मन्थली,११ कार्तिक । कोजाग्रत पुर्णिमाको अवसर पारेर नेपाली काँग्रेस जिल्ला कार्य समिति रामेछापले बडा दशै, शुभ दिपावाली नेपाल संम्बत र छठ पर्वको अवसर भन्दै शुभकामना तथा चियापान कार्यक्रमको आयोजना गरेको छ ।
पार्टि सभापति पूर्ण बहादुर तामाङ (कान्छाराम) को अध्यक्षतामा भएको उक्त कार्यक्रममा, नेकपा एमालेका प्रदेश सांसद आनन्द श्रेष्ठ, पार्टि उप सचिव प्रकाश कुमार कार्की, एकिकृत माओवादी केन्द्रका प्रदेश सांसद तारानारायण श्रेष्ठ लगाएत नेपाली काँग्रेसका विभिन्न तहका पधाधिकारीहरु, जन निर्बाचित प्रतिनिधिहरु र काँग्रेसका कार्यकर्ताहरुको सहभागिता रहेको थियो । नेपाली काँग्रेस केन्द्रीय समितले पनि कोजाग्रत पूर्णिमाको अबसर पारेर हरेक वर्ष शुभकामना तथा चियापान कार्यक्रमको आयोजना गर्ने गरेको छ ।
यो बारेमा तपाईको प्रतिकृया