Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

राजस्व सङ्कलन गर्ने मात्र प्रहरीको काम हैन – प्रदेश प्रहरी प्रमुख राणा 

रमेश ढुङ्गेल रमेश ढुङ्गेल
११ जेष्ठ २०८०, बिहीबार
in प्रहरी-प्रशासन, समाचार, समाज
0
74
SHARES
Share on FacebookShare on Twitter

 

मन्थली,११ जेठ  । बागमती प्रदेश प्रहरी प्रमुख,प्रहरी नायव महानिरीक्षक (डी.आइ.जी.पी.) किरण राणाले प्रहरीको काम सवारी साधनसँग जरिवाना लिएर राजस्व सङ्कलन गर्ने मात्र नभएको बताउनु भएको छ । 

सो कुरा उहाँले विहिवार रामेछापको मन्थलीमा जिल्ला प्रहरी कार्यालय रामेछापले आयोजना गरेको  एक  अन्तरक्रिया  कार्यक्रमका अवसरमा बताउनु भएको हो ।

उहाँले मापदण्ड विपरीत चलेका सबै सवारी साधन लाई कानुनी दायरामा ल्याउने भन्दै  चालकको एक÷दुई पटकको गल्तीमा  जरिवाना नगरी सम्झाएर पठाउन ट्राफिक प्रहरीहरूलाई अनुरोध गर्नुभयो ।

 प्रमुख राणाले प्रहरीहरूको काम राजस्व सङ्कलन मात्र नभएर शान्ति सुरक्षा, सवारी व्यवस्थापन, विभिन्न घटनाहरुको अनुसन्धान गर्ने समेत रहेको बताउनुभयो । उहाँले जबरजस्ती करणी र आत्महत्यामा बागमती प्रदेश दोस्रो स्थानमा रहेकोले यस्ता घटनाहरुलाई कम गर्ने खालका कार्यक्रमहरू बागमती प्रदेशका सबै जिल्लामा ल्याइने बताउनुभयो ।   

दुर्घटना न्यूनीकरण गर्न सिन्धुली र काभ्रेको राजमार्गमा माथिल्लो निकाय बाटै टाइम कार्ड लागु गरिएको भए पनि “यो टाइम कर्ड व्यावसायिक उपार्जनका लागि लागु गरेको जस्तो भएको” भनेर नागरिकहरूले गुनासो गरिरहेको हुँदा यसलाई थप व्यवस्थित गर्ने बताउनुभयो । 

कार्यक्रमका अवसरमा बोल्दै मन्थली नगर प्रमुख लव श्रेष्ठले मन्थली नगरपालिकाको वडा नं ८ र ९ तथा  ११ र १२ को बिचमा प्रहरी विट थप्नु पर्ने, आर्थिक चपेटामा परेर आत्महत्या गर्नेको सङ्ख्या बढ्दै गएकोले त्यसको न्यूनीकरणका कार्यक्रमहरू ल्याउनु पर्ने र मन्थली बाट काठमाडौँ जाँदा बाटोमा लागु गरिएको टाइम कार्डले नागरिकहरूको सुरक्षा भन्दा हैरानी खेप्नु परेको साथै १२५ किमी सडक पार गर्न  ५÷६ घण्टा बिताउनुपर्ने भएकोले यसको व्यवस्थापन गर्न अनुरोध गर्नुभयो ।   

प्रहरीहरूले गरेको  सकारात्मक र नकारात्मक कामका वारेमा सुझाव सङ्कलन गर्ने उद्देश्यले गरिएको अन्तरक्रियात्मक कार्यक्रममा लिखु खोलामा दुगर्ड ग्रुप द्वारा सञ्चालित हाइड्रो पावर कम्पनीले मापदण्ड विपरीत काम गर्दा स्थानीय नागरिकहरूले सास्ती भोग्नु परेको, जिल्लाको ट्राफिक व्यवस्थापनमा समस्या रहेको र प्रहरीले घटना घट्ने बित्तिकै उजुरी लिन आनाकानी गर्ने गरेको बारेमा  नागरिक समाजका अगुवाहरूले प्रदेश प्रहरी प्रमुखको ध्यानाकर्षण गराएका थिए । 

कार्यक्रम जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी नायव उपरीक्षक होम बहादुर पराजुलीको अध्यक्षता तथा मन्थली नगर प्रमुख लव श्रेष्ठको प्रमुख आतिथ्यतामा भएको थियो । 

Share30Tweet19Share5

Related Posts

पुष्पलाल स्मृति पत्रकारीता पुरस्कार पौडेललाई
समाचार

पुष्पलाल स्मृति पत्रकारीता पुरस्कार पौडेललाई

११ जेष्ठ २०८०, बिहीबार
बृक्षरोण र जरा अभियान समापन कार्यक्रम गरी वि.पी. स्मृति दिवस मनाइयो
समाचार

बृक्षरोण र जरा अभियान समापन कार्यक्रम गरी वि.पी. स्मृति दिवस मनाइयो

११ जेष्ठ २०८०, बिहीबार
रामेछाप न.पा.काे खर्च ६८.७ प्रतिशत मात्र
विविध

रामेछाप न.पा.काे खर्च ६८.७ प्रतिशत मात्र

११ जेष्ठ २०८०, बिहीबार
राष्ट्रिय लाेक तथा दाेहाेरी गीत प्रतिष्ठान रामेछापमा कल्पना सुनुवार
समाचार

राष्ट्रिय लाेक तथा दाेहाेरी गीत प्रतिष्ठान रामेछापमा कल्पना सुनुवार

११ जेष्ठ २०८०, बिहीबार
अग्रजको विदाईमा सहकर्मिको आईरो
देश

अग्रजको विदाईमा सहकर्मिको आईरो

११ जेष्ठ २०८०, बिहीबार
हात्तिटारमा अविभावक शिक्षा कार्यक्रम
देश

हात्तिटारमा अविभावक शिक्षा कार्यक्रम

११ जेष्ठ २०८०, बिहीबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero