Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

खेलको विकास विना देशको विकास असम्भव ः मुख्य सचेतक काफ्ले

नेपाल अभियान नेपाल अभियान
७ श्रावण २०८०, आईतवार
in राजनीति, समाचार, समाज, स्वास्थ्य
0
58
SHARES
Share on FacebookShare on Twitter


रामेछाप,७ साउन । नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं काँग्रेस बागमती प्रदेशका प्रमुख सचेतक कुन्दनराज काफ्लेले देश विकासको लागि खेलकुदको विकास आवश्यक रहेको बताउनु भएको छ । खेलको विकास विना देशको विकास सम्भब नहुने भएकोले अनुशासन र स्वास्थ्यका लागि पनि नेविसंघले खेलकुदको क्षेत्रलाई महत्व दिइरहेको बताउनुभयो ।


सदरमुकामा मन्थलीमा रहेको मन्थली माविको (सिटिइभिटी) नेविसंघ इकाई समितिद्धारा वि.पी स्मृति दिवसका अवसरमा आयोजित मन्थली नगर स्तरीय अन्तर मावि पुरुष फुटबल प्रतियोगिता विपी स्मृति कप–२०८०को आईतबार मन्थली माविको खेल मैदानमा उद्घाटन गर्ने क्रममा प्रमुख अतिथि काफ्लेले सो कुरा बताउनुभएको हो ।
पार्टीको केन्द्रीय सदस्य समेत रहेका काफ्लेले नेपाली काँगे्रस स्पष्ट दृष्टिकोण र नीतिका आधारमा चल्ने पार्टि भएकोले उसले आफ्नो केन्द्रीय समितिको बैठकको प्रत्यक्ष प्रसारण गरेर नयाँ कामको सुरुवात गरेको पनि बताउनुभयो । उहाँले बैठकको प्रत्यक्ष प्रसारण गरेर जनतालाई पार्टीमा भएका गतिविधि बारे स्पष्ट बुझ्ने बाटो कांग्रेसले बनाइदिएको दाबी पनि गर्नु भयो ।
नेपाली काँग्रेसले १० वर्ष देश चलाउने हो भने देशलाई समृद्ध र विकसित मुलुक बनाउने सक्ने पनि उनले दावी गर्नुभयो । काँग्रेसबाट मात्र देशको विकास सम्भव रहेको भन्दै काँग्रेसले मात्रै देशलाई समृद्ध पार्ने उहाको भनाई छ ।
नेता काफ्लेले पछिल्लो समयमा देशका हरेक क्षेत्रमा भ्रष्टाचार, बेथिति बढेको भन्दै भने ‘आफ्ना नाउँमा, नाताको नाउँमा, धर्मका नाउँमा,पार्टी अनि नातागोताका नाउँमा गरिने संरक्षणको अन्त्य नभए सम्म बेथिति संस्थागत भई रहने दावी गर्नुभयो ।
नेविसंघ ईकाई सभापति गौरव न्यौपानेको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा रामेछाप काँग्रेसका नेता एवं रामेछाप नगर प्रमुख लब श्री न्यौपानेले पनि स्वस्थयका लागि खेलकुद अत्यन्तै आबश्यक भएकोल स्थानीय पालिकाहरुले पनि खेल क्षेत्रलाई अत्यन्तै महत्व दिने गरेको बताउनुभयो । कार्यक्रमका अबसरमा नेविसंघका जिल्ला अध्यक्ष विनोद बुढाथोकी लगायतले पनि शुभकामना मन्त्ब्य राख्नु भएको थियो । प्रतियोगितामा मन्थली नगर भित्र रहेका मावि हरु विच प्रतिस्पर्धा हुने आयोजक पक्षले जनाएको छ । विजयी हुने टिमलाई मेडल,नगद र ट्रफिको पनि ब्यबस्था गरिएको पनि आयोजकले वताएको छ ।

Share23Tweet15Share4

Related Posts

ढुङ्गेल र हायू सम्मानित
समाचार

ढुङ्गेल र हायू सम्मानित

७ श्रावण २०८०, आईतवार
नेपाल प्रेस युनियनमा कुमार
राजनीति

नेपाल प्रेस युनियनमा कुमार

७ श्रावण २०८०, आईतवार
सेती पाखाको स्थानीयले पठाए राहत सामग्री
समाचार

सेती पाखाको स्थानीयले पठाए राहत सामग्री

७ श्रावण २०८०, आईतवार
मन्थलीमा लाखे नाँचसुरू
समाचार

मन्थलीमा लाखे नाँचसुरू

७ श्रावण २०८०, आईतवार
रसुवाको बाढीमा परी रामेछापका बेपत्ता हुनेको संख्या ३२ मध्ये १ जना सम्पर्कमा ३१ जनाको अबस्था अझै अज्ञात
समाचार

रसुवाको बाढीमा परी रामेछापका बेपत्ता हुनेको संख्या ३२ मध्ये १ जना सम्पर्कमा ३१ जनाको अबस्था अझै अज्ञात

७ श्रावण २०८०, आईतवार
रसुवाको बाढीमा परी रामेछापका बेपत्ता २६ मध्ये १ जनाको उद्धार २५ अझै सम्पर्क विहीन
समाचार

रसुवाको बाढीमा परी रामेछापका बेपत्ता २६ मध्ये १ जनाको उद्धार २५ अझै सम्पर्क विहीन

७ श्रावण २०८०, आईतवार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero