मन्थली,२७ असोज । नेपाल विद्यार्थी संघ रामेछापले अन्तर प्रदेश स्तरीय पुरुष भलिवल प्रतियोगिता (प्रथम नेविसंघ कप –२०८० को) आयोजना गरेको छ ।
शनिवार पत्रकार सम्मेलनको आयोजना गरी नेविसंले सो कुराको जानकारी गराएको हो ।
नेविसंघका जिल्ला अध्यक्ष विनोद बुढाथोकीले जिल्लामा पहिलोपटक गर्न लागेको नेविसंघ कप–२०८० का लागि १३ वागमती प्रदेश अन्तर्गतका १३ जिल्लाहरु मध्ये १० जिल्लाका खेलडीहरुको नाम दर्ता भैसकको जानकारी गराउनुभयो ।
पत्रकार सम्मेलनका क्रममा सहभागि सबै खेलाडीहरुलाई बस्ने ब्यसस्था गरिएको साथै प्रथम द्वितिय, तृतिय र सान्त्वना हुने समुहहरुलाई क्रमशः नगद रु २ लाख, १ लाख ५० हजार, १ लाख र ५० हजार सहित शिल्ड ,मेडल र प्रमाणपत्र दिने जनाइएको छ ।
बिजया दशमीको अबसर पारेर यहि असोज २८ र २९ गते हुने सो खेलको उद्घाटन वागमती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री बहादुर सिं लामाले गर्ने र समापन संघिय अर्थ मन्त्री डा प्रकाश शरण महतले गर्ने कार्यक्रम रहेको आयोजनकले जनाएको छ ।
यो बारेमा तपाईको प्रतिकृया