मन्थली, ५ कार्तिक । दिपशिखा व्यवाइज युनाइटेड्द्वार आयोजना गरिएका ‘तेस्रो रामेछाप कप’ फुटबल प्रतियोगिता आज देखि मन्थलीमा सुरु भएको छ ।
टकार्यक्रमको उद्घाटन. वागमती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कुन्दनराज काफ्ले ले गरेका थिए ।
सोमवार दिपशिखा व्वाइज र कुनौरीको न्यु स्टार युवा विच भएको खेलमा दिपशिखा ब्वाइजले न्यू स्टार कुनाउरीलाई ट्राई बेकर मार्फत ५–४ को अन्तरले पराजित गरको थियो ।
आयोजक दिपशिखासहित सानीमदौ सोशियल सिटी, आकाशे ब्वाइज क्लव, नेपाली सेनाको खड्ग दल गण, नेपाल पुलिस, मन्थली ब्वाइज, मन्थली सांस्कृतिक समाज, न्यु स्टार युवा क्ल्ब र तामाकोशी रिभर साइट गरी ९ टिमले प्रतिस्पर्धा गर्ने आयोजकले बताएको छ ।
प्रतियोगिताको विजेताले ३ लाख ट्रफि, मेडले र प्रमाण पत्र पाउने छन् ।
उपविजेताले २ लाख नगदसहित ट्रफि, मेडल र प्रमाणपत्र हात पार्ने छ । प्रत्येक वर्ष फुटबल खेल प्रति युवाहरूलाई प्रोत्साहन गर्न र खेलाडी उत्पादन गर्ने उद्देश्यले मन्थली–२ स्थित दिपशिखा ब्वाइजले फुटबल खेल आयोजना गर्दै आएको हो ।
सोमबारदेखि सुरु भएको खुल्ला पुरुष फुटबल प्रतियोगिता आउँदो ८ गते सम्म संचलान हुने छ । प्रत्येक खेलमा म्यान अफ्दि म्याच हुने आयोजक निर्णय अनुसार सोमबार दिपशिखा ब्वाइजको तर्फवाट जित हासिल गर्ने जर्सी नम्बर ६ का खेलाडी म्यानअफ्दि म्याच घोषित गरिएको छ ।











यो बारेमा तपाईको प्रतिकृया