ।
उक्त प्रतिबद्धता पत्रमा क्याम्पसमा संकाय अनुसार पुस्तकालय,स्वच्छ खानेपानी, सरसफाइ युक्त शौचालय र ब्यवस्थित चमेनागृहको व्यवस्था गरिने कुरा समेत उल्लेख गरिएको छ ।
कुल ७ सय १४ जना विद्यार्थी मतदाता रहेको उक्त क्याम्पसमा हुन लागेको निर्वाचनलाई निश्पक्ष र शान्तिपुर्ण तरिकाले सम्पन्न गर्ने अभियानमा संचार माध्यम लगायत आम सरोकारवालालाई साथ दिन पनि संयुक्त प्यानलले आग्रह गरेको छ ।
स्ववियु निर्वाचनका लागि नेविसंघ,अखिल क्रान्तिकारी र अनेरास्ववियू विचको गठबन्धन गरी संयुक्त विद्यार्थी प्यानल बनाएर विद्यार्थीहरु चुनाबी मैदानमा होमिएका छन् ।
निर्वाचनमा सयुक्त प्यानलले आफ्ना सबै चुनावी कार्यक्रमहरु पनि सार्वजनिक गरेको छ । निर्वाचनमा यस प्यानल सँग एमाले निकट अनेरास्ववियुको प्यानल बिच प्रतिस्पर्धा हुने भएको छ ।
पत्रकार सम्मेलनमा सभापति लगायतका सवै उमेद्वारहरु तथा विद्यार्थी संगठनहरुका अध्यक्ष,जिल्ला पदाधिकारी,नेका र माओवादी केन्द्रका पार्टिका जिल्ला नेता सहितको उपस्थितिमा भएको पत्रकार सम्मेलनमा सहभागि नेताहरुले लोकतन्त्रको रक्षाका लागि बनेको गठबन्धनका साझा उमेद्वार हरुलाई जिताउन विद्यार्थी हरुलाई आग्रह गरेका थिए ।
पत्रकार सम्मेलनमा नेपाली काँग्रेसका नेता दिपेन्द्र खड्का,माओवादी केन्द्रका नेता शिशिर खड्गी,नेविसंघका जिल्ला अध्यक्ष विनोद बुढाथोकी,अखिल क्रान्तिकारीका जिल्ला अध्यक्ष केशब बस्नेत लगायतका नेता कार्यकर्ताहरु समेतको उपस्थिति रहेको थियो ।

Share18Tweet12Share3

Related Posts

ढुङ्गेल र हायू सम्मानित
समाचार

ढुङ्गेल र हायू सम्मानित

२ चैत्र २०७९, बिहीबार
नेपाल प्रेस युनियनमा कुमार
राजनीति

नेपाल प्रेस युनियनमा कुमार

२ चैत्र २०७९, बिहीबार
सेती पाखाको स्थानीयले पठाए राहत सामग्री
समाचार

सेती पाखाको स्थानीयले पठाए राहत सामग्री

२ चैत्र २०७९, बिहीबार
मन्थलीमा लाखे नाँचसुरू
समाचार

मन्थलीमा लाखे नाँचसुरू

२ चैत्र २०७९, बिहीबार
रसुवाको बाढीमा परी रामेछापका बेपत्ता हुनेको संख्या ३२ मध्ये १ जना सम्पर्कमा ३१ जनाको अबस्था अझै अज्ञात
समाचार

रसुवाको बाढीमा परी रामेछापका बेपत्ता हुनेको संख्या ३२ मध्ये १ जना सम्पर्कमा ३१ जनाको अबस्था अझै अज्ञात

२ चैत्र २०७९, बिहीबार
रसुवाको बाढीमा परी रामेछापका बेपत्ता २६ मध्ये १ जनाको उद्धार २५ अझै सम्पर्क विहीन
समाचार

रसुवाको बाढीमा परी रामेछापका बेपत्ता २६ मध्ये १ जनाको उद्धार २५ अझै सम्पर्क विहीन

२ चैत्र २०७९, बिहीबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero