
रामेछाप,७ चैत । मंगलवार मन्थलीमा सम्पन्न युवा संघ रामेछापको सातौँ अधिवेशनले सुरेन्द्र कार्कीको नेतृत्वमा ४७ सदस्यीय जिल्ला कमिटी गठन गरेको छ ।
अधिवेशनले संघको उपाध्यक्षमा मनिता सुनुवार, सचिवमा शिव सागर मगर, सह–सचिवमा रामहरी कार्की र बलराम थापा मगर र कोषाध्यक्षमा दिपक भण्डारीलाई चयन गरेको हो ।
नवौँ जिल्ला अधिवेशनको उद्घाटन सोमबार राष्ट्रिय युवा सघ नेपालका केन्द्रीय अध्यक्ष एवं एमाले केन्द्रीय सदस्य किरण पौडेलले एक समारोहका विच गरेका थिए । सो अबसरमा पौडेलले युवाहरुको ढुक ढुकीका रुपमा रहेको राष्ट्रिय युवा सघ नेपाल लाई हरेक युवाहरुको पृय थलो बनाउनु पर्ने र त्यसका लागि युवाहरुलाई जागरुकताका साथ लाग्न आग्रह गर्नु भयो । उहाँले संघलाई भरलाग्दो सङ्गठनको रुपमा अगाडि बढाउनु पर्ने कुरामा पनि जोड दिनुभयो ।
यो बारेमा तपाईको प्रतिकृया