मन्थली,५ माघ । फागुन २१ गते हुने संघिय सांसदको निर्वाचनका लागि नेपाली कागँ्रेसका पूर्व पार्टि सभापति रामचन्द्र खड्काले काँग्रेसबाट टिकट पाएका छन् ।
करिव १२ बर्ष नेपाली काँग्रेस रामेछापको आठौं पार्टि सभापतिका रुपमा काम गर्नु भएका खडका रामेछाप जिल्लाका सर्वमान्य एबं त्यागि नेताका रुपमा परिचित छन् ।
हालसम्मको राजनैतिक जिवनमा कुनै पनि लाभको पद नलिएका खड्का २०७० सालको दोस्रो संबिधान सभाको चुनाबमा तत्कालिन रामेछाप क्षेत्र नं २ बाट टिकट प्राप्त गरी नेकपा माओवादीका श्याम कुमार श्रेष्ठ (कुशल) सँग पराजित भएका थिए ।
श्रेष्ठ सँग पराजित भएपनि हार नखाई आफ्नो पार्टिभित्र कृयासिल खड्काको नाम जिल्लाले समानुपातिकमा सिफारिस गरेको थियो ।
उनी हाल नेपाली काँग्रेसको महाधिवेशन प्रतिनिधि समेत छन् । खड्कालाई रामेछाप काँग्रेसमा एक अभिभावको रूपमा समेत कार्यकर्ताले उभ्याउने गरेको पाइन्छ ।
भोलि मंगलवार काँग्रेसका नेता तथा कार्यकर्ता सहित खड्काको उमेद्वारी दर्ताका लागि दिउसो २ः३० बजे विपी स्मृति भवनमा जम्मा भएर मुख्य निर्वाचन अधिकृतको कार्यालय परिसर (जिल्ला अदालत रामेछाप) मा जाने तयारी भएको नेपाली काँग्रेस रामेछापका उप सभापति लेख बहादुर कार्कीले बताउनुभयो ।
यस अघि टिकट प्राप्त गर्नेमा नेपाली काँग्रेस जिल्ला सभापति एबं विघटित प्रतिनिधि सभा सांसद समेत रहनु भएका पूर्णबहादुर तामाङ (कान्छाराम) को नाम बिभिन्न सामाजिक सञ्जालहरुमा छाएको थियो ।











यो बारेमा तपाईको प्रतिकृया