Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

मुगिटार माविको प्रथम स्मारिका विमोचन 

नेपाल अभियान नेपाल अभियान
८ असार २०८०, शुक्रबार
in शिक्षा, समाचार, स्थानीय सरकार
0
189
SHARES
Share on FacebookShare on Twitter

मन्थली,८ असार । श्री रुद्राक्षेश्वर माध्यमिक विद्यालय मुगिटारले शुक्रवार एक कार्यक्रमको आयोजना गरी विद्यालयको प्रथम स्मारिका विमोचन गरेको छ । 

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दीपक राज प्रसाईको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमको उद्घाटन र स्मारिकाको विमोचन बागमती प्रदेश सांसद आनन्द कुमार श्रेष्ठले गर्नु भएको थियो । 

कार्यक्रमका अवसरमा   पत्रकार रमेश ढुङ्गेलले सो विद्यालयमा आफ्नी स्व आमा शान्ता कुमारी ढुङ्गेको नाममा १ लाख ११ हजार १ सय एघार रुपैयाँको अक्षय कोष स्थापना गर्ने घोषणा गर्नु भएको छ भने समाजसेवी सङ्गीता कडरियाले आफ्नी मावलीकी हजुरआमा मैयाँदेवी प्रसाईँको नाममा रु २ लाखको र पूर्व विद्यार्थी कुवेर दाहालले आफ्नो स्व बुवा एवं सोही विद्यालयका पूर्व प्र अ यादव प्रसाद दाहालको नाममा रु १ लाख ११ हजार १ सय एघार रुपैयाँको अक्षय कोष स्थापनाका लागि नगदै हस्तान्तरण गर्नु भएको थियो ।  कार्यक्रमका अवसरमा बोल्ने अधिकांस वक्ताहरूले विद्यालयको शैक्षिक सुधार गर्नु पर्ने कुरालाई जोड दिएका थिए । 

कार्यक्रमका अवसरमा बोल्दै प्रमुख अतिथि एवं प्रदेश सांसद श्रेष्ठले अधिकांश सामुदायिक विद्यालयहरूको शैक्षिक गुणस्तर खस्कँदै गइरहेकोले गुणस्तरीय पठन पाठनका लागि शिक्षक, विद्यार्थी र अभिभावक तीनै पक्ष मिल्नु पर्ने कुरालाई जोड दिनुभयो । त्यसै गरी मन्थली नगरपालिकाका प्रमुख लव श्रेष्ठ ले नगरले अहिले शैक्षिक सुधार अन्तर्गत जुन तहको विद्यालय छ त्यही तहको शिक्षकलाई प्र.अ बनाउने गरी मापदण्ड बनाएर कार्यान्वयनमा ल्याउन लागेको भन्दै अब माध्यमिक विद्यालयहरूमा प्रावि र निमाविका शिक्षकहरू प्र.अ हुन नपाउने बताउनुभयो । 

कार्यक्रमका अवसरमा वडा नं–७ का वडा अध्यक्ष भुवन हरि प्रसाईँ, ८ का वडा अध्यक्ष गोपाल श्रेष्ठ,पूर्व प्र अ पवनराज दाहाल, पत्रकार महासङ्घ बागमती प्रदेश कोषाध्यक्ष रमेश ढुङ्गेल,स्थानीय पाण्डव प्रसाईँ,विद्यालय व्यवस्थापन समितिका निवर्तमान अध्यक्ष श्री बहादुर माझी, पिटिएका अध्यक्ष छत्र मुंग्राती, स्थानीय शिक्षक मोतीलाल लामा लगाएतले आ–आफ्नो मन्तब्य राखेका थिए । 

२०१४ सालमा स्थापना भएको यस विद्यालयमा अध्यापन गराउने पूर्व प्रधानाध्यापकहरु क्रमश सिद्धिराज श्रेष्ठ, नारायण प्रसाद उप्रेती, रामचन्द्र शर्मा कँडेल, यादव दाहाल , भुवन हरि प्रसाईँ , कृष्ण प्रसाद ढुङ्गेल,पवनराज दाहाल, लगाएत लाई  विद्यालयले सम्मान गरेको छ । त्यसै गरी विद्यालय स्थापना कालदेखि हाल सम्म बढी चन्दा दिने एवं व्यवस्थापन समितिमा रहेर काम गर्ने करिब ६५ शिक्षाप्रेमीहरुलाई पनि सम्मान गरिएको थियो । 

 कार्यक्रमका अवसरमा सो विद्यालयमा अध्ययनरत विद्यार्थीहरूले विभिन्न सांस्कृतिक कार्यक्रमहरू प्रदर्शन   समेत प्रदर्शन गरेका थिए । 

Share76Tweet47Share13

Related Posts

पुष्पलाल स्मृति पत्रकारीता पुरस्कार पौडेललाई
समाचार

पुष्पलाल स्मृति पत्रकारीता पुरस्कार पौडेललाई

८ असार २०८०, शुक्रबार
बृक्षरोण र जरा अभियान समापन कार्यक्रम गरी वि.पी. स्मृति दिवस मनाइयो
समाचार

बृक्षरोण र जरा अभियान समापन कार्यक्रम गरी वि.पी. स्मृति दिवस मनाइयो

८ असार २०८०, शुक्रबार
रामेछाप न.पा.काे खर्च ६८.७ प्रतिशत मात्र
विविध

रामेछाप न.पा.काे खर्च ६८.७ प्रतिशत मात्र

८ असार २०८०, शुक्रबार
राष्ट्रिय लाेक तथा दाेहाेरी गीत प्रतिष्ठान रामेछापमा कल्पना सुनुवार
समाचार

राष्ट्रिय लाेक तथा दाेहाेरी गीत प्रतिष्ठान रामेछापमा कल्पना सुनुवार

८ असार २०८०, शुक्रबार
अग्रजको विदाईमा सहकर्मिको आईरो
देश

अग्रजको विदाईमा सहकर्मिको आईरो

८ असार २०८०, शुक्रबार
हात्तिटारमा अविभावक शिक्षा कार्यक्रम
देश

हात्तिटारमा अविभावक शिक्षा कार्यक्रम

८ असार २०८०, शुक्रबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero