Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

गाईजात्रा पर्वका अवसरमा रामेछापमा पनि विविध कार्यक्रम

रमेश ढुङ्गेल रमेश ढुङ्गेल
४ भाद्र २०८१, मंगलवार
in समाचार, समाज, स्थानीय सरकार
0
28
SHARES
Share on FacebookShare on Twitter

मन्थली,४ भदौ । आज गाईजात्रा पर्व रामेछापको मन्थली लगाएतका विभिन्न स्थानमा विबिध कार्यक्रमका साथ मनाइँदै छ । सोही अबसर पारेर जिल्लाको नेवारी समुदायले रामेछापका विभिन्न ठाँउमा बिबिध कार्यक्रमको अयोजना गरी गाईजात्रा पर्व मनाउँदै छ ।  नेवारी समुदायको उल्लेख्य संख्यामा वासोवास भएकोले यस पर्वको अबसरमा वागमती प्रदेश सरकारले प्रदेश भर सार्वजनिक विदा समेत दिएको छ । 

बिषेश गरी नेवारी समुदायले मनाउने यो पर्व वर्ष दिन भित्र मृत्यू भएका आफन्तहरुको सम्झनामा उनीहरुको तस्वीर सहित बजार परिक्रमा गर्ने र नाचागान गर्ने गरेर यो पर्व मनाउने गरिन्छ ।
नेवाः खल रामेछाप र नेवाः दवु रामेछापको संयुक्त आयोजनामा आज विहान मन्थलीमा स्थानीय दिलकुमार मानन्धरको घरबाट यहि पुष महिनामा मृत्यु भएकी उहाँकी आमा सन्तमाया मानन्धरको तस्वीर र बाजागाजा सहितको र्यालीले मन्थली वजारका विभिन्न भागहरु परिक्रमा गरी गाइजात्रा पर्व मनाएको थियो ।त्यसैगरी सो अवसरमा नेवारी समुदायका वालवालिकाहरुले वर्तमान सन्दर्भमा मुलुकको परिवेशलाई ब्यङ्य गर्दै समसामयिक विषयमा सडक नाटक समेत प्रदर्शन गरेका थिए ।

रामेछापको मन्थली नगरपालिका वडा नं–८ चिसापानी, रामेछाप नगरपालिकाको वडा नं–८ भंगेरी र गोकुलगंगा गाँउपालिकाको ठोसेमा रहेका नेवारी समुदायमा पनि विभिन्न कार्यक्रमको आयोजना गरी आज साझ सम्म यो पर्व मनाइदै छ ।
आफ्नो समुदायको परम्परागत सस्कृति लाई जगेर्ना गर्न पुस्तान्तरण गर्दैै आफुहरुले भिविन्न कार्यक्रमहरु गर्न सिकाउने गरेको मन्थलीका जेष्ठ नागरिक कोमल बहादुर श्रेष्ठले बताउनुभयो । मल्ल राजाको पाला देखिनै आफ्नो समुदायले यस्तो कार्यक्रम गर्ने गरेको र त्यसको निरन्तरताका लागि पनि यस्ता कार्यक्रमहरु हरेक वर्ष गर्न जरुरी रहेको पनि उहाँले बताउनुभयो ।


यस्ता नेवारी रीतिरीवाजले आफ्नो समुदायमा आपसी सदभाव बढाउने र मृतक परीवारमा समवेदना ब्यक्त गर्न तथा मृतात्माको चीर शान्तिको लागि पनि आफ्नो समुदायले यस्ता कार्यक्रमहरु सञ्चालन गर्ने गरको नेवा खलः रामेछापका अध्यक्ष शेखरमान श्रेष्ठले बताउनुभयो ।


यस अघि जंगलमा रहेको राक्षसको रुपलाई गाँउ र नगरमा ल्याएर नगर वस्तीका सबै लाई रक्षा होस भनेर राक्षसको रुपमा रहेको रक्षित लाई पुजा गर्र्ने गरिएको र आज निकालिएको गाइजात्रालाई यम को रुपमा लिने गरेको र मृतकको आत्म शान्तिको लागि यो पर्व मनाइने गरिएको स्थानीय सीता श्रेष्ठले बताउनुभयो ।


बिषेशतः यो पर्व रामेछापको चिसापनी,भंङ्गेरी,ठोसे मन्थलीमा रहेको नेवारी समुदायमा यो पर्व मनाउने गरिन्छ । आज देखि सुरु भएको यो पर्व रोपाई जात्रा, विहे जात्रा, लाखे नाच गर्दै कृष्णजन्मास्टमीको भोलिपल्ट राक्षसको रुपमा रहेको लाखेलाई मारेर यो पर्वको समापन गरिन्छ ।
यस्ता कार्यक्रमहरुलाई स्थानीय सरकारले सहयोग गर्न सके आफ्नो समुदायको संस्कृति र परम्परा जगेर्ना हुने मन्थली नगरपालिका वडा नं –८ का स्थानीय विजानवी जेष्ठ बताउनुहुन्छ ।

Share11Tweet7Share2

Related Posts

पालिकाका असल अभ्यास शिक्षा विकास तथा समन्वय इकाइको क्यालेन्डरमा
शिक्षा

पालिकाका असल अभ्यास शिक्षा विकास तथा समन्वय इकाइको क्यालेन्डरमा

४ भाद्र २०८१, मंगलवार
रामेछापका विपेश खत्री प्रदेश कोषाध्यक्षमा मनोनित
देश

रामेछापका विपेश खत्री प्रदेश कोषाध्यक्षमा मनोनित

४ भाद्र २०८१, मंगलवार
जिल्ला प्रहरी कार्यालय रामेछाप मार्फत ३ करोड भन्दा बढी राजस्व संकलन
समाचार

जिल्ला प्रहरी कार्यालय रामेछाप मार्फत ३ करोड भन्दा बढी राजस्व संकलन

४ भाद्र २०८१, मंगलवार
रामेछापका सरकारी कार्यालयको वार्षिक समीक्षा,सेवा प्रवाह र गुणस्तर सुधारमा जोड
विविध

रामेछापका सरकारी कार्यालयको वार्षिक समीक्षा,सेवा प्रवाह र गुणस्तर सुधारमा जोड

४ भाद्र २०८१, मंगलवार
सिमित स्रोत र साधनले भ्याएसम्म विकास निर्माणका काम गछौं– कानून मन्त्री गौतम
समाचार

सिमित स्रोत र साधनले भ्याएसम्म विकास निर्माणका काम गछौं– कानून मन्त्री गौतम

४ भाद्र २०८१, मंगलवार
मन्थली नगरमा अनलाइन प्रणालीको राजस्व संकलन नहुँदा सेवाग्राहीलाई सास्ती
समाचार

मन्थली नगरमा अनलाइन प्रणालीको राजस्व संकलन नहुँदा सेवाग्राहीलाई सास्ती

४ भाद्र २०८१, मंगलवार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero